चुडाप्रसाद गौतम गाउँकै सरकारी स्कुलमा पढाउँथे । उनी गाउँलेका लागि आँखामा राखे पनि
नबिझाउने थिए । विद्यार्थीहरुलाई पनि असाध्यै माया गरी पढाउँथे । चुडासरको पढाउने पालो भने पछि विद्यार्थीहरु असाध्यै रमाउँथे । चुडासर स्कुल नआएको दिन विद्यार्थीहरु नरमाइलो मान्दथे ।
चुडा सर भित्रभित्र राजनैतिक संगठनमा पनि आवद्ध थिए । देशमा राजनैतिक परिवर्तनको लागि आन्दोलन शुरु भयो । चुडासर पनि आन्दोलनमा होमिए । अन्तत: जनताको अथाह शक्तिले राजनैतिक परिवर्तन भयो । चुनाब घोषण भयो । संसदीय चुनाबमा उनी पनि सक्रिय भई गाउँ गाउँ घुमेर आफू सम्बद्ध दलका उम्मेदवारलाई मत मागेर जिताए । जितेका व्यक्ति मन्त्री पनि बने ।
त्यसै साल वर्षायाममा भीषण वर्षाले गाउँमा बाढी पहिरो गयो । ठूलो धनजनको क्षति भयो । गाउँलेहरुले चुडा सरलाई भने – हामीले नै जिताएर पठाएका मन्त्रीज्यूसँग सहयोगको लागि अनुरोध गर्नु भने। दुई – चार जना प्रतिनिधि लिएर चुडासर मन्त्री भेटन शहर गए ।
मन्त्री क्वार्टरमा सुरक्षा गार्डसँग मन्त्री भेट्न आएको कुरा सुनाए र नाम टिपाए । मन्त्रीले भित्र पठाईदिनु भने । उनीहरु भित्र गएर मन्त्रीलाई सबै कुरा बताए । मन्त्रीले अबको तीन दिन पछि निरीक्षण गर्न आउने कुरा बताए ।
मन्त्री आउने दिन सबैले हातहातमा फूलको माला लिएर स्वागत गर्न आतुर भई पर्खिएर बसे । मन्त्री हेलिकप्टरमा आए । घरका छाना नै उडाउने गरी हेलिकप्टरले एक फन्को लगाएर गयो । गाउँलेहरुका हातका माला हात हातमै थिए ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।