Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » क्रुर आइमाई

क्रुर आइमाई

आख्यान - कथा
सुवास श्रेष्ठसुवास श्रेष्ठकार्तिक १२, २०८१504 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

बुबा म आउन ढिला हुन्छ। मलाई नपर्खिनुस है।
एक धर्सो मुस्कानसंग बोलिएको एक वाक्य। निलमले बिहान ९:३० बजे भन्ने वाक्य थियो यो।
बरन्डाबाट हात हल्लाउँदै गरेको बुबा चियाको कप झल्दर मुनि बारको डांडीमा टक्क राखेर टाउको भित्र कोठा तिर मोड्छन।
निलम जन्मेको आठ महिना पछि निलमकी आमाको जन्डिस बिग्रीएर उनको मृत्यु भएको थियो त्यसपश्चात आफ्नी छोरिलाई लिएर सहर पसेका उनका बुबा आफ्नो जन्मथलो फर्किनु भएको छैन। अबको जीवन निलमको अनुहार हेरेर बिताउने निर्णय गरेर थलो छाड्नुभएको थियो।

“एक बात बोल, एक हात खोल
एक अङ्गालो खोल, एक छाती खोल
म हराउनेछु तिम्रो धड्कनमा
एक ओंठ खोल, एक मुस्कान खोल
एक शब्द खोल, एक वाक्य खोल”

वा वा , वा वा क्या सायरी छ ।

सांझ महफिलमा गुन्जाउंछिन निलम आफ्ना भावहरुको एक भकारी शब्दहरु पोखिदिन्छिन सराविहरुको कानहरुमा ।
दिनभरको थकान सुताइदिन्छिन एक अनुच्छेद भावहरुमा ।
एउटी अनौंठो सायर जसले शब्दजालमा शब्दहरु बुनेर तमाम कानहरुलाई पासोमा पार्न सक्छिन। हरेकको चासोमा परेकी छिन। उनी एउटी विषय बनेकी छिन।
दिनभर कार्यलयको काम पश्चात् थकान मेटाउने बहाना महफिल सजाउन हरेक सांझ पुग्ने ठाउँ हो । त्यो उस्को पर्खाइमा सराबी कानहरु बेग्र प्रतिक्षामा रहने गर्छन। लगभग ३०/५० जतिको ठाउँमा फैलिएको त्यो बार हरेक सांझ निलमको सायरीहरुले गुन्जायमान हुन्छ।
दिनहरु यसरी नै बितिरहन्छ निलमको । त्यो सांझ पनि उनी दिनभरको थकान मेट्न त्यहीँ बारमा पुग्छिन। माहोल तात्तिन थाल्छ निलमको आगमन संगै । मानौ गिलासमा पग्लिएको बरफ माथि ३० मिलिलिटर सराब परेको छ ।

“ए हजुर नमुस्कुराउनु त्यसरी
त्यो मुस्कानी पारा प्रेम झैं लाग्छ
नभनेका कति कुरा गाँठो परेझैं
तैपनी इशारा प्रेम झैं लाग्छ”

~ वा वा ,/ मीठो मीठो

यस्तै यस्तै गुन्जएमान छ बार, जुधिरहन्छ, सिसाका गिलास हरु, रित्तिरहन्छ मातेका बोतलहरु ।
थोरै जुनको उज्यालोमा आफ्नो घर निस्किन्छिन निलम तर आज घर पुगेकी छैनिन् उनी। उनको बुबा छोरिको प्रतिक्षामा डाइनिङ्ग्मै टाउकोलाई विश्राम दिइरहेछन।

