एउटा सपना देखेको थिएँ
जहाँ – पुरा गाउँ अटेको थियो
जहाँ – गाउँलेहरुको सम्भावना अटेका थिए
जहाँ – सपना र महत्त्वाकाङ्क्षा समानान्तर हुन्थें
जहाँ – सपना देख्ने आँखाका परेलीहरुमा
गाउँका सारा मैलोहरु छानिएका हुन्थें
तिनै आँखाका नानीहरुमा
गतिमान भइ कुदिरहेका हुन्थें
विकासका क्रमिक सपनाहरू
जहाँ – तिमी र म भन्दा माथि -हामी हुन्थ्यौँ
हामी भन्दा अझै माथि -हाम्रो समुदाय हुन्थ्यो
धर्म भन्दा ठूलो -दया र करुणा हुन्थ्यो
जात भन्दा माथि -कर्म र श्रम हुन्थ्यो
वर्ग भन्दा बेजोड -व्यवहारिक समानता हुन्थ्यो
वर्ण भन्दा सुन्दर -चरित्रको रङ्ग हुन्थ्यो
मेरो लागि -समाजवाद मात्रै यति थियो
जो देख्थे- म सपनामा
जो चाहान्थे- म विपनामा
जसलाई- निर्माण गर्न
कुनै दिन मैले पनि बन्दुक बोकेको थिएँ
र गरेको थिएँ अर्पण दुवै खुट्टा
पुँजीवादी व्यवस्था विरुद्ध
तर -अहिलेसम्म कसैगरी आएन समाजवाद
बरु भित्रीयो -नवउदारवाद
चर्कियो -दलाल पुँजीवादी व्यवस्था
झन बढ्यो -समाजभित्र वर्गीय युद्ध
होली खेलिरहे मानिसहरु धर्मका रङ्गहरुमा
आजकाल