Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » कथा: सेलाएका रहरहरू

कथा: सेलाएका रहरहरू

आख्यान - कथा
तारा के. सीतारा के. सीमंसिर १७, २०८१503 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

~ नयाँ बसपार्क !
~ नयाँ बसपार्क!
भन्दै गाडीकाे सहचालक भाइ कराएपछि मेराे निद्रा खुल्याे ।

राजधानीकाे व्यस्त शहर नयाँ बसपार्क काठमाडौं । कैयौँ मानिसहरू बिहानीकाे मधुर घामजस्तै सुन्दर सपना बाेकेर यहाँ भित्रिने गर्छन्। कैयौँ मानिस सपना मारेर काठमाडौंबाट बाहिरिन्छन्। कैयौँ भेटिन्छन् हातमा नाम्लाे बाेकेर कामकाे खाेजिमा काम कुरिरहेका मजदुरहरू। यतै भेटिन्छन् घर छाेडेर हतारिदै विमानस्थलतिर दाैडिरहेका युवाहरू।

नाका नाकाबाट जनलहर उर्लिएपछि काठमाडौं कुर्लिन्छ। शासककाे कुर्सी हल्लिन्छ।सत्ता फेरिन्छ। शासक फेरिन्छ तर याे नयाँ बसपार्कमा पुरानै व्यथा लिएर आउने नयाँ अनुहारहरू मात्र फेरिरहन्छ।

बिदाकाे दिन, घरमा छु यतिबेला । झ्यालबाट देख्छु बाटाेमा चम्पा र चमेली आउँदै गरेका, बिहानकाे व्यापार सकेर। थर्मसभरि चिया बाेकेर ३ बजे नै उनीहरू बसपार्क पुग्छन्। ६ बजे चिया बेचेर फर्किन्छन्। यिनको आफ्नै दैनिकी छ। आफ्नै कथा छ।

चम्पाकाे बुढाे जन आन्दाेलनमा घाइते भएर भाँचिएको करंङ्ग र खुस्किएकाे घुडाे बाेकेर बैसाखीमा रूपान्तरित भएकाे छ। दुइटा छाेराछाेरी र अपांग लाेग्नेकाे जिम्मेवार चम्पाले उठाएकी छ। बिहान बसपार्कमा चिया बेचेर।

दिउँसो अर्काकाे घरमा घरकाे काम सघाएर। कहिले कसाे गाह्रो अप्ठ्यारोमा मलाई पनि काम सघाउछे चम्पा। त्यस वापत मैले उसकाे काेठाकाे भाडा मिनाहा गरिदिएकाे छु।

अर्काे पात्र छ चमेली। साेह्र सत्र बर्षकी। गाउँमा पढ्दा पढ्दै अन्तरजातीय केटासँग प्रेम बसेकाे र विवाह अघि आएकाे गर्भले विछिप्त बनेर रमेशसँग गाउँ छाेडेर काठमाडौं भागेकी। जातकाे कारणले कतै काेठा नपाएपछि मेराे घरमा आएका थिए उनिहरू ।

रगत सबैकाे राताे हाे मान्छेकाे दु: खमा मान्छे काम नलागे अरू काे काम लाग्छ यस्तै साेचेर काेठा दिएकाे मैले।

रमेश बिष्णुमतिमा बालुवा झिक्ने काम गर्दाे रहेछ। दिउँसाे अनि राति पनि ऊ खाेलातिरै काममा व्यस्त हुन्थ्यो । कहिलेकाहीँ पुलिसले समातेर लान्थ्याे अनि ठेकेदारले पुलिससँग दाम चढाएपछि छुटेर ऊ घर फर्किन्थ्याे । महिनामा कति कमाउँदा हाेलान् ?

त्यसमा पनि जाेगाएर राखेकाे पैसा मलाई राख्न दिन्छन् उनीहरू। मैले त्याे पैसा चमेलीकाे नाममा सहकारीमा जम्मा गरिदिएकि छु। एक किसिमकाे गहिराे माया छ त्याे परिवारसँग। भावनाकाे नाता पनि यति गहिराई सम्म पुग्दाे रहेछ, छुट्टिँदा दुख्ने, भेटिँदा मन खुसी खुसी हुने। घरबेटी र भाडावालाकाे याे कस्ताे आत्मिय नाता?