°°°°°°°°°

सडकको अर्को तिर लगभग तीन फिट अग्लो पोथ्रा पछाडीबाट आवाज आउँछ आधा आवाज जुन आधा आवाजले प्रतीत हुन्थ्यो कि त्यहाँ केही नराम्रो हुंदैछ या भनौ बीभत्स हुँदैछ । मनमा चस्स चिसो पस्छ, चिडचिड हुन्छ, शरिरमा गर्मीको महशुस हुन्छ। सुनसान सडकको पारिपट्टि त्यो कलाप।
आश्चर्य भावमा एक जोर पैताला त्यतै लम्किन्छ। मधुरो जुनलाई मसिना पातहरुले झिसमिस छेलेको छ। ठम्याउन सक्दैन के लडेको छ त्यहाँ । मोबाइल निकालेर टर्च बालेपछी थाहा भयो त्यो कुनै चिज नभएर आफ्नो प्राणको भिख माग्दै छट्ट्पट्टिरहेको एक मानव शरीर थियो त्यो।
हंश उड्यो होस हरायो के गरौं कसो गरौं कहाँ जाउं कस्लाई भनौ दिमागले केही काम गरेन । खुट्टाहरु लगलग काँपिरहे दिशा आउला जस्तो पिसाब लाग्ला जस्तो । मुखबाट कुनै वाक्य निस्किएन । आवाज फुटेन । मात्र निस्कियो फोक्सो बाट हुल बाँधेर सासका ध्वनिहरु स्वाँ स्वाँ गर्दै। खुट्टाहरुले आफ्नै शरीर थेग्न सकेन जस्तै मैन पग्लिए जस्तो त्यस्तै पुरै शरीर पग्लिएर भुईंमा थचक्क भयो।
त्यो लडेको शरिरबाट निस्किरहेको थियो रगतका पिच्कारिहरु मनाईरहेका थिए होलि माटोले ढुङ्गासंग ढुङ्गाले माटोसंग।
लगभग २ मिनेटको विभत्स संघर्षपछि त्यो शरिर काठको मुढो जस्तै शान्त भयो । मानौ त्यो भर्खर काटिएको चुवाको बोट होस जसबाट अबिरल रक्तचोप पग्लिरहेको छ त्यसबाट। उस्को होस सम्हालिदा न सम्हालिँदै टाउको माथी बज्रीयो फलामको रड । बेहोस अबस्थामा ढल्यो अर्को शरिर गर्ल्याम्म।

°°°°°°°°°

बुवाको मनमा अनेकन प्रश्नहरु उब्जिरहे तर निलम उब्जिएन त्यो कुईं कुईं गर्दै बज्ने गेटबाट । आधी रातसम्म पनि निलम घर नफर्किएपछी बुवाले आफुलाई थाहा भएको हरेक ठाउँमा फोन घुमाउनु भयो । कतिको उत्तर थाहा छैन। केही दिन देखि भेटेको छैन ! थियो भने कति फोनहरु मस्त निन्द्राबाट उठ्नै सकेनन् । रात यसरी बित्दै थियो कि मानौ अब यो धरतिमा कहिल्यै बिहान हुंदैन ।

°°°°°°°°°

उज्यालोको नामामा माथि टिनमा सानो झिङ्गा जत्रै प्वालबाट मधुरो प्रकाश छिरिरहेको थियो। टिनको तातो र प्वालबाट छिरेको मधुरो प्रकाशले प्रतीत हुन्थ्यो मध्य दिन भएको हुनु पर्छ।
एक्कासी बत्ती बल्यो तर कोठाको ढोका खुलेन धेरै बेर सम्म पनि नखुलेपछी मन मनै सम्झिए बत्ती गएको थियो होला।
चारैतिर नजर घुमाए २/५ जतिको अग्लो ऐना, माकुराको जालो, एउटा बासको खटिया, भुंइ भरी सराबको बोत्तल केहि फुटेका केही रित्तै कोहीमा एक चौथाइ रक्सी बाँकी नै थियो। अनगिन्ती चुरोटको शेष अवशेष । नाकको पोरा खुम्चिने गरि आइरहेको गन्ध केही चुरोटको केही रक्सिको अनि केही काँचो रगतको ।
बिस्तारै ऐना अगिल्तिर घस्रीए ऐनामा मेरो बिम्ब परेपछी प्रतीत भयो । म सर्वस्व नाङ्गो थिए । संसारको सबै भन्दा कुरुप पुरुष म नै हुं जस्तो। शरिरको कुनै अङ्ग यस्तो थिएन जहाँ चुरोटको डाम नहोस, जहाँ सिसाले चिरिएको ठाउँ नहोस अगि रक्सि र चुरोटको गन्ध संग मिस्सिएर आउने कांचो रगतको गन्ध अरु कुनै नभएर मेरै रगत थियो।

