Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » कथा: झगडा हाम्रै

कथा: झगडा हाम्रै

आख्यान - कथा
राजु झल्लु प्रसादराजु झल्लु प्रसादकार्तिक २६, २०८१678 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

उ मलाई अँगालोमा कसेर भन्दै हुन्थी,
— “म यदि मरे भने….?”
— के म अहिल्यै गएर अमृत किनेर ल्याइदिउ ?
रिसले मुर्मुरिदै झ्याल नेर गएर हात कसेर बस्थी !

अब म मुर्मुरिन्थे,
— तिमी मरेपछि म चाहीँ बाचुला नि?
— तिम्रो त थुप्रै छन् क्यारे नि त ! एउटी न एउटी त आइहाल्छे नि !
— त्यो त त्यसै भन्नको लागी मात्रै पो भन्या हो त ! साच्चै त कहाँ छन र हो?, म भन्थे !

तर भित्रभित्रै म कुत्कुतिन्थे, यदि साँच्चिकै भैदिए भने त ? खुसीको सिमा खै कहाँ पुग्थ्यो कहाँ ? यो ब्राह्मण नै छिलेर उपल्लो, अझै पल्लो, झनै पल्लो, नजाने कहाँ पुगिसक्थ्यो तर रोकिने नाम लिनेवाला थिएन ! उसको आवाज फेरि खुरुखुरु मेरै कोठामै आइपुग्यो !

— हेल्लो मिस्टर ! कहाँ हराइयो ??
‘म नसुने झैं गरिदिन्थे !’
— कहिले देखि हजुर बहिरो होइबक्सियो ?
— जन्मिदै देखि,
मन त लागिराथ्यो यहीँ भनिदिउ ! तर बहिरोले पनि सुन्छ र ?
म एकदमै चुप भए, नङ टोक्दै !
मेरो मुखमा प्वाक्क हातले हिर्काउदै,
— मलाई आज ह्याँ किन बोलाय्या ?, उसले सोधी !

म पनि रिसाउन माहिर थिए ! उसले छुदा झिझिएको याक्टिङ्ग गरिदिन्थे, किनकी उ रिसाएको हेर्न मलाई राम्रो लाग्थ्यो !
म पनि अघि उसले झैं झ्यालबाट पुरा बबाल पाराले हात बाधेर खडा हुन्थे, मदरासी फिल्मको मेन गुन्डा ‘प्रकाश’को पोजमा ! तर म उसको सामु चुवा हुन्छु, म राम्रैगरी बुज्थे !

अब म बोल्नुपर्छ,
खै यस्तै सोच आयो ! फेरि गयो, यसैले म बोलिन !
म तिर हेरि, मैले देखे !
किनकी म पनि उ तर्फै हेर्न टाउको मोडाएको थिए !
म फेरि यतै फर्किदिए !
मलाई के थाहा थ्यो, उ उता फर्किन्न मात्रै…..

उ आफ्नो ब्याग लिएर जान खोजी ! अब भयंकर मच्चिने भो ! अब म पानी हुनुपर्छ ! हुन त म अघिसम्म आगो थिए, अब पानी ! अरे यार, पहिले चिसिनु त पर्यो !
के गरु, केइ नि गरिन ! उ आफ्नो सल टिपि निस्किन लागी !

डर लाग्यो,
कही गएर…??
हैट ! जे पायो त्यहीँ सोच्दै छु म, मनमनै बुझाए ! अनि मनमनै बुझे ! टाउको हल्लाए !
हत्तपत्त म बोलिहाले,
— “तल घरधनी छ, मेडम !”

उ अझै जान लाग्दै थि !
म उसको अगिल्तिर गएर ढोका लक गरे ! अनि उसलाई नै हेरेर बसिरहे ! उ तल निहुरी ! म माथी निहुरिए ! मतलब, उसको चिउँडो उठाउन खोजे !
उसले झड्कारि ! म झड्किए !

