भन्छन्
कर्कलाम अडिएको जीवन पानी हो
एक झोक्का पिरसंगै बगि जाने जीवन बाढि हो
आदि आदि गर्दै बग्न पाए म पूरा हुन्थें होला
म बगेरै गए पनि
मैले बगाउने नदि प्रत्येक खोलामा बाडियोस्
साधु सन्तसँग संगत गरि संघर्षको स्पर्श लिन चाहे
अरु विकल्प नै केही रहेनछ जिवनमा मर्नु बाहेक
बादल जस्तै थिए म
गुम्सिएर बसेको रोधन चोटहरुले भिजेर
अरु विकल्प पनि थिएन पोखिनु बाहेक मसँग
बदल्छु अब संगत
म अब आगोको संगत गर्छु
किनकी अन्त्यमा जलेर खरानी भई बग्नु छ
अग्नि संगै जल्दै थिए,
म क्रोधले भरिएको दानव धर्ती हो
म मलाई टेकि हिनिस,
तर तलाई छानो दिने मेरो प्रतिबिम्ब आकाश खरानी झै जलि जाने मेरा भावनाहरु नभएर मसि फाले जति जाने तेति लेखे मूर्ख हो म मानव
मनै मोहित पार्ने, शरीर पोलि राख्ने यो मधिराको नृत्य अपकल्पित भ्रम होकि, देवताले छल गरि बनाए यो आँखा अघि चलिरहेको दृश्य
तिलक चन्दन धसी हिने तैपनि मेरो ललाट चर्किएको रहेछ …