शरीर शरीर नभएर मासु कुहिएर झरेपछिको अस्थिपन्जर जस्तो देखिन्थ्यो ।
समय धेरै बितिसकेको रहेछ माथि टिनबाट छिरेको उज्यालो अलप भैसकेको थियो।
कसैले ढोकाको ताल्चा खोलेको आवाज आयो अनि बिस्तारै ढोका खुल्यो । एक टक ढोकामै हेरिरहें कोहि पस्यो ठम्याउन सकिन अझै भनौ ठम्याउने स्थितिमा थिएन । अझै आँखालाई जोर दिए । शरीर कालो लुगाभित्र गुटमुट्टिएको थियो । ढोकाको छेउमा एउटा बाक्सा छोडेर उ बाहिर निस्कियो।
अनि पुन: ताल्चा लागेको आवाज आयो घिस्रीदै त्यो बाक्सा भएतिर गए । खोल्दा त्यहाँ एक प्याकेट पाउरोटी, एक बोत्तल जुस, चार ओटा अन्डा, एक बोत्तल पानी, अनि एक मध्यम खालको कचौरामा भात अनि अर्को सानो कचौरामा तरकारी थियो तरकारीमा झोल हालेको थियो । अनि केही औषधि पनि थिए औषधिको पछाडी मारकरले मात्रा लेखिएको थियो।

थाहा छैन यहाँ मलाई कस्ले ल्यायो किन ल्यायो के को लागि ल्यायो। फेरि घिस्रींदै ट्याइलेट गए पानी खोले मुख धोए मुख धुदा मेरो हात गलेर फतक्क भैसकेको थियो । शरीरमा कुनै शक्ति थिएन एक्कासी मेरो नजर मेरो लिङ्ग मा गयो मानौ त्यो मरेको कुखुराको टाउको हो शिथिल अबस्थामा झुन्डिएको घडीको पेन्डुलम जस्तो…..।

ट्याइलेटबाट निस्किएर खटियामा भएको लुगा लगाएँ अनि बाक्साको खानेकुरा खाए अनि औषधि खाइसकेपछी मेरा आँखा लोलाएछन जहाँ खाए त्यहीँ निदाएछु ।
व्युझिंदा अर्को बक्सा आइसकेको रहेछ खोलेर हेरें जे पहिला थियो सबै त्यै थियो औषधि थिएन त्यस्मा।
मेरो मस्तिष्कलाई याद छैन यस्तो कति रात बिते कति दिन कति ओटा बाक्सा आए……।

म तन्दुरुस्त भैसकेको थिए । एक दिन नुहाइसकेर ऐना अघि उभिए नाङ्गो । मेरो शरिरको आलो घाउ खाटा बसिसकेको थियो तर खाटा कहिलै जादैन अब । निको होला शरीरको घाउ तर मेरो म भित्रको म लाई लागेको घाऊ त्यो कहिलै खाटा बस्ने छैन अब । लुगा लगाएर बाक्सा खोले । त्यहाँ आज केही थप कुराहरु थियो एक जोर लुगा सानो परफ्युमको बट्टा मैले त्यो लुगा लगाए परर्फ्युम छर्किए आफैलाई सुंघें भित्र कता काउकुती लागेको भान भयो । र बाक्साको खानेकुरा खाए गर्मी बढेको महशुस संगै दिन छिप्पिएको महशुस गरें क्रमश बेलुकी फेरि ढोका खुल्यो आज फरक चालका साथ भित्र पसेको एक जोर खुट्टाहरुको आहट अलग थियो संधै झैं बाक्सा दिएर एक कुनामा गयो अनि मेरो क्रीया हेर्न थाल्यो । भोक धेरै लागेकोले बाक्सा उठाएं खटियामा बसे बाक्सा खोलें त्यहाँ ल्याइएका खानेकुरा खान थालें मलाई भोक लागेकोले खानामा ध्यान गयो अनि खाना खाइसकेपछी सोधें को हो तपाई? म कहाँ छु? किन थुनेको मलाई यसरी मलाई जान दिनुस ।
त्यो अपरिचित जुरुक्क उठेर मेरो छेऊ आयो अनि एक थप्पड मेरो गालामा बजायो । अनि भन्यो तं मेरो रखेल होस बुझिस तेरो मुख बन्द गर नत्र पहिलाको जस्तै हालत गर्दिन्छु। आवाज केटिको थियो।
के बिगारोस मेरो हालत अब यो भन्दा के बचेको थियो र अब पहिलाको जस्तो बनाउन तर पहिला ? कति पहिला ? कस्तो थिएं म पहिला ? मनले मनसंग साउती मार्यो।
म झसँग भए के भएको थियो पहिला ? को थिए म ? कसरी भएको थियो त्यो घाउंहरु ?
रुनलाई आँसु आएन आँखामा । आओस पनि के सम्झिएर आओस । सब थोक बिर्सिएको थिए मैले । कुनै रोग लागेको छ मलाई ? आफैलाइ प्रश्न गरें ।
मनमा यस्तो डर बस्यो कि लाग्यो मलाई मार्छन अब ।
एउटा छोरा मान्छे भएर किन यस्तो हुत्तिहारा भैरहेको छु थाहा छैन । किन आँट आउँदैन भित्रबाट ? किन चेष्टा गर्दैन यहाँ बाट उम्किने ? के कुराको असर परेको छ म भित्र ? किन सम्झिन्न म त्यो सडक छेउ टाउकोमा रड बजारिएपछिका घटनाहरु ? कुन रोगको औषधि थियो त्यो ? के भएको छ मलाई ? अब मार्छन कि ! मेरो मुटु कलेजो झिकेर बेच्छन् कि ! मौन भएर बसिरहें ।