— सरि यार ! अब रिसाउन्न ! , मैले भने ! कान समाए ! ,अझै भएन !
रिस मर्ने नाम लिइराथेन ! कुन देवताको अमृत चोरेर खाएछ, कहिल्यै नमर्ने ! मैले यो सोच्नको लागी मात्रै सोचे !
२ चोटी तलमाथी गरे ! झन भएन ! उ अझै जाने तम्तयारी गर्न ढोका खोल्न खोज्दै छे !
मैले छेके !
— तिमि त …? , उ बोलि !
— के म त. .? मैले सोधे !
— पागल छौ पागल !
— अँ,छु ! अनि के भो त?, सोध्नेवाला मै थिए !
— किन निउँ खोज्नीखोज्नी कुरा गर्छौ मसँग जहिले नि ?
— कहिले गर्याछु र?
— बुझ पचाउन त कसैले तिमिबाट सिकोस !
— तिम्लाई थाहा छ त, म कसैलाई केही पनि सिकाउदिन !
— नकराउ धेरै…..!, किन निम्ता दिनुभको मलाई यहाँ ??
— छोराको पास्नी छ, आज ! त्यही भएर !
— कस्तो छोरा जन्मिएछ त भातखुवाइको बदला पास्नी गर्नुपर्ने ?
पाको बेला, कहाँ छोड्थी र ? मज्जैले भनी !
— हुन त बाउ गतिलो भए पो, फेरि उ नै कराई !
मज्जैले सुने, कुनै बिकल्पको अभावमा !

हुन त बाउ गतिलो भए पो, मलाई हेपेर उ यसो भन्दै छे, मैले हेपिएरै यहीँ सोचे !
— तिम्रो मतलब के ? के भन्न खोज्या ?
— ल बाबा सरि, माफ पाउ ! अब पुग्यो !, उसले अलि दिक्क मान्दै भनी !
— यता आउँ, मैले उसको पाखुरा समाउदै टेबलमा बसाए !
— मलाइ यत्ती बसाउन मात्रै बोलाका हौं ?
— किन अझै बढि गरोस भन्ने चाहन्छौ ?
— बड्ता हैन है !
— म केही खोज्दै थे !
— के खोज्या यसरी?
— व्हेल(Whale ) माछा !
— म भेज भन्नी थाहा छैन !
— व्हेल पनि भेज नै त हो नि !
— भा भै हो, बच्चाले झै भन्दै थि !
— नभा नभै हो, म झन बच्चा बनिदिए !

— बल्ल भेटें, म खाटमुनिबाटै कराए !
— के हराथ्यो र के भेटेउ ?
— मेरो अन्डरवयर !
— सायद लाजले कुत्रुक्कै भइ होलि, बोलिन !
— अस्ति देखि हराथ्यो, कसले चोर्यो भन्या त यता पो रैछ !

— तिम्लाई लाज लाग्दैन !
— लाग्छ !
— अनि के-के बोलिरा त यो !
— अन्डरवयरलाई अन्डरवयर नभनेर के भन्नु त ?
उ बोलिन तर म अझै बोलिरहे,
— कस्तो काँ मुन्टेछ भन्या गोट्टी !

— के खोज्या क्या, मलाई अबेला भैसक्यो ! म गए !
उ ढोका नेर पुगि!
रुक रुक ! यत्रो त खोजिसके ! एकछिन पख न !
— उ एक्वेरियम तिर लागी ! खै त यहाँको एउटा भाले !
— यी के त यहाँ खाटमुनि !
— तिम्रो टाउको, यो मोलिको भाले भन्या !
— हिजो भुटेर खाइदेको ! आज पोथी खाने हो !
— तिमी त पापी छौँ के, पाल्न मन नहुनेले किन पाल्नु ?
— क-कसलाई पाल्नु ? यहाँ एउटै पोथी पाल्न नसकेर हैरान छु , म अझै खाटमुनिबाटै कराउँदै थिए ।
— के रे ? मुख समाल है ! मान्छेको नि पोथी हुन्छ कही नपाएर?
— अनि के भाले मात्रै हुन्छ त उसो भए?
— मलाई थाहा छैन, उ झोक्किँदै भनी !
— अरे भगवान, के खोज्या क्या तिम्ले अहिलेसम्म ?
— छ क्या एउटा कुरो !
— अनि कहाँ छ त नि?
— देख्या भए त यहीँ छ भनेर देखाइहाल्थे नि !
— के खोज्या हो, म पनि खोज्न सघाउ !
— के हेरिरा त नि?
— के हो ? के भनेर खोज्नी मैले ?, उ झिझरिदम्दै बोल्दै थि !
— ल ल तिम्ले खोज्न पर्दैन म आफै खोज्छु, म बाहिर निस्किदै बोले !
— अलि सम्हालेर राख्न पर्थ्यो नि त, त्यत्ती इम्पोर्ट्यान्ट कुरो त !
— सम्हालेरै राखे भन्या त हो नि, साला कहाँ पर्यो कहाँ ?
— कस्तो देखिन्छ, के हो? कत्रो छ ? केहि त भन, मैले पो देख्छु कि !
— त्यस्को फोटोकपी पाईन्न हो, तिम्लाई क्यारी देखाउनु? म उ रिसाओस भनेरै बोले !

