Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » कथा: स्वास्नीको बिहे

कथा: स्वास्नीको बिहे

आख्यान - कथा
कुमार काफ्लेकुमार काफ्लेकार्तिक १९, २०८१371 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

राजनीतिक कोपभाजनको सिकार भएर म यस्तो दुर्गम ठाउँमा सरुवा भएँ कि के भनूँ ! त्यहाँको हावापानी र परिश्रमी मान्छे बाहेक सबथोक मन नपर्ने । बाह्र महिना हात पाखुरा चलाउँदा समेत छ महिना खान धौधौ पर्ने भिरालो र ढुङ्गेनी पङ्खर बारी । सिँचाइको अभावमा लगाइएका बालीनाली सुकेनास लागेको शिशुजस्ता देखिन्थे । जिन्दगी जिउन सारै कष्टकर र उदास उदास अनुहारहरू कहिले यता त कहिले उता दौडिरहेका भेटिन्थें । साँझ परेपछि रक्सीले टिल्ल भएर आउने अधिकांश लोग्नेले स्वास्नी कुट्थे र बहादुरी देखाउँथे । अनि कम कुटाइ भेट्ने महिलाहरू आफूलाई भाग्यमानी ठान्दथे । म यो नौलो परिवेशमा रमाएको थिएँ कि हराएको थिएँ आफैंलाई राम्रोसँग थाहा थिएन ।
०००
त्यस गाउँमा मैले केही साथीहरू बनाइसकेको थिएँ । तीमध्ये भोला पनि एक थियो । उसको बारेमा बुझ्दै जाँदा धेरै कुराहरू थाहा हुँदै गयो । मान्छे सारै रमाइलो र हक्कीको थियो । उसका दशौं असल गुणलाई त्यहीँ एउटा रक्सी पिउने बानीले खर्लप्पै छोपिदिएको थियो औंसीको रातमा जून छोपिए जसरी । त्यहीँ कारणले रहेछ स्वास्नीले चटक्क छोडेर माइतीघर गएकी ।

मेरै अनुरोधमा उसले आफूहरूको कसरी सम्बन्धमा चिसोपन आयो र गौरी कसरी माइत गई भनेर पश्चातापले भरिएको मुहारमुद्रा बनाएर भावुक भइ बताएको थियो ।
“म नआउञ्जेल नखाई कुरेर बस्थी । तर म राती कतिबेला घर फर्किन्थें कुनै टुङ्गो थिएन । मलाई देख्ने बित्तिकै ऊ खाना तताएर पस्किन्थी । तैपनि म अकारण निँहु खोज्थें । गाली गर्थें र धेरैजसो त पिट्थें । खानाको थाल लात्ताले हानेर बेहाल बनाइदिन्थें । र, ऊ धरधरी रुदैं भोकै सुत्थी । म पनि बेहोस भएर त्यत्तिकै बेठेगान सुतिदिन्थें जुत्ता नै नखोलीकन । तर पछि होश खुल्दा विस्तारामा आरामले सुतिरहेको हुन्थें । उसको सहनशीलता मैले उबेला बुझिनँ र अहिले पछुताउँदै छु ।”

“अनि त्यसपछि के भयो त ?” मेरो चासो ।

एकपटक ख्वाक्क खोक्यो । लामो सास तान्यो र आँखा रसिला पार्दै कनेर भन्न थाल्यो –
“त्यसपछि जे नहुनु थियो त्यही भइदियो । मेरो अत्याचारले सीमा नाघ्यो । म उसलाई हुने नहुने आरोप लगाउन थालें । सहेरै बसेकी थिई । जब मैले नशाको तालमा सजिल‌ैसँग उसको पतिव्रत धर्ममाथि नै धावा बोलें तब उसले मसँग जिन्दगी नकट्ने ठहर गरिछ । र, उसले अब तिम्रो मुख हेर्दिनँ भनेर बिहानै मलाई त्यागेर हिँडी । सायद अझै फर्काउन आउँछ कि भनेर पर कुइनेटोबाट फर्कीफर्की हेर्दै थिई । तर म पापी अहँ गइनँ ।”

“अनि उसलाई लिन गएनौं त भोला ?”