खटियाको म्याटृक्स झिकेर भुइँमा ओछ्यायो अनि मलाई त्यहाँ बस्न भन्यो भिजेको बिरालो अगेनाको छेऊ बसे जस्तै टुसुक्क बसें । उसले मेरो लुगा खोल्न सुरु गर्यो मैले प्रतिवाद गरें । एक्कासी मेरो गर्धनमा लाती बज्रीयो म भुसको बोरा जस्तै धाले अनि ढल्दा ढल्दै सोचें म भुस नै हुं ।

एक एक गर्दै मेरो अगि ठिङ्ग उभिएर उसले आफ्ना सबै लुगाहरु खोल्न सुरु गर्यो नजर मेरो आँखामा थियो । म हेरिरहेछु उसका आँखामा अवाक् भएर । आफ्नो सबै लुगा खोलिसकेपछी अब मेरो लुगा खोल्न सुरु गर्यो । खोल्न कम च्यात्न धेरै थाल्यो। च्यातिसकेपछी एकाएक म माथी झम्टिन लागे कहिले मेरो ओठ टोक्यो कहिले छाती कहिले गर्द्गन लुछ्यो कहिले पेट अनि कहिले मेरो लिङ्ग एक एक गर्दै मेरो हरेक अङ्ग माथी जाइलाग्यो म लासजस्तो ढलिरहें सास चलिरहेको लास जस्तै।

घन्टौं सम्म मलाई लुछिरह्यो उसले मेरो चीत्कार सुनेन म माथी दया माया देखाएन । घन्टौंको भोगपछी जसरी भमराले अघाएपछी फुल छोड्छ त्यसरीनै छाडिदियो त्यहीँ मलाई अनि आफ्नो लुगा लगाएर मलाई त्यहीँ हालमा छाडेर बाहिर गयो ऊ । केही समयपछी दुई ओटा बाक्सा लिएर फेरि फर्कियो बाक्सा मा रक्सी चुरोट मनग्य ल्याएको रहेछ । ऊ चुरोट रक्सिमा हराउन थाल्यो । अनि खल्तिबाट एक चक्की औषधि झिकेर मलाई जबरजस्ती खुवाइदिई सायद त्यो यौन उत्तेजना गराउने औषधि थियो ।अनि फेरि सुरु भयो उस्को तान्डव ।
अघि जस्तो थियन उस्को स्वरुप अब कहिले चुरोटले पोल्यो कहिले रक्सी कोच्यायो। म माथी घन्टौ नाच्यो । मेरो मुख पटक पटक योनिमा गाड्यो मेरो बीभत्स बलात्कार भयो उसले मजा लुटिरह्यो थाहा छैन म कति पटक स्खलित भए अनि उनि कति पटक ।

