Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » यमराजको कचहरी

यमराजको कचहरी

आख्यान - कथा
बब्लु कुमार राहीबब्लु कुमार राहीकार्तिक १२, २०८१477 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

मध्यरातमा घरको ढोका अनायासै कसैले जोड़जोड़सित
ढक्ढकाउन थाल्छ। अमर डरले थर्थर काम्न थाल्छ। सोच्न थाल्छ,
‘‘यति राती को आएको होला? पक्कै पनि त्यो साला राशनवाला बाँकी माग्न आएको होला। अरे! घर आउने पनि एक समय हुन्छ, यो मान्छे त जहिले पायो त्यहिले कसैको ढोका ढक्ढकाउँछ । नाथे बाँकी त खाएको छु कुनै अपराध त गरेको छुइनँ।’’
ढोका जसरी नै खोल्छ कि के देख्छ,
एकजना मान्छे हेर्दा भीम जस्तो, ठूलाठूला जुँगा त्यो पनि उँभोतिर
दायाँ र बायाँ घुमेको, दायाँ हातमा गदा बोकेको, बायाँ हातमा मान्छेको कङ्काललाई डोरीले बाँधेर पक्रेको, मुकुटमा दुईवटा सिङ उम्रेको, गर्दनमा टोल जस्तै सुनका ठूलाठूला माला लाएको ।
अमर विस्मय भएर सोच्छ ।

‘‘अरे! दाजु राती कुन चैँ नाटकबाट उठेर मेरो घर सीधै आउनुभयो, केही कामधन्दा छैन र मेरो घर पधार्नुभयो, तपाईंको नाम के हो?
म अहिले थानामा डाइरी गर्छु।’’

त्यस मान्छेले भन्यो,
‘‘मेरो नाम यमदूत हो।’’

‘‘यमदूत बहादुर कि यमदूत शर्मा कि यमदूत तामाङ या छेत्री के
हो?’’
‘‘म केवल यमदूत मात्रै हुँ।’’

‘‘अन्त मेरो घरमा दिनलाई केही पनि छैन न त चामल न त गहुँ,
के दिनु?’’

‘‘म कुनै भिखारी होइन, आत्मा लिन आएको छु, अब तिम्रो जाने
बेला भयो।’’

‘‘आत्माको के म दोकान लगाएको छु कि आत्मा माग्छौ, अन्त
मेरो कहाँ जाने बेला भयो हँ?’’

‘‘परलोक जाने बेला भयो।’’

‘‘हो नि हावाको कुरा नगर्नुहोस् म कसरी मानु कि तपाईं यमदूत
नै हुनुहुन्छ, कुनै ठोस प्रमाण देखाउन सक्नुहुन्छ ?’’

‘‘भन के प्रमाण चाहियो?’’

‘‘त्यो बल्दै गरेको मोमबत्तीमाथि हात राखेर देखाउनुहोस् तब
मान्छु।’’

‘‘बस्! त्यतिमात्रै लौ हेर….
कस्तो लाग्यो?
कि अझै विश्वास भएन भने उड़ेर देखाउनु, लौ हेर।’’

अमर विस्मय भएर भन्छ,
‘‘मलाई विश्वास भयो तर यति छिटो म कसरी मर्न सक्छु, अहिले मैले न त बिहेको न त नानीको नै सुख भोगेको छु। म भर्खरै बीस वर्षमा पाइला टेक्दै छु। भारतमा बसेर मैले धेरै कष्ट पाएको छु। त्यसैकारण पैसा थुपारेर अमेरिका जानु थियो। घरमा बाबा बिरामी हुनुहुन्छ, आमा बिरामी, बहिनीहरू को बिहे गर्नु छ। यस घरमा म मात्रै एक्लो छोरो हुँ जसले घरबार हेर्छ। अहिले बहुत कुछ गर्न बाँकी छ, कृपा गरी मलाई छोडिदिनुहोस्।’’

‘‘त्यो सब म जान्दिनँ यो मेरो सोच्ने काम होइन। यस विषयमा
यमलोकको प्राड्विभागसित कुरा गर्नु, मेरो काम हो मर्ने मान्छेको आत्मा टिपेर ल्याउने। अब यो जानकारी मैले नारदमुनि बाट पाएको छु। यसैले यो अर्डर टार्न सकिँदैन।’’

‘‘यो नारदमुनि चैँ को हो साला देवताहरूका चम्चा। के उसले
आफुलाई मालिक सम्झिँदैछ हँ?’’