काेठा अगाडिकाे बरण्डामा प्रायः जस्ताे परेवाहरू चर्न आइपुग्छन्। आज पनि एकहुल परेवाहरू बरण्डाभरि छरिए अनि चाराे टिपेर उडी गए। बाहिर जाडाे अचम्मैसित बडेकाे छ याे बर्ष । हुस्सु डम्म लागेकाे छ। जाडाेमा पटक्कै उठ्न मन छैन। सिरकभित्र घुर्सिएकाे छु।

इशाले फाेन गरि अमेरिकाबाट फाेन उठाएँ।
उसलाई मेराे जन्मदिनकाे हेक्का छ । त्यसैले बिहानै फाेन गरेर शुभकामना दिएकि।

“मेरी बहिनी तँलाई कस्ताे छ?”

अनायासै फुस्कियो मेराे मुखबाट।
मेराे रून्चे स्वर सुन्ने बितिकै ऊ पनि फाेनमा राेई। ऊ राेएपछि म सम्हालिँदै आँसु पुछे र उसलाई सम्झाएँ । हामी दिदी बहिनी धेरैबेर फाेनमा राेयाैं। गला अवरोध भएपछि उसैले उताबाट फाेन काटी।

आज साह्रै आमाकाे सम्झना आयाे। काेठाकाे भित्तामा टाँगिएकाे आमाकाे तस्विरमा आँखा पुगे। जन्मदिनकाे दिन आमाले मन्दिरमा लगेकाे, मिठाई किनिदिएकाे, अनि साथीहरूलाई स्कुलमा चक्लेट बाँडेकाे, आमाले किनिदिएकाे नयाँ मिडी लाएर फुरूङ्ग हुँदै नाचेकाे सम्झना हुलका हुल आयाे मन बिथाेल्ने गरि। मन भारी भएर दुख्याे, आमा सम्झिएर।

“यहि शरद ऋतु हाे, तिमी जन्मिएकि । बारीभरि सयपत्री मखमली फुलेकाे थियाे। फूलकाे माैसममा फूल जस्तै सुन्दर छाेरी जन्मिएकाेमा म साह्रै खुसी भएकाे थिएँ। तिम्राे बा पनि खुसीले दङ्ग हुनुहुन्थ्यो । हामी त खुसी थियौँ नै तर घरमा तिम्रा हजुरबा, हजूरआमा भने खुसी हुनु भएन। उहाँहरूलाई छाेरी हाेइन छाेरा चाहिएकाे थियाे। उहाँहरू खुसी नभए पनि हामी त खुसी थियौँ। छाेरा भन्दा कुनै कुरामा कमी हुनु हुँदैन मेरी छाेरी!” भनेर मलाई फुर्काउनु हुन्थ्याे आमाले।

आमाकाे सम्झनामा बतासिँदै बतासिँदै धेरै पर पुगे म। बीस बर्ष पहिले आमा बितेका ती घटनाहरू आँखाभरि आए । आमा बित्दा म भर्खर सत्र बर्षकाे थिएँ। बहिनी मात्र दस बर्षकाे। यहि शरद ऋतु हाे आमा बितेकाे पनि।

दशैंको बेला सबैकाे घरमा रमाइलो थियाे। खुसीयाली थियाे। घर आँगनभरि सयपत्री फूल ढकमक्क फुलेकाे थियाे। त्यही बेला दैवकाे लाठी हामीमाथि बर्सियाे। फूलपातीकाे दिन घरमा फूलपाती भित्राउने तयारी हुदाँहुदै आमा एक्कासी लड्नु भयाे र बेहाेस हुनु भयाे। हामी दिदी बहिनी आमालाई समातेर रोयौँ करायौँ। बाबा घरमा हुनुहुदैन्थ्याे। बहिनीले काकालाई बाेलाई । उहाँ ढिलागरि आउनु भयाे। मान्छे बाेलाउदै बाेलाउदै आमाले प्राण छाडिसक्नु भएछ घरमै। हस्पिटल पुऱ्याउँदा उहाँकाे शरीर लास बनी सकेकाे कुरा डाक्टरले सुनाए।
यदि छिटाे हस्पिटल पुऱ्याउन सकेकाे भए, आमा बाँच्नुहुन्थ्याे कि भन्ने कुरा मनमा आज पनि खड्किरह्यो ।
आमाबिनाको मेराे जन्मदिनकाे कुनै महत्व छैन। म जाँताे जस्तै बाेझिलाे बनेर हरेक साल आफ्नाे उमेर पिनिरहेकाे हुन्छु, फगत फगत।

