आशीष दश वर्षको थियो । उसको घर पछाडि एउटा आरुको बोट थियो । आरु लटरम्म फलेका थिए । ऊ आरु टिप्न गयो ।
त्यस रुखमा जुरेलीले गुंड लगाई फुल पारेको थियो । जुरेली फुल छोपेर बसेको थियो । आशीष रुखमा चढेपछि जुरेली उड्यो र पर अर्को रुखको हाँगामा गएर बस्यो । आशीष मख्ख पऱ्यो र मनमनै सोच्यो । अब जुरेलीले बच्चा कोरल्छ र ती बच्चा घरमा ल्याई पाल्नु पर्छ ।
नभन्दै केही दिन पछि जुरेलीले बच्चा कोरल्यो । दुईवटा बचेरा थिएर दिन दिन आहार लिएर आउँथ्यो जुरेली । आशीष पनि दिनदिनै रुखमा चढेर हेर्न थाल्यो । विस्तारै बढन थाले ती बचेरा ।
उता आशीषले बाबालाई पिजँडा किनेर ल्याउन ढिपी गऱ्यो । उसको बाबाले पिजँडा किनेर ल्याईदिए ।
आशीषले जुरेलीका ति बच्चाहरु घरमा ल्याई पिजँडामा राख्यो । उसकी आमाले गुडमै लगेर राखिदे भन्दा नि टेरेन । बच्चाहरु उसको माउबाट वियोग हुँदा कराउन थाले । आशीषले भात लगेर राखिदिन्थ्यो, दुध लगेर राखिदिन्थ्यो तर बच्चाहरुले खाएनन् । उता माउ पनि आरुको रुखको हाँगामा आएर बसेर चिर्विराउथ्यो बच्चाहरु खोज्दै । आशीष भने माउलाई तिम्रा बच्चा मैले पालेको छु है भन्दथ्यो ।
तीन दिन पछि बच्चाहरु पिँजडामै मरे । आशीष पनि सारै दुःखी भएर ति मरेका बच्चाहरुलाई पिँजडाबाट झिकेर गुडमै लगेर राखिदियो । माउ जुरेली आज पनि आफ्न बच्चाहरु भेटिन्छ कि भनी रुखमा आयो । गुडमा आफ्ना बच्चाहरु मृत अवस्थामा थिए । त्यसपछि माउ कहिल्यै फर्किएर त्यहाँ आएन । आशिष उसको बाटो हेरिरहन्थ्यो ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।