उ मलाई वास्तै नगरी, माछा खेलेको हेर्दै थि ! मानौ उ पनि त्यसरी नै पौडिन चाहन्छे, रमाएर खेल्न चाहन्छे ! तर एक्वेरियम भित्र हैन, समुन्द्र समुन्द्रमा, समुन्द्री व्हेल झैँ !

मनपरे लेर जाउ, अर्को पनि भाले छ त्यहाँ !
— तिम्लाई चाहिन्न र ?
— म छदै छु नि, म पनि के कम !
— ए त्यहीँ भएर पो रैछ, यि बच्चाको फेस तिमीसँग ठ्याक्कै मेल खाको, उ पनि कम्ती काँ थि र ?
— छ नि,
— नढाँटी भन त तिम्ले के खोज्या क्या आज ? भन्दै उ मेरो कोठाको साँचो हातमा घुमाउदै थि !
म आधा घन्टादेखी जे खोज्दै छु, उ त्यो चिज आफै लेराएर अझै म खोजिदिउ भन्दै छे ! उठ्नसम्मको रिस उठ्याथ्यो !
तर केइ नि नभनेर फुत्त उसको हातबाट साँचो खोस्दै भने,
— आफै लुकाउने अनि आफै खोज्दिउ भन्ने !
— ह्वाट ? तिमि यहि खोजिराथेउ अघि देखी? अनि भन्नुपर्थेन त?
अनि हाम्लाई के थाहा, तिमी यहीँ खोज्दै छौ भनेर !
— ल जाउ अब, मैले भने ?
— कहाँ?
— मेरो गाउँ !
— किन?
— बुहारी बन्न !
— कस्को?
— तिम्रो सासुससुराको !
— के भन्चौ ? कसको बुहारी, को सासुससुरा ?
— मेरो ममिड्याडिको ! भनेर म गललल हासे !

नौटङ्कि ! भनेर उ ठिस्की !
— जाम अब !
— कहाँ जाने हो ? यदि अन्त जाने भए किन यहाँ बोलाय्या क्या मलाई ?
— डेटिङ !
— मेरो घरमा काम छ यार ! म जान पाउन्न !
— के रे ? किन ?
— काम छ !
— मैले पनि केइ नसोधी, उसको ओठ टोक्न खोजे !
उसले हातले छेकि !
— के भो?
— पब्लिकमै ? उ सरारती नजरले हेर्दै भन्दै थि !
— को छ र यहाँ ?
— उ माथी हेर !

धत्ततेरिका, माथी त उसकै सासुससुराको फोटो पो रैछ त, अर्थात मेरो ममिपापा !
मनमनै भने, तपाईहरुको छोरो बिग्रीसक्यो ममिड्याडी !

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

आख्यान कथा राजु झल्लु प्रसाद

यो पनि पढ्नुहोस्...

कथा : स्वच्छन्द

कथा: प्रेमको घोषणापत्र

कथा: निर्मलाहरू

लघुकथा: प्रतिप्रश्न

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

छोटा कथा: गणतन्त्रको उपहार

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.