‘‘त्यो सब मलाई थाहा छैन माथि नै गएर सोध्नू, अब हिँड़ अरूलाई
पनि लान जानुपर्नेछ।’’

‘‘म जानुभन्दा पहिले मेरो आखिरी इच्छा पूरा हुनुपर्छ।’’

‘‘कस्तो इच्छा?’’

‘‘मेरो अर्को जन्म चैँ अमेरिका वा इङ्ल्याण्डमा हुनुपर्छ,
भारतमा मैले धेरै कष्ट पाएको छु। यदि मैले अमेरिका वा इङ्ल्याण्डमा जन्म लिन पाएँ भने तपाईंप्रति धेरै आभारी रहनेछु।’’

‘‘अब तिम्रो जन्म अमेरिकामा होस् या इङ्ल्याण्डमा मलाई के
मतलब! यसको फैसला यमलोकमा हुन्छ।’’

‘‘अनि एउटा कुरा मेरो मृत्यु भयो भने फेरि मान्छेको रूपमा
जन्म लिन्छु कि पशुको रूपमा?’’

‘‘यदि तिमीले केही पाप नै गरेको छैन भने फेरि मान्छेको नै
रूपमा जन्म लिन्छौ।’’

‘‘खोइ! मैले अहिलेसम्म साह्रै पाप गरेको छुइनँ। अब अलिअलि
त सबैले पाप गर्छ। के थोरै पापको पनि ठूलो दण्ड पाइन्छ?’’

‘‘त्यो त पापको स्तर हेरेर हुन्छ।’’

‘‘अन्त मेरो नाम त ‘अमर’ हो यानि कहिल्यै नमर्ने मान्छे फेरि
किन यति छिटो मेरो मृत्यु?’’

‘‘नाम अमर भएर जीवन अमर हुँदैन, सब मानिसहरूको मृत्यु
निश्चित छ तर फरक केवल यो छ कि कोही छिटो जान्छ त कोही
ढिलो। र मानिसहरूको काल कसैको घरमा पनि आउन सक्छ चाहे ऊ अमीर होस्, चाहे गरीब, चाहे बलवान् होस्, चाहे कमजोर, चाहे ठूलासाना होस् मृत्युले कसैको वास्ता गर्दैन। सीधै आउँछ टपक्कै आँप टिपे झैँ लिएर चलिदिन्छ, त्यसैले तिम्रो मृत्यु टार्न सकिँदैन,
लौ अब जाने समय भयो मलाई फेरि ठीक समयमा पुग्नु छ नत्र मान्छेहरूको काल टर्न सक्छ।’’

बल्लतल्ल अमर यमदूतसँग जान तैयार हुन्छ। मृत्युको एक
घण्टापछि अमर यमलोक पुग्छ। र नारदमुनिलाई देखेर भन्छ,

‘‘हौ नारदमुनि साला देवताहरूको चम्चा मलाई मार्ने सुपारी कसले दियो हँ?’’
नारदमुनिले भने,
‘‘नानी! अहिले यमलोकको अफिस खुल्ला
छैन, दश बजे खोलिन्छ र ठूलो मान्छेसँग कसरी बोल्नुपर्छ के
आमाबाबाले सिकाएन? सरहरू आएर प्रश्न गर्नू।’’

‘‘तिमीले नै मलाई मार्ने हुकुम दिएको होइन?’’