सम्झिएं केही दिन अघि म निर्वस्त्र व्युंझिदा मेरो हालत यस्तै भैसकेको हुदो हो तर कति पटक थाहा छैन मैले चेतना गुमाइसकेको थिए ।
मुखले एउटै रटान लगाइरह्यो पानी पानी पानी । मेरो मुखमा तातो पानी जस्तो आयो जिब्रोलाई ओंठसम्म पुर्याएर प्यास मेटाउन खोजे तर त्यो पानी नभएर पिशाब रहेछ मेरा आँखा बन्द थिए । चुरोटले झोसेको ठाउँहरुमा, काटेको घाउमा नुन खुर्सानी चुक दलिदिए जस्तो चाहर्यायो । म चिच्याएं तर सुन्ने कोहि थिएनन् म माथी दयाको एक नजर परेन । म बेहोशिए ।

जब होसमा आए मधुरो आइमाईको आवाज मेरो कानको भित्ताहरुमा ठोक्किएर गुन्जित हुन थाल्यो।
त्यो बोल्दै थियो……।
“जस्तो कि बम भित्र गुज्मुज्जिएर रहेको बारुद जस्तो मन छ मेरो हरेक तरिकाले तेरो मन मस्तिष्कलाई घायल बनाउने गरि। यसरी बिस्फोट हुन मन छ कि तं भित्रको अहमलाई चोक्टा चोक्टा पारेर छरपस्ट बनाउन मन छ। तेरो मुटु निकालेर काँचै टोकु । तेरो आँखालाई औंला गाडेर फुत्त निकालु अनि तेरै कपालको दुई त्यान्द्रा निकालेर माला बनाएर घाटिमा झुन्डाउं। तेरो दात धारदार ढुङ्गाले ठोकेर निकालु अनि बाला बनाएर हातमा बेरु । जिब्रो थुतेर गोदावरी जस्तै कानमा सिउरिउ । तेरो लिङ्ग, अण्डकोष अचानोमा राखेर च्याट्ट काटौं, अनि मेरो प्यास मेटाउ। आन्द्रा निकालेर जनै लगाउ । तेरो गुप्ताङ्गलाई तेरै खुट्टाको नलिहाडमा उनेर बुख्याँचा जस्तै मेरो भोकको आलिमा गाडिदिउं। तेरो रगत, पिप र बोसोको छिटाहरुले मेरो मनको अध्यारो भित्तामा पोत्न मन छ बिभत्स् लाई पनि बिभत्स लाग्ने गरि सुसाओस तेरो स्वासका नलिहरु जुन ग्रेनेडले छेडेको बेलुन जस्तो प्वालै प्वाल होस त्यहीँ सुसाहट डरलाग्दो कर्कश बनोस मेरो लागि ताकी तँ प्रती घृणा जागोस ।
तेरो हरेक अङ्ग संग यसै गरि प्रेम गर्नेछु। तं मर्नु अझै म मार्नेछु तेरो भौतिकिलाई अनि तेरो आत्मा संग प्रेमिल सम्भोग गर्नेछु। तं कुहिएर गनाउनु ताकी तेरो भोग गर्न कोहि माइकालाल छेउ आउन नसकुन ।
तेरो भौतिकी चील गिद्ध लाई उपहार अनि तेरो आत्मा मलाई।
हे मृत पुरुष म तँसंगै बीभत्स हराउन चाहान्छु। तेरो मृत्यु संगै म रमाउन चाहान्छु।”

कोहि आइमाई यति बीभत्स कसरी बोल्न सक्छ। कसरी गर्न सक्छ यस्तो। मेरो अनुहारको बाँकी रंग पनि उडीसकेको थियो । थाहा छैन मेरो अब के हुन्छ। कुन हालमा राख्छे या मार्छे । मारिदिए हुन्थ्यो बरु मुक्ती मिल्थ्यो मलाई यो नर्कबाट।
कति दिन यसरी बाचिन्छ थाहा छैन । को थिए इ आईमाई त्यो पनि थाहा छैन । कहाँ छु त्यो पनि थाहा छैन। अझै के गर्छन त्यो पनि थाहा छैन।
अचानक मेरो दाहिने गर्धनमा एकदमै भारी बस्तु ठोकिन्छ। सायद त्यो घन हुँदो हो। मैले केही सोच्नु अघि नै मेरो मस्तिष्क निष्क्रिय भयो आँखा बन्द भयो रक्तसञ्चार बन्द भए जस्तो भयो। गर्ल्याम्म भुसको बोरा जस्तै भुईमा ढले म।

