“हाम्रो गाउँका ठुलाबडा भनाउँदा मान्यगुन्यहरुको त ठाँटै फरक छ, बा ! होइन , यिनीहरूलाई मानसम्मान नी कति चाहिएको हँ ? शीर त झुकाकै मन पराउँने बा ! नमस्ते त घरी- घरी भनिरहनु पर्ने ।” भन्दै हर्के र तिले कुरा गर्छन् ।
हर्के, हो तनि । “गाह्रो छ । के गर्ने ? हाम्रा बाउ- बाजेले जहिले नमस्ते मात्र गर्ने ? केही काम गर्ने होइनन् ? खाली नमस्ते गरेछ – गरेछ ।”
हो, त्यहीँ त भन्या । “अस्ति मेरो प्रशासनिक काम थियो । म अलि हतारमा थिए । त्यत्ति मेसो पाइन मैले ! मेरो त त्यति सानो काम नि भएन बा ! म एकछिन टोलाए । आखिर सही मात्र गर्नुपर्थ्यो । नचिनेको मान्छे पनि त होइन म ! ” भनि तिलेले भन्छ ।
अर्को दिन पुन: त्यहीँ काम लिएर कार्यालय पुग्छ । त्यहाँ जाँदा हाकिम साहेब बाहिर जानु भएको रहेछ । तिलेले निकै बेर प्रतीक्षा गर्छ ।
हाकिमको पिय आएर सुटुक्क तिलेको कानमा भन्छन् । ” तपाईंले नमस्ते गर्नु पर्थ्यो । काम हिजो नै हुन्थ्यो ।”
( नमस्ते लघुकथा सङ्ग्रहमा सङ्ग्रहित शीर्ष लघुकथा “नमस्ते” )