पाउन सकिन
तिमीलाई भनी गुनासो र दाबी छैन्,
बन्द छ मेरो यो मन
तिमी बाहेक खोल्ने दोश्रो चाबी छैन
कुनै पल छैन त्यस्तो
तिमीलाई याद नगरेको
तर एकदिन
अवश्य म तिम्लाई याद गर्न छोड्ने छु
त्यो दिन बुझ्नु
अब यो दुनियामा म बाँकी छैन।
अनि फेरि मेरो याद मात्र हुनेछ,
म हुने छैन
म जान्छु है ? “भनी सोध्दा,
तिम्रो ल हुने छैन।
भेटिने छन्,
तमाम माया गर्ने मान्छे तिमीलाई
मैले भन्दा धेरै चाहने
लगभग म जस्तै पनि,
तर अफसोस त्यो म हुने छैन।
नदी बगाउँथे म,
दुःख कम हुने भए आँसु गनेर
झुटो मुस्कान सजाउँथे होला
ओँठमा हाँसो भरेर
म रोएको देख्दा
पागल भइस ? भनी सोध्छौ तिमी,
पागल त म तिमीसँग हुँदा पनि थिएँ
कसले भन्दियोस् अब
तिमीबिना म जिउँदो लास हुँ भनेर।
भाग्यको पानामाथि
रगतको मसीले मृत्यु लेख्न मन छ।
भोलि बिहान उठ्ने बित्तिकै
यी आँखालाई नर्क देख्न मन छ।
हिजो आमाको काखमा,
उफ्रने यी मेरा कोमल पैतालाहरुलाई
किन किन आज काँडै काँडा बिच्छ्याइएको
एउटा मार्ग टेक्न मन छ।
– सुनिल जैसी ‘रुद्र’
गुल्मी