“के गर्नु सर ! दुई चार दिन त त्यो जाँठी गए जान्छे त, खुट्टा भए जुत्ता त कति कति जस्तो लाग्यो तर मेरो त दाहिने हातै भाँच्चिएजस्तो भइगो’नि । आज आउँछे छैन, भोलि आउली कि भनेर बाटो हेर्यो आउँदिन ! मेरा त आँखै टट्टाए । हार खा’र एकदिन त लिन गएँ ।”
“अनि आईन् कि आईनन् त ?”
“यहाँ सुन्नु न, भन्दैछु । पहिला कस्तो मान मनितो गर्ने सासू ससुरा त्यो पालि त वास्तै गर्दैनन् बा ! नमस्कार गरें, बस्नु नभने पनि बसें । खाना खान थालेपछि चाहिँ तीनै जनाले भन्नू नभन्नु भने है अनि । खाँदाखाँदै छोडेर हिँडिदिउँ जस्तो लागेको थ्यो तर हिँडिनँ । सुनिरहें ।”

“सह्यालु पो रहेछौ त है ?”

“त्यस्तो भइदे’को भ’त मलाई छोडेर के जाँदि हो र सर ! पहिला मैले भनेको थें, अहिले पालाको पैंचो फेरे भनेर मन बुझा’र बसें नि ।
फेरि त्यो दिनचाँहि रक्सी नखाइ गा’को भा हुने र’छ । सासूसुराले त ल है गौरी के गर्छेस् ; ज्वाइँ लिन आउनु भा’छ भनेर गए नि जाओस् जस्तो गरेका थे । तर ऊ बम्किन थाली हाली नि ! ‘यस्तो जँड्याहासँग त मरे नि जान्नँ ।’ अनि म भिजेको बिरालो झैँ लुरुलुरु एक्लै घर फर्किएँ ।”

“अनि फेरिफेरि पनि गयौ कि, त्यत्ति एकचोटि हो ?”

“रक्सी नछोडी लिन नआउनू भनेकी थिई । भोलिदेखि खान्न भन्दाभन्दै यो काट्टो पनि कहिल्यै छोड्न सकिएन । अनि त जानलाई खुट्टा उचाल्न पनि सकिनँ ।”

