विवश जिन्दगीको जिउने अधिकार
खोज्दै हिँडेको समय
बन्दुकको नाल र एम्बुसको पासोबाट
मुक्तिको कामना गरिरहेछ ।
संवेदना हराएको मस्तिक झैँ निर्जीव
लमतन्न सडकमा आफू समय हुनुमा दुखिरहेछ
खै ! कसलाई थाहाँ छ
आँसुको भेललाई रोकेर उसले
हर्षो उन्माद फैलाईरहेको फगत मृगतृष्णाको भूमरीमा
अल्झि रहेछ समय !
आफूले आफ्नै इच्छा आकांक्षालाई तरवारको धारमा
राखेर उन्मुक्त भएकाछन् समयहरु !
बुद्ध पनि अब त समयको अगाडी विवश भैं
निर्लिप्त भावमा चुपचाप हेरिरहेछन्
सोच्दै होलान
मेरो शान्तिको सन्देशलाई
कति कठोर संग छलिरहेको छ समय
अझ ! अब कति
बीभत्स नृत्य गर्ने हो समयले ?
भो ! पुग्यो अब शान्तिको बर्षा चाहिन्छ !
टाढा टाढा क्षितिजसम्म
जीवनको शंखनाद चाहिन्छ
शान्तिको परेवा उड्नु पर्छ अब !
विश्वासको दियो बल्नु पर्छ
हृदयमा अब !
✍️हरिश कल्पित
काठमाडौं
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।