मेरो देश
र मेरो देशमा रहेका दुईवटा रेखाहरु
एउटा मैले चाहेर पनि पार गर्न सकेको छैन ।
र अर्को…
मैले बाध्यताले पार गर्नुपरेको छ ।
मैले चाहेर पनि पार गर्न नसकेको यो गरिबीको रेखा
खै कसरी फड्को मारु सोच्ने फुर्सदै मिलेन
परिवार छोराछोरीको साँझ-बिहानी छाक सोच्दा सोच्दै
अनि…
देशको नाममा कोरिएको रेखा नाघ्न बाध्य हुन्छु ।
स-साना छोराछोरी सकेको जिम्मेवारी सम्हालिरहेछ घरमा
भोग्न नपाई सकिरहेछ उनीहरूको बालापन
गाउँका मुखियाका छोरा
चुनावपछि सहर पसेर फर्किएका छैनन् ।
खबर पठाएको थियो रे।
मान्छे भर्ती गर्न खातिर गुन्जी रहेछ संसद
गाउँको दुःख बोकेको मेरो बोली गुञ्जाहाट मै हरायो ।
उनी सहरमै हराए ।
मैले पार गर्न चाहेको रेखा झन् विशाल बनिरहेछ ।
बाध्यताले पार गर्नुपर्ने रेखाले दूरी छोट्याइ रहेछ ।
✍️नविन श्रेष्ठ
खोटाङ, बराहपोखरी
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।