त्यसरी गौरीलाई लिन जाँदा रित्तै फर्केको भोला घरखेत, हाटबजार र मेलापात एक्लै गर्न विवश थियो । शनिबारको दिन, नुनतेल सकिएकोले साँघुटार बजारमा हाट भर्न झरेको रहेछ । म पनि झरेको थिएँ । झ्याप्प भेट भयो । उसले निकै मोलमोलाइ गरेर किनमेल सक्यो र भट्टीमा छिरेर एक बोतल लोकल रक्सी बिना सितन रित्यायो । अलिबेरपछि अझै थप्यो । म उसका क्रियाकलापहरू नियालिरहेको थिएँ ।
नौमती बाजाको सुरिलो धून बज्न थाल्यो । एकैछिनपछि बाजागाजाका साथ एक हुल मान्छे आइपुगे । उसले झोला बोक्यो र लुसुक्क भीडमा छिर्यो । पाँच मिनेट जति अगाडि बढेपछि सबै रोकिए । त्यहाँ भव्य भोज चलिरहेको रहेछ । कोही खाना खाइरहेका थिए भने कोही नाच्न गाउनमा व्यस्त थिए । ऊ पनि अरु झैँ लाइनमा बस्यो र पालो कुरेर प्लेटभरि पुलाउ, काउलीको तरकारी, खसीको झोलवाला र कुखुराको फ्राइ मासु राख्यो ।
अब प्लेटमा थप केही चीज अट्ने ठाउँ थिएन । स्वाद लिइलिइ खायो चम्चाले । र डकार्यो । त्यसपछि अरुले झैँ सानो प्लेटमा दही लियो । खायो । न्यापकिन पेपरले हातमुख पुछ्दै यताउता टहल्यो । लाग्थ्यो यस्तो परिकार उसले अहिलेसम्म एकैसाथ कहिल्यै खाने अवसर पाएको थिएन । यसकै हाराहारी स्वाद भएको खाना कहिलेकाहीँ गौरीले बनाउँथिन् र आफ्नै हातले खुवाउँथिन् । माया मिसिएको खानाको स्वाद आफ्नो ठाउँमा थियो र त्यो भन्दा स्वादिष्ट उनका कोमल हात लाग्थ्यो । उसले आज पनि सदा झैँ गौरीलाई सम्झ्यो र सम्झ्यो ती दिनहरू । जुन दिनहरू दुई ज्यान एकजस्तै थिए र थिए एकअर्काको पीरमर्का बुझ्ने मनहरू । त्यो बेलाको कुरा; जुनबेला ऊ रक्सी खान त के गन्ध पनि मन पराउदैनथ्यो । मातेको मान्छे देख्दा रिस उठ्थ्यो र एक्लै पनि बर्बराउथ्यो “जँड्याहाहरू…….”
यो त बेग्लै कुरा थियो ।
जसरी उसको जिन्दगीको एउटा पयो घोराए परेको थियो; ठीक त्यसैगरी उसका हरेक घटनाहरू अस्वभाविक र बेमेल लाग्थे मलाई । रक्सी पिउन शुरुआत गर्दाको कहानी पनि अचम्मैको थियो उसको । साथीहरू जाँडरक्सी र चुरोट बिँडीका अम्मली भएपनि उसलाई यस्ता कुलतप्रति बहुत् घृणा थियो । बिहे पछाडि तिनै दाँवलीहरूले रक्सी खाएर सम्भोग गरे शीघ्र स्खलन नहुने र श्रीमतीलाई सन्तुष्टि दिन सकिन्छ भनेर खुवाउन मरिहत्ते गरे तर उसले मानेन ।
बिगार गर्न विष धेरै चाहिन्छ र ! साथिहरूले उसको मनमा विष घोलिदिएका थिए । बेलाबेला उसको मनमा यस्तो कुरा खेल्न थाल्यो, ‘रक्सी खाएर सम्भोग गरे…..’ यसले उसलाई पछ्याइरह्यो । छोड्दै छोडेन । दिनभरि गौरी, गौरीका अङ्ग विन्यास, उनीसँग बिताएका पलहरू सम्झ्यो । कहिले रात पर्ला र खानपिन छिट्छिटो सकेर सँगै सुत्न पाइएला ! दिमागमा यहीँ मात्रै कुरा खेलाइरह्यो ।
बल्लतल्ल रात पर्यो । अरू बेला भन्दा छिटै ओछ्यानमा गयो र गौरीलाई पर्खिरह्यो ।
“गौरी, काम सकिनौ ? छिटो आऊ न …..”
भान्छाको काम सकेर गौरी आइन् । कामातुर उसले हतारहतारमा काम सक्यो ।