‘‘म को हो र मार्ने हुकुम दिन्छु यो काम त यमराजको हो
उहाँलाई नै सोध्नु र एउटा कुरो के छ भने कि तिमीले मलाई ‘तिमी’
शब्दको स्थानमा ‘तपाईं’ शब्दको प्रयोग गर। यो कुनै तिम्रो घर होइन,
यहाँ तिम्रो जीवनको सम्पूर्ण हिसाबकिताब हुनेछ। यस स्थानलाई ‘यमराज कचहरी’ भन्छ। यहाँको निर्णयले कति नर्क त कति स्वर्ग जान्छन्।

“दश बजेपछि सबैका दृष्टिको माझमा चित्रगुप्त र यमराजको आगमन हुन्छ।
दुवै आ-आफ्नै सीटमा आएर बस्छन्। यमराजले भन्छन्,

‘‘आजको केश पेश किया जावोस्।’’

यमदूतले भन्छ,
‘‘महोदय यो मान्छेको नाम अमर हो, यसले अहिलेसम्म बिहे गरेको छैन। अहिले उसको उमेर भर्खर बीस पुग्दैछ। उसले मलाई कैयन् आफ्ना घरेलु समस्याहरू बतायो कि म झण्डै रोएँ।
महोदय कृपा गरी उसलाई दया गर्दिनुहोस्।’’

सबै कुराहरू सँग अवगत गराएर अन्तमा यमराजले भने त्यस्तो
भनेर कहाँ हुन्छ! हामी बिना अपराधको यहाँ कसैलाई बोलाउँछौँ ।
सर चित्रगुप्त तपाईंको ल्यापटपमा हेर्नुहोस् त यसले अहिलेसम्म कति पापहरू गरेको छ?’’
आधा घण्टापछि यमराजले भन्छन्,
‘‘चित्रगुप्त के भयो? उसको लिस्ट निकाल भनेको।’’
चित्रगुप्तले भने,

‘‘क्षमा चाहन्छु महोदय, मेरो ल्यापटप अलिक ह्याङ भएछ।’’

‘‘एन्टिभाइरसले स्क्यान गर।’’

चित्रगुप्तले भने,
‘‘यो गुगलले पनि सर्च गर्न धेरै समय लाउँदैछ।’’

‘‘छिटो गर आज मलाई स्वास्नीले छिटो घर आउनु भनेको छ।’’

‘‘पाएँ सर!! उसले साना उमेरदेखि पाँच सय झिँगो, छः सय
लामखुट्टे, दुई सय पुतली, पचास हजार कुकुर, बीसवटा साँप, दशवटा घोड़ा, एक सय फटेङ्ग्रा, पाँच हजार कुखुरा, दश हजार अण्डा, बीस हजार माछा, तीन सय बाख्रा जम्मा गरी ३६,७८॰ जीवहरूको हत्या गरेको छ।’’

अमरले भन्छ,
‘‘यस्ता सानासाना जीवहरूको पनि हिसाबकिताब हुन्छ?
अन्त कुखुरा, अण्डा र बाख्रा त तपाईंहरूले मनुष्यहरूको आहारका
लागि नै सृजना गर्नुभएको होइन र! फेरि मैले खाँदा कसरी पाप भयो?’’

चित्रगुप्तले भन्छन्,
‘‘हामीले कुन चैँ ग्रन्थमा लेखेका छौँ कि पशुपक्षी खान हुन्छ भनेर?’’

‘‘अब कुनै ग्रन्थमा लेखेको नहुँदा पनि खाने कुरालाई खाँदा
कसरी पाप हुन्छ?’’

यमराजले भन्छन्,
‘‘पृथ्वीलोक को सानो भुसुना देखि हात्ती सम्म प्राणीलाई हत्या गर्दा पुण्य होइन पाप भनिन्छ र यसको दण्ड एकदम कड़ा पाइन्छ।’’

अमर कल्पित भएर भन्छ,
‘‘महोदय मलाई सजाय हुनुभन्दा पूर्व
के मेरो आखिरी इच्छा पूरा हुन सक्छ?’’