हजुर बाकाे पालामा ढुङ्गा माटाेले बनेकाे कच्ची घर देख्दा आकर्षित थियाे। त्याे हाम्राे पुर्खाैली घर, ठूलाे आँगन, आँगनकाे डिलभरि बिभिन्न थरिका फूलका बाेटहरू, घर अगाडि सानाे फलफूलकाे बगैंचा, पुर्वकाे पारिलाे घाँम लाग्ने पुर्व माेडामा फर्किएकाे त्याे घर पछि अंशबण्डा हुदाँ बाकाे भागमा परेकाे थियाे।

आमाकाे मुत्युपछि त्याे प्रिय घरमा बस्न पटक्कै मन लागेन। त्यहाँका हरेक बस्तुमा आमाकाे अनुहार आउने गर्थ्याे। आमाले सारेका धुपीका बाेटहरू, गुलाफका बाेटहरू, चमेलीका फूलहरू फुल्दा आमाकाे यादमा फूलका बाेटहरू समातेर रून्थ्यौँ हामी। याे हाम्राे पागलपन थियाे। हरेक चिजमा आमाकाे सम्झना खोज्ने। आमाले प्रयाेग गर्ने सामान, आमा सुत्ने काेठामा आमाकाे कपडा जस्ताकाे तस्तै थियाे।

आमाले दिनदिनै ओैषधी प्रयाेग गर्नुहुन्थ्याे तर उहाँलाई के भएकाे हाे थाहाँ थिएन । पछि बाबाले भन्दा थाहाँ भयाे उहाँ मुटु राेगी हुनुहुँदो रहेछ। यी सबैकुरा हामीलाई किन लुकाउनु भयाे आमाले ?

आमालाई मृत्युकाे पुर्व आभास भयाे कि क्या हाे। एकदिन उहाँ मेराे काेठामा पस्नु भयाे । त्यसदिन उहाँलाई अलि उदास देखे मैले र साेधेकाे थिएँ।

“आमा! हजुरलाई के भयाे? टाउकाे दुख्याे हाे? म टाउकाेमा मालिस गरिदिउँ?”

उहाँले अलि रिसाएझै भन्नुभयाे ;

“पर्दैन …
पर्दैन भाे …!
मेराे के काे चिन्ता तिमीहरूलाई?”

त्यसदिन मलाई अचम्म लाग्याे। कहिले नरिसाउने मेरी आमा। त्याे दिन किन रिसाउनु भयाे ? साेचे… बाबासँग झगडा परेर पाे हाे कि? यस्तै ठानेर म चुप बसे। एकछिन पछि आमाले माैनता भङ्ग गर्दै भन्नुभयाे;
“मनिषा! राम्राेसँग पढ्नु। बहिनीलाई पनि पढाउनु। झगडा कहिले नगर्नु। घरकाे जेठी छाेरी तिमी। तिम्ले सबै व्यवहार मिलाउनु पर्छ बुझ्याै। बहिनी अलि भनेकाे मान्दिन सम्झाउनु।”

किन त्यसाे भन्नुभयाे आमाले मैले सम्झनै सकिन त्याे पल । गएका दिनहरूले जीवनलाई बाेझिलाे र रापिलाे पारेर गएकाछन् , धेर‌ै दुखाएकाछन्।

धुपीकाे बाेटमा बिहानै चरा आएर कराउँदा आमा आएर बाेले जस्ताे लाग्ने र हर चिजमा आमाकाे छाँया देख्न थालेपछि आमाकाे याद भुलाउन हामीले त्याे घर बेचेर हिड्यौँ।

