आखिर कसरी
मेरो मनमा हरपल उत्तिकै
प्रेम जगाउनुहुन्छ फेरि ।
हजुरले सधैं गुलाबी
कुर्था जो लगाउनुहुन्छ फेरि ।
रिस उठाउनुहुन्छ कहिलेकाहीँ
नचाहेर पनि आफैं फकाउनुहुन्छ फेरि
बाध्य हुन्छ मेरो आँखा पनि
आँखामा गाजल जो लगाउनुहुन्छ फेरि ।
मेरो नजर नै हट्न सक्दैन
त्यो फराकिलो निधारबाट
जहाँ, नजर नलागोस् भनेर
हजुरले कालो टिकी लगाउनुहुन्छ फेरि ।
फरक फरक रंगको लाली
लगाउनुहुन्छ दिनहुँ,
जसले मेरो उजाड दिनमा
पनि यसरी रंग भरिदिन्छ फेरि ।
✍️सुनिल जैसी ‘रूद्र’,
गुल्मी


