मेरा पनि अरुका जस्तै
कयौं सपनाहरु छन्…
मलाई पनि चरीले झै
दुई पंख फिजाई आकाशमा उड्न मन छ…
रहर अनि सपनाको एउटै डोरीमा
बाध्यताको गाठो पऱ्यो ……
धेरै कोसिस गरे त्यो गाठो फुकाउन
तर, डोरी नै चुँडिने होकि
मनमा पहिरो गयो……
रहरका बाटाहरुलाई बन्द गर्दै
सपनाको सहर तिर पाइला रोकि
अगाडी बढ्दै छु बाध्यताको भारी बोकि…
मेरो आँखाले सोध्ने गर्छ’
तँ के हेर्दै छस् ?
…..अनि, एकछिन रोकिदै
भन्ने गर्छु
मेरो रहर र सपना मरेको हेरिस् तैंले
अब बाध्यताको बोझ बोक्दै छु, हेर्ने गर्
भगवान छन् होला ! तर कहाँ छन् ?
अनि फेरि, म आँखालाई प्रश्न गर्छु
तैंले भगवानलाई देखिस् …?
यदि, भगवानलाई देखिस् भने
भन्दे उस्लाई
दुई पंख फिजाई आकाशमा उड्न दे…
मलाई पनि स्वतन्त्र भै हिड्न दे…
चम्किला ति ताराहरु चुम्न दे…
मलाई पनि आकाशमा उड्न दे…।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।