पाउन सकिन
तिमीलाई भनी गुनासो र दाबी छैन्,
बन्द छ मेरो यो मन
तिमी बाहेक खोल्ने दोश्रो चाबी छैन
कुनै पल छैन त्यस्तो
तिमीलाई याद नगरेको
तर एकदिन
अवश्य म तिम्लाई याद गर्न छोड्ने छु
त्यो दिन बुझ्नु
अब यो दुनियामा म बाँकी छैन।
अनि फेरि मेरो याद मात्र हुनेछ,
म हुने छैन
म जान्छु है ? “भनी सोध्दा,
तिम्रो ल हुने छैन।
भेटिने छन्,
तमाम माया गर्ने मान्छे तिमीलाई
मैले भन्दा धेरै चाहने
लगभग म जस्तै पनि,
तर अफसोस त्यो म हुने छैन।
नदी बगाउँथे म,
दुःख कम हुने भए आँसु गनेर
झुटो मुस्कान सजाउँथे होला
ओँठमा हाँसो भरेर
म रोएको देख्दा
पागल भइस ? भनी सोध्छौ तिमी,
पागल त म तिमीसँग हुँदा पनि थिएँ
कसले भन्दियोस् अब
तिमीबिना म जिउँदो लास हुँ भनेर।
भाग्यको पानामाथि
रगतको मसीले मृत्यु लेख्न मन छ।
भोलि बिहान उठ्ने बित्तिकै
यी आँखालाई नर्क देख्न मन छ।
हिजो आमाको काखमा,
उफ्रने यी मेरा कोमल पैतालाहरुलाई
किन किन आज काँडै काँडा बिच्छ्याइएको
एउटा मार्ग टेक्न मन छ।
– सुनिल जैसी ‘रुद्र’
गुल्मी
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।