त्याे घरकाे रकमले पछि इशालाई डाक्टर पढाउनमा काम लाग्याे। आज इशा अमेरिकामा डाक्टर भएर उतै काम गर्छे। डाक्टरसँगै विवाह गरेकी छ। सुखी छे। खुसी छे। म आज इशालाई बेस्सरी सम्झिरहेकी छु।

नागर्जुन डाँडामाथि घाँम अस्ताउने सुरसार गर्दै थियाे समय गएकाे पनि मलाई पत्ताे भएन। फेरि इशाले फाेनगरि अमेरिकाबाट।

“दिदी! तपाईंकोलागि हामीले राम्राे मान्छे खाेजेका छाै। बिहे गर्नुस् ।”

इशाकाे कुरा नसकिँदै त्यही माेबाइलबाट ज्वाइँ बाेल्नुभयाे;

“दिज्यु! कसैलाई कसैकाे वास्ता नहुने । कसैले कसैलाई नचिन्ने साँघुराे गल्ली र गल्छेडा हुँदै कहिले भिडमा कहिले एक्लै ठोक्किदै हिड्नुभयाे। याे पचासौं बर्षमा उक्लिँदै गर्दा एउटा उपहार दिदै छौँ। नाइँ नभन्नु है।”

काेठामा छु। ऐना अगाडि ढिङ्ग उभिन मन लाग्छ। कपालका केशहरू फुलेका, निधारमा प्रष्ट देखिएकाे चाउरीपन। ऐनाले सक्कली छाँया देखाइदियाे। याे उमेरसम्म आइपुग्दा कुनै दिन साेचेपनि हुँला। कसैकाे घर बसेकाे देखेर, कसैले माया बाँडेकाे देखेर मेरा पनि भईदिएका भए बा…..आमा। मेराे पनि घरजम हुने थियाे। काेखभरिने थियाे। रूने हँसाउने आफ्ना हुनेथिए।

मनले साेध्याे समयलाई; लालुपाते लाल बनेर फुल्याे। बेली, चमेली फुले अनि झरे। फेरि फुले अनि फेरि पनि झरे। आँगनीकाे पारिजात रातभरि फुल्याे र उषासँगै झर्याे। याे मन कुन बेला फुल्याे अनि झर्याे थाहाँ नै भएन ।

म यथार्थकाे धरातलमा आज एक्लाे थिएँ। इशाले एउटा फाेटाे पठाई म्यासेञ्जरमा। त्याे फाेटाेले मलाई झस्कायाे। मैले फेसबुक आइडी सर्च गरेर हेरे । ऊ हरियाे थाेप्लाेमा देखा पर्याे।
मैले इशालाई म्यासेज गरे।

“तैले कसरी चिनिस् उसलाई इशा?”
उसले सबै कुरा बताई फाेनमा।

ऊ भलाद्मी थियाे। उसका तार्किक कुराहरू मन पर्थ्याे मलाई। मिठाे बाेल्ने कला। सहयाेगी बानी उसलाई चिनाउने सुगन्धहरू थिए। हामी नजिक भयौँ। उसले बिहे गरेर अमेरिका जाने कुरा गर्याे। मैले उसकाे प्रस्ताव इन्कार गरे। बहिनीकाे भबिष्य र जिम्मेवार थियाे मेराे काँधमा। त्यसपछि सम्पर्क विहिन बनेकाे ऊ। आज इशासँग कसरी भेटिन आइपुग्याे ?

“समयकाे रफ्तारमा म धेरै पर पुगिसकेकी छु मेरी बहिनी! अब त रहरहरू पनि सेलाई सकेका छन्। हुन्छ…… हुन्न …. म के जवाफ दिऊ ? तेराे सफलतामा खुसी भएर बाआमाकाे यादमा समाजसेवा गरेर बाँकी जीवन कटाउन चहान्छु।”
उसलाई आफ्नाे निर्णय म्यासेज गरे
ऊ अफलाइनमा थिई।

– तारा के.सी
काभ्रे पनाैती

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा तारा के. सी

यो पनि पढ्नुहोस्...

कथा : स्वच्छन्द

कथा: प्रेमको घोषणापत्र

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.