जब एकान्तमा पुग्दछु
नितान्त एक्लै छु जस्तो लाग्छ
तब सेता पानाहरुलाई चलाई
कोर्दछु केही शब्दहरु !
फेरि हेर्दछु आफै
मात्र रिस, राग र क्रूरता भरिएका
शब्दहरु देख्छु
फेरि आफ्नै सोचमा मग्न हुन्छु
मनले मस्तिष्कलाई सोध्दछु
के म नास्तिक भए अब ?
किन ममा,
आस्थाको भाव भेट्दिन म ?
के म भित्र माया प्रेम भन्ने चीज छैन ?
आखिर किन,
यी शब्दहरु दानव रूपी छन् ?
मस्तिष्क टक्क रोकिन्छ
भेट्दिन केही जवाफ
र….
बन्द गर्दिन्छु शब्द कोर्न ।