आगामी संघ तथा प्रदेशको चुनावमा आफ्नो दलले जित्ने भन्दै राजनीतिक दलका शीर्षस्थ र कनिष्ठ सबै नेताहरु दाबी गर्न थालिसके । राजनीतिक दलहरु विभिन्न स्थानहरुमा हुने कार्यक्रमहरुमा ८४ सालमा आफ्नो दलले क्लिन स्विप गरीदिने भन्दै भाषण गर्न थालिसके । एकले अर्कालाई भ्रष्टाचारी भएको आरोप लगाउँदै अब त्यो प्रवृत्तिको पराजय अनिवार्य भएको उद्घोष गर्न थालिसके । ठूला त ठूला भैहाले स्थानीय कार्यकर्ता समेत अर्काे दललाई धम्क्याउँदैछन् ८४ त आओस ।
बिहे गर भनेर आमाले दबाब दिएको धेरै भयो “उमेर भैसक्यो । अरु नातिनातिना खेलाउँन थालिसके । तर तेरो त के हो के ……!” आमाको सधैंको यस्तै कचकच छ ।
तर म भने बहाना गरिरहेको छु “जागीर छैन् । कमाइ छैन् । अभावमा बाँचेको छु । बुबा आमासँग पकेट खर्च मागेर हिड्नुपर्छ । यस्तो अवस्थामा अर्काकी छोरीलाई दुःख हुन्छ आमा । पख्नुस न केही साल त हो । लोकसेवा घोकिरहेको छु । कसो कहीँ न कहीँ नाम ननिस्केला र! आगामी ८४ सालभित्र जागीर खाइ हजुरको घरलाई सुहाउँने दुलही पनि भित्र्याउँला हुन्न र !पहिले मेरो मिसन-८४ पुरा हुन त दिनुस ।”
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।