किन होला आज
यो मुटुलाई पीडा पो भएछ
आँखाको नानीमा राखेको माया
अर्कैको रहेछ।
सम्झेँ थे
उसैलाई जिन्दगी आफ्नो
तर भ्रम पो! भएछ
आँखाको नानीमा राखेको माया
अर्कैको रहेछ
सम्झना पनि किन होला
आज बिरानो भएछ
आँखाको नानीमा राखेको माया
अर्कैको रहेछ
सारा खुसी र चाहना मेरो
उसैसँग गएछ
आँखाको नानीमा राखेको माया
अर्कैको रहेछ
त्यसैले होला आज
यो मुटुलाई पीडा पो! भएछ
आँखाको नानीमा राखेको माया
अर्कैको रहेछ
✍️शशीश्री आचार्य
बौद्ध कुमारीगाल, काठमाडौं


