Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२

निर्बन्ध प्रेम!

असार १४, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » जूनको जात्रामा अम्बिका धिताल

जूनको जात्रामा अम्बिका धिताल

पुस्तक चर्चा - समीक्षा
कुमार काफ्लेकुमार काफ्लेमंसिर १२, २०८१898 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

विषयप्रवेश
काभ्रेपलाञ्चोक स्थायी ठेगाना भएकी र हाल कमलविनायक भक्तपुरमा बसोबास गर्ने स्रष्टा अम्बिका धिताल पेसाले शिक्षक हुन् । धितालको यसअघि बाछिटासङ्ग्रह ‘अक्षय’ (२०७८) प्रकाशित भइसकेको छ । पी.पी. प्रसाईं फाउन्डेसनबाट उत्कृष्ट शिक्षकको रूपमा सम्मानित स्रष्टा अम्बिका धिताल शब्दयात्रा नारी स्रष्टा समाज बनेपा लगायतका संस्थाहरूमा आबद्ध छिन् ।
उनको लघुकथासङ्ग्रह ‘जूनको जात्रा’ सिर्जना अभियान समाज भक्तपुरको एक साहित्यिक कार्यक्रममा प्राप्त भयो । पहाडकी रानी इलाममा बसेर ‘जूनको जात्रा’ पढ्दा अम्बिका धितालको साहित्यिक व्यक्तित्व र कृतिबारे बुझ्ने मौका मिल्यो ।
हुन त मानव जीवन बुझेर बुझिसकिन्न । मानिस आफ्नै वलबुतामा शक्ति, सामर्थ्य र प्रतिभाका कारण आफ्नो जिन्दगीमा केही मौलिक र नवीनता ल्याउन समर्थ भएको सम्झेर केही समय सन्तुष्ट हुन्छ । र, फेरि नयाँ सिर्जना र खोजीमा लागिहाल्छ । यही कारण यो धरतीमा आत्माको आकाशबाट हाम फालेदेखि मान्छे यताउता भौतारिरहन्छ ।
नेपालीमा स्नात्तकोत्तर गरेकी अम्बिका धितालले ‘नेपाली व्याकरण रचना, बोध र अभिव्यक्ति’(२०७४), ‘लघुकथाको सुगन्ध (१२ फूल १०८ सुगन्ध)’ (२०७९), ‘इन्द्रेणी’ बाछिटासङ्ग्रह २०७८, ‘त्रिरत्न’ बाछिटासङ्ग्रह २०७७ लगायतका पुस्तक सहलेखन गरेकी छिन् । सामाजिक सञ्जाल र पत्रपत्रिकामा उनका लघुकथाहरू प्रकाशित भइरहन्छन् । उनै स्रष्टा अम्बिका धितालको लघुकथाकारिताबारे केही लेख्ने जमर्को गरेको छु ।