°°°°°°°°°

यतिका दिनसम्म पनि छोरी नफर्किएको पिडाले बुबा झनै पिडामा पर्नुभयो। प्रहरिको खोजी कार्य पनि जारी छ तर हातमा शून्य मात्र छ।
तर पनि छोरी फर्किने एउटा झिनो आस छ तर त्यो आसमा पनी माकुराले जालो लगाउन थालिसकेको थियो । प्रहरिले खोजी कार्यमा ध्यान दिन छाडेका थिए किनभने समय धेरै लामो बितिसकेको र धेरै कोसिस गर्दा पनि कुनै सुराग कुनै शंका नभेटिसकेपछी बिस्तारै प्रहरिले पनि वास्ता गर्न छाडिदिएको थियो।

°°°°°°°°°

कानमा टाढा टाढा मान्छेहरुको होहल्ला प्रतीत भयो । बिस्तारै आँखा उघ्रीए म बिचमा थिए । चारैतिर मान्छेहरु कसैले पानी छर्किदैं थिए कसैले झकझक्याउंदै थिए। म सडकको एक कुनामा पल्टिएको थिएं जहाँ म एक सांझ आफ्नो डेरा जाँदै गर्दा सडकपारी पोथ्रामा केही अनौठो क्रीया हुँदै थियो । उत्सुकतामा मेरो पाइला त्यतै बडेको थियो त्यो दृश्य पश्चात् मेरो हालत के भएको थियो त्यो सम्झिदा पनि शरिरमा काँडा उम्रीन्छ। त्यो हालतबाट सम्हालिदा नसम्हालिदै मेरो टाउकोमा बज्रीएको थियो फलामको रड । हो त्यै सांझ देखि आज आकाश देख्दै छु म ।
त्यो आइमाई को थियो ! कहाँ गयो ! किन यो हालतमा यहाँ छोडेर गयो केही थाहा छैन । म बेहोशिएको रहेछु ।
कति समयपछि म होसमा आए । त्यो हेक्का छैन मलाई तर जब होसमा आए मेरो शरिरले काँचुली फेरिसकेको थियो। यस्तो काँचुली जसमा लुगाको एक धोजा थिएन शरिरमा पुरै कट्टकट्टिएको रगत थियो ।

कसैले मेरो शरिरमा लुगा ओढाइदिए। भिडबाट कसैले प्रहरिलाई फोन गरेर मलाई प्रहरिको जिम्मा लगाइदिए।
म प्रहरीको छहारिमा पुंगे बाच्ने थोरै आश पलायो। प्रहरिले तपाईं को हो भन्ने प्रश्न गरे म झसङ्ग भएं को हो म ? आफैलाई प्रश्न गरें। भन्न मन लाग्यो थाहा छैन। तर भनिन आफ्नो दिमागलाई जोर दिए । आफ्नै नाम बिर्सिसकेको रहेछु । केही समयको जोर पछि आफ्नो नाम सम्झिए । झसंग हुँदै मेरो नाम आलोक तिवारी भनें। प्रहरिको धेरै प्रश्नहरुको उत्तर दिन सकिन । एक अधिकारिले सोध्यो यो हालत कसरी भयो ? ।
मैले मेरो टाउकोमा रड बज्रीएको सम्झिएं । त्यहीँ भने जुन सांझ मसंग त्यो घटना घटेको थियो । त्यसपछि मलाई केही याद छैन।