नगरेको भए हुन्थ्यो होला तर… गौरीले गुनासो गरिन्, “तपाईं त के के न गरौंला झैँ झम्टिनुहुन्छ तर दुई मिनेट पनि अडिन सक्नुहुन्न ।” उसलाई यो असह्य भयो । आफैंलाई नामर्द सम्झ्यो र साथीहरूको सल्लाह अनुसार रक्सी नखाई आएकोमा पटकपटक धिकार्यो । अनि अर्कोतिर फर्केर सुत्यो तर राम्रोसँग निदाएन ।
त्यसपछि भोलिपल्ट देखि रक्सी नखाइ भोला घर फर्कनै छोड्यो ।
०००
उसले सोच्यो, यो कुनै ठूलाबडाकै काजभोज हुनुपर्छ । जो पायो त्यहीले यत्रो धुमधामका साथ काँ यसरी खर्च गर्न सक्छ र ! जे होस् वर्षौदेखिको भोक आजै मेटिए झैँ लाग्यो उसलाई । पेट छाम्यो, पुटुक्क उक्सिएको थियो । सबैतिरबाट बिचार गरिल्यायो र अन्तिममा भोजको आयोजकलाई हृदयबाटै धन्यवाद दियो । हिँड्ने बेला उसलाई एउटा अर्को सोच आयो; जुन मनासिब नै थियो । धक फुकाएर मनैदेखि भोजको आयोजना गर्ने र यसको केन्द्रीय आकर्षण जो धेरै मान्छेहरूको भीडको बीचमा भए जस्तो ठानेर ऊ त्यतै लाग्यो । मिष्ठान्न परिकारले जिब्रो लठ्याइदिने, निशुल्करूपमा मनले मागेको भरपेट खान दिने मनकारी धर्मात्मा सज्जनवृन्दको दर्शन नगरी जानू त शोभनीय हुँदैन भन्ने ठान्यो उसले ।
भीड छिचोल्दै उसले सकेसम्म घाँटी तन्क्याएर सबैले हेरेतिर हेर्यो । सोफामा बिराजमान युगल जोडी जो मुस्कुराउँदै मान्यजनबाट आशिर्वाद ग्रहण गर्दै थिए ।
उसलाई आफूले टेकेको धर्ती भासिए झैँ लाग्यो । एकैछिनमा टाउको घुमाएर चक्कर लाग्यो र भाउन्न छुटेर आयो । सपनामा समेत हत्तपत्त नदेखिने खालको दुर्लभ दृश्य जुन आफ्नै आँखा अगाडि देखिरहेको थियो । र ऊ सशरीर त्यहीँनेर ठिङ्ग उभिएको थियो । उसलाई समय र स्थानको ख्याल हरायो । आफूले आफैंलाई बिर्सियो ।
हो, त्यहाँ गौरी नव दुलहीको स्थानमा बिराजमान थिईन् जो केही वर्ष अगाडिसम्म भोलाको हप्कीदप्की सहेरै श्रीमतीको भूमिका निभाइरहेकी थिईन् । त्यतिमात्र कहाँ हो र ? एकैछिन अघिसम्मन् गौरी र उनीसँग बिताएका पल र उनले बनाएको खानाको स्वाद सम्झिरहेको थियो ऊ ।
त्यसपछि भीडबाट फुत्त बाहिर निस्कियो र उकालो लाग्यो ऊ । म पनि उसैको पछिपछि लागें । ऊ त एक्लै फतफताइरहेको थियो, “साला आज स्वास्नीको बिहे खाइयो ! थुइक्क जिन्दगी !”
गफ गर्दै हिँड्दा बाटो कटनी पनि सजिलोसँग हुने र उभित्र गुम्सिएर रहेका भावनाहरू पनि सुन्न पाइने लोभमा मैले उसलाई बोलाएँ ।
“ए भोला, तिमी पनि यहाँ ! ल सँगै जाम् ।”
एकछिन त छक्क पर्यो अनि फिस्स हाँस्यो ।
त्यो हाँसोमा पीडाको मात्रा धेर थियो कि आफैंप्रतिको व्यङ्ग्य धेरै थियो; मैले ठम्याउन सकिनँ ।
अनि उसले कुरा शुरु गर्यो, “सर आज त मैले स्वास्नीको बिहे खाएँ नि !…….”

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा कुमार काफ्ले

यो पनि पढ्नुहोस्...

कथा : स्वच्छन्द

कथा: प्रेमको घोषणापत्र

कथा: निर्मलाहरू

लघुकथा: प्रतिप्रश्न

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

छोटा कथा: गणतन्त्रको उपहार

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.