चित्रगुप्तले भने, ‘‘कस्तो इच्छा?’’

‘‘तपाईंहरूले मेरो आत्मालाई कुनै पनि शरीरमा पठाउनुहोस् तर
मेरो जन्म अमेरिका या इङ्ल्याण्डमा हुनुपर्छ किनकि मलाई भारतमा
अब धेरै कष्ट भोग्नु छैन।’’

चित्रगुप्तले भने, ‘‘ल यो वचन मैले दिएँ तिमीलाई अब अरू
कुनै म वचन दिन सक्दिनँ।’’

यमराजले भन्छन्, ‘‘यस अमरलाई कारागारभित्र थुनिदेऊ।’’

दूतहरूले अमरलाई पक्रेर लान्छन्। यता यमराजले भन्छन्,
‘‘चित्रगुप्त तिम्रो ल्यापटपमा गेमहरू छैन? मेरो छोराले गेमहरू लिएर
आउनू भनेको छ।’’
‘‘खोइ ल्यापटपमा ठूलो साइजको गेम पनि चल्दैन। डेल्टा फोर्स
लैजाऊ यो सानो साइजको छ।’’

‘‘ल्या!!! मैले त पेन ड्राइभ नै ल्याइनँ। होस् अब भोलि डाउनलोड
गर्छु। हौ यो ल्यापटप पनि विश्वकर्माले बनाएर निक्कै राम्रो गर्यो
पहिले-पहिले त लाल खाता राख्नुपथ्र्यो त्यो पनि मुसा र कीराले खाइदिन्थे। अब त झन् इन्टरनेटले गर्दा सब सजिलो भयो। मनुष्य हरूको पापको रेकर्ड राख्न नितान्त सजिलो।’’

लगभग एक वर्षपछि अमरले आँखा खोल्छ र भन्छ,
‘‘अरे! वाह यो त अमेरिका हो वाह! आनन्द आयो। मैले भनेको ठेगानामा नै मलाई पठाइदिएछ। धन्यवाद यमराज सर तपाईं साह्रै दयालु हुनुहुन्छ। मेरो अमेरिका जाने सपना अहिलेदेखि थोरै थियो। अब मेरो जिन्दगी सुखमय हुनेभो। यहाँ न त कामको कमी छ, न पैसाको, न त केटीहरूको वाह! आनन्द आयो।’’

उसलाई एकाएक घामले पोल्न थाल्छ। शरीर एकदम भारी जस्तो
हुन्छ। जीउ हल्लाउनु पनि गाह्रो भइरहेको हुन्छ। जसोतसो गरेर
नजिक पोखरीमा पानी पिउन जान्छ र आफुलाई हेरेर अवाक् हुन्छ।
ऊ कल्पित भएर भन्छ,
‘‘हे यमराज तपाईंले यो के सजाय मलाई दिनुभयो?
मैले मानेँ कि मलाई अमेरिकामा जन्माइदिनुभयो तर मान्छेका रूपमा
हुनुपर्ने तर तपाईंले मलाई गँड्यौलाको कायाका रूपमा पठाउनु भयो यो म माथि ठूलो अन्याय गर्नुभयो। यो एउटा उखानजस्तै भयो कि,
‘‘जब दाँत थियो तब मकै थिएन, अब दाँत छैन त मकैको के काम!’’

[ सिक्किम भारतका बब्लु कुमार राहीको “मनबहादुरको पत्र” कथा सङ्ग्रह भित्र संग्रहित कथा ]

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा बब्लु कुमार राही

यो पनि पढ्नुहोस्...

कथा : स्वच्छन्द

कथा: प्रेमको घोषणापत्र

कथा: निर्मलाहरू

लघुकथा: प्रतिप्रश्न

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

छोटा कथा: गणतन्त्रको उपहार

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.