“तपाईलाई जति भनेपनी लाग्दैन तपाईकी छोरी भेट्टिएकि छैन। हामी खोजी गर्दै छौं भेटियो भने तपाईलाई खबर गर्नेछौं। जानुस तपाईं।”
गर्धन मोडेर त्यो आवाज आए तिर मुन्टो फर्काए । जुत्ताबाट बुढी औला बाहिर निस्किएको, थोत्रो मैलो पाइन्ट, त्यस्तै थियो मैलो गन्जी, फुलेको कपाल, झुस्स दारी, अनिदो आँखा, दुब्लो शरीर अनि घांटिमा झुन्डिएको त्यो तस्बिर जस्ले मेरो होस उडायो ।

मेरो शरीर एकाएक काँप्न लाग्यो । मनमा जोरजोरले ढ्याँङ्रो बज्न सुरु भयो त्यो तस्बिर अरु कसैको नभएर त्यही आइमाईको थियो जसले मेरो यो हाल गरेको थियो।
मेरो हाउभाउ देखेर प्रहरिले सोध्यो के भयो ?
मेरो बोली फुटेन । दाइने हातको चोर औंलाले त्यो तस्बिरमा अङ्कित गर्यो। प्रहरी झस्कियो मैले आफ्नो बृतान्त सबै सुनाए ।
प्रहरिको आँखा एक निमेष पनि झिम्किएन एक टकले सबै प्रहरिले मलाई नै हेरिरहे। त्यो तस्बिर निलमको थियो।
जस्ले मलाई जिउंदै नर्क देखाएकी थिई। मनमा प्रश्न उब्जियो त्यो साँझ त्यो लास कस्को थियो ? निलमले कस्लाई मारेकी थिई ? प्रहरिले त्यसलाई भेट्यो कि भेटेन ? सडक छेउकै लास भेट्नु पर्ने हो खै को थियो त्यो मान्छे ! किन मारेको थियो निलमले त्यस्लाई ! मेरो लागि मात्र एउटा रहस्य थियो।
त्यो मान्छेको खोजी भयो कि भएन होला ? निलम अझै पनि आजाद भएर हिडिरहेकी छे । मेरो यो हाल बनाउने अपराधि एउटा बाउको गुनेगार अनि त्यो मान्छेको हत्यारा निलम कहाँ छ कसैलाई थाहा छैन के गर्दै छ कसैलाई सुइंको छैन।

“प्रहरिले दुई दिनको खोज पछि मेरो डेरा पत्ता लगाएर मलाई सलामत घर पुर्याइदिए। मनका घाउहरु शरिरका चोटहरु समय संगै बिस्तारै कम हुँदै गयो केही महिना बित्यो। „

एक दिन म साथीकोमा गए त्यसदिन फर्किनै लाग्दा पानी पर्यो। केही समय रोक्किएपछी पानी पर्न बन्द भयो । साँझ पनि भयो साथीको अनुनय लाई नकार्दै म आफ्नो डेरा फर्किएं।
डेरामा पुग्नै लाग्दा मलाई पछाडीबाट कसैले बोलाए झैं लाग्यो । अवाज पहिले कतै सुने जस्तो भान भयो पछाडी फर्किएं । जब फर्किंए म खङ्रङग भए । त्यो आवाज निलमको थियो । मैले टेकेको धरती भासिएर पाताल पुग्यो । सिङ्गै आकाश खसेर टाउको थिच्यो। फतक्कै गलेर जहाँ उभिएको छु त्यहीँ ठिङ्ग रुख उभिए जस्तो उभिरहे । दिमागले केही सोचेन । मानसपटलमा मात्र त्यहीँ दिनहरु घुम्यो सिसाले काटेको शरीर चुरोटले पोलेको घाउ। अनि निलमको अनुहार।

“म फर्किएको छु, बिर्सियौ कि कतै ।
म बहकिएको छु, नियाल्छौ कि कतै ।
म पुर्ण एक्लो जुन हुं !
त्यो सांझको उज्यालो बिर्सियौ कि कतै ।”

यति भनेर उ एउटा डरलाग्दो मुस्कान छाडिरहि म हेरिरहें हेरिरहें मात्र हेरिरहे,।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा सुवास श्रेष्ठ

यो पनि पढ्नुहोस्...

कथा : स्वच्छन्द

कथा: प्रेमको घोषणापत्र

कथा: निर्मलाहरू

लघुकथा: प्रतिप्रश्न

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

छोटा कथा: गणतन्त्रको उपहार

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.