“होइन हामी घाँस – दाउरा काट्न जाने हो की केटी माग्न जाने हो ? मलाई त आज केटी हेर्न जाउँला भनेको होइन र ?“ रवीले मिठ्ठुसँग सोधे।
“हाम्रो हातमा हाँसी छैन, डोको र नाम्लो छैन, घाँस दाउरा लिन जाने सँग त औजार हुन्छ।”- मिठ्ठुले भन्यो।
“फेरी खेत जाने हो त ?
“ओहो कस्तो कुरा गर्नुहुन्छ ? केटी हेर्न जाँदै छौँ बेहुली बनाउँनलाई।” मिठ्ठुले भन्यो।
“यस्ता लुगा लगाएर जान्छन् फाटेका झुत्रेझाम्रे भएर ?” रवीले फेरी नाक मुख बिगार्दै प्रश्न उठाए।
“मानिसले मानिसलाई उसका कपडाबाट होइन व्यवहारबाट चिन्दछन् । जस्तै एकजना सफल ज्वहारीले हिरा र ढुङ्गालाई देख्दै छुट्टाइदिन्छ।” मिठ्ठुले मुस्कुराउँदै भन्यो।
“त्यस्तो अन्तर्यामी को हुन्छ र हामिलाई जाँदा बित्तीकै फर्किनुपर्ने हुन्छ।
झमक्क साँझ परेको बेला दुबैजना रामलालका घरमा टुप्लुक्कै पुगे।
“को हुनुहुन्छ घरमा ?” बाहीर दैलो खट्खटाउँदै रवीले भने।
“को हुन यिनीहरू हेर त फुलमती बास माग्न आएका होलान्। घरमा ठाउँ खाली छैन भने।” रामलालले छोरीलाई अह्राए।
“होइन बाबा साँझमा आएका पाहुना त देवता हुन बास दिनुपर्छ।” फुलमतीली भित्र बोलाउँदै भनि।
भात भान्सा भयो अलिबेर गफ भयो।
“हामी बास माग्न भन्दा पनि एउटा कामले आएका हौँ !” रवीले कुरा निकाले।
“के काम होला ?” रामलालले सटिकमा सोधे।
“हजुरको छोरी हाम्रो यो भतिजले मन पराए छ !” रवीले फूलमती तिर हेर्दै भने ।
“रामलाल गम्भिर मुन्द्रामा मिठ्ठुलाई खुट्टाबाट टाउका सम्म नियाले।” फाटेको सर्ट उस्तै पाइन्ट, देख्दा केटो राम्रो छ।रामलाल क्षणभर वेजुबान भए।
“हजुरहरू के कुरा गर्नुभयो मैले बुझिन ?” रामलाल एकछिन पछि फेरी बोले।
फूलमतीले पनि गम्भिर भएर मिठ्ठुको आचरण नियालिरही ।
“माफ गर्नुहोला हामिले पहिल्यै सुचना गरेनौँ। हामी हजुरको छोरी फूलमतीको हात माग्न आएका हौँ।” रवीले फेरी भने।
यसपाली रामलालको दृष्टी छोरीको आँखामै थियो।
“मेरो छोरी माग्न अनि यस्तो स्थितिमा ?” उ अलिबेर मुर्छा पर्या झैँ भयो।
“हजुर हाम्रो स्थिति ठिक लागेन ? खासमा हाम्रो देखाउँने दाँत र चपाउँने दाँत एउटै हो।”
यसपाली मिठ्ठु मुस्कुराउँदै बोल्यो।
“हो ! एकदम सही लाग्यो अब बिवाहको तैयारी गरे फरक पर्दैन।” रामलालले मिस्रिका एक-एक टुक्रा दिँदै भने।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।