‘जूनको जात्रा’ नियाल्दा
सुन्दर आवरण/सज्जा र शीर्षक अनुसारका सामान्य स्केचले ‘जूनको जात्रा’ लघुकथासङ्ग्रह निकै आकर्षक देखिन्छ ।
व्यस्तताका बाबजुद छोटो समयमा पढ्न सकिने र आख्यानको भरपुर स्वाद प्राप्त हुने भएकोले लघुकथाको लोकप्रियता दिनानुदिन बढ्दै गइरहेको छ । सङ्ग्रहको पहिलो लघुकथा ‘नाटक’ मा जहाँ खेतीयोग्य जग्गा छैन त्यहाँ रोपाइँ जात्राको नाटक गरिन्छ । असार १५ (धान दिवस) को परिवेशमा रचित यो लघुकथाले देखावटीपनको धज्जी उडाएको छ । भ्रष्टाचारको मुद्दामा जेल परेको व्यक्ति भोलिपल्टै खुलेआम बाहिर हिँड्न थालेको परिवेशमा बेथितिप्रति प्रहार छ ‘बिर्को’ शीर्षकको कथामा । शिक्षामा मौलाएको व्यापार, अनावश्यक रहरले समस्याग्रत परिवार र जिन्दगीतर्फ सङ्केत गरेको छ ‘व्यापार’, ‘हतार’ र ‘रहर’ शीर्षकमा रचिएका लघुकथामा ।
विषयगत विविधता र सामाजिक विकृति, विसङ्गतिप्रति शालीन प्रहार उनको लेखनको विशिष्टता हो । साहित्यमा काव्य हेतुको महत्त्व निकै हुन्छ । यसले काव्य निर्माणको प्रेरक तत्त्वलाई बुझाउँछ (पूर्वीय साहित्यशास्त्रमा काव्य शब्दको प्रयोग साहित्यको पर्यायवाचीका रूपमा लिइएको छ) । साहित्य सिर्जनाका प्रमुख कारक तत्त्व प्रतिभा, व्युत्पत्ति र अभ्यासलाई लिइएको पाइन्छ । सर्जक अम्बिका धिताललाई प्रतिभा, व्युत्पत्ति र अभ्यास तीनवटै तत्त्वले साथ दिएको देखिन्छ । शिक्षण कर्ममा निरन्तर नवीन विषयवस्तु, व्यक्ति, चुनौती र अवसरसँग साक्षात्कार गर्नुपर्ने भएकाले उनको रचनामा विविधता पाइन्छ । तथापि पेसाले शिक्षक भएर हुनसक्छ शिक्षा, शिक्षक र विद्यार्थीलाई समेटेर निकै लघुकथा रचिएका देखिन्छन् ।
खराब राजनीति र त्यसले पारेको नकारात्मक प्रभावलाई विषय बनाएर लेखिएका लघुकथा हुन्, ‘तितो यथार्थ’, ‘घोषणापत्र’, ‘अर्को गाईजात्रा’, ‘टिकट’ र ‘हेराइ’ । राजनीतिको कुनै विचारविशेष वा दलविशेषको पक्षपोषक नभइ वर्तमान राजनीतिक विकृति र विसङ्गतिप्रति व्यङ्ग्य प्रहार गर्न माहिर छिन् अम्बिका धिताल ।
बाल मनोविज्ञान र दमित इच्छा, चाहना उजागर गर्ने हिसाबले पनि निकैवटा लघुकथा सिर्जना गरेको भेटिन्छ । ‘किन?’, ‘जन्मोपहार’, ‘रहस्योद्घाटन’, ‘असर’ र ‘खुशी’ लगायतका कथा यस्तै बालमनोविज्ञानमा आधारित छन् । आमाको तस्बिर बनाउन लगाउँदा मिसको तस्बिर बनाएको मार्मिक कथाले मातृत्वको अभाव, प्रभाव र शक्ति देखाएको छ ‘आमाको तस्बिर’। आशामाथि कुठाराघात, पालिका प्रमुखको भ्रष्टाचार जस्ता जल्दाबल्दा, स्थानीय स्तरका समस्याहरूलाई सुक्ष्म तरिकाले प्रस्तुत गरिएको छ ‘आशा’ मा ।
‘हत्या’ शीर्षकको लघुकथामा पाठक अलमलिएर अपाङ्ग सोचलाई द्वैध अर्थ लगाउन सक्छन् । अपाङ्ग सोच हुनु भनेको नराम्रो हो तथापि अपाङ्ग हुनु पनि नराम्रै हो भन्ने हुँदैन । लगत्तै ‘सफलता’ मा अपाङ्ग छोरीले आयोग पास गरेर सफलता पाएको देखिन्छ । उनका लघुकथामा ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’, ‘नेपालको कानून दैवले जानून्’ जस्ता उखानको प्रयोग गरिएको छ भने अधिकांश पात्रहरू सचेत र विद्रोही स्वभावका छन् ।
परिश्रम बिनाको सफलता दिगो नहुने कुरा एक स्वनामधन्य साहित्यकारलाई प्रहार गर्दै प्रस्तुत गरिएको छ ‘तुक’ शीर्षकको लघुकथामा । संस्कार र संस्कृतिलाई मुख्य विषयवस्तु बनाएर लेखिएका लघुकथा हुन्, ‘भाइटीका’ र ‘साक्षात लक्ष्मी’ । संस्कार र संस्कृति हाम्रा अमूल्य निधि हुन् । यिनलाई जोगाउँदै समृद्धिको मार्गमा अग्रसर हुन उत्प्रेरित गर्छन् उनका लघुकथाले । सन्तानले निरन्तर वेवास्ता गरेपछि आमा स्वयंले वृद्धाश्रम जाने चाहना राख्नुले अहिलेको व्यस्त समयमा सन्तानले आफ्ना आमाबालाई उचित व्यवहार र समय दिन नसकेको सत्य कुरालाई हृदयङ्गम गर्न झक्झक्याएको छ । साहित्य सिर्जनाको मुख्य उद्देश्य कल्याणाभिमुखी हुनुपर्छ । धर्म, अर्थ, काम र मोक्षजस्ता चतुर्वर्ग फल प्राप्ति नै काव्यप्रयोजन हो । तसर्थ काव्यप्रयोजनका दृष्टिमा समेत उनका लघुकथा अब्बल रहेका छन् ।

उपसंहार
आख्यान विधाको कान्छो प्रविधाको रुपमा विकसित भएको लघुकथाले पछिल्लो समयमा निकै व्यापकता पाएको छ । अहिले लघुकथा लेखन तथा प्रकाशन गर्ने सर्जकहरूको बाक्लो उपस्थिति छ । साहित्य सिर्जना र पठनको सम्बन्ध जीवन्त हुँदोरहेछ । सिर्जना बासी नहुनु, नित्यनूतन बनिरहनु लेखनको जीवन्तता रहेछ । यही मेसोमा मैले ‘जूनको जात्रा’ अद्योपान्त पढें, त्यसभित्रका संवेदनाले पाठकको हृदय स्पर्श गर्छ । लघुकथाको संरचनागत विशेषता र विवशता दुवैलाई कुशलतापूर्वक निर्वाह गर्दै लघुकथालाई प्रभावकारी ढङ्गले प्रस्तुत गर्न सक्षम छिन् अम्बिका धिताल । आख्यानको सानो प्राङ्गणमा वृहत मानवीय आकाङ्क्षा र तिनको क्षयीकरण, विघटन र मानवीय सम्बन्धमा आइपरेका तिक्तता र भिन्नताहरूलाई उजागर गर्न सफल छन् उनका कथा । वर्णनको बोझभन्दा संवादको सटीक प्रयोगले कथ्यलाई जीवन्तता प्रदान गर्दै धितालले नेपाली लघुकथा साहित्यमा दरिलो पाइला टेकेकी छिन् ।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

अम्बिका धिताल कुमार काफ्ले जूनको जात्रा पुस्तक समीक्षा

यो पनि पढ्नुहोस्...

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

‘घुरको धुवाँ’ कृति : पठनानुभूति – हरिश कल्पित

फिर्दोसको साँचो : नवीन स्वादको पठनीय कथाकृति – सीता अधिकारी थापा

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

‶गरुराहाʺ उपन्यासमा एक दृष्टि – देवेन्द्र मिश्र

पुण्य कार्कीको ‘अरस्तुको अन्धविश्वास’ निबन्धको शल्यक्रिया

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा : स्वच्छन्द

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

भर्खरै

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२

निर्बन्ध प्रेम!

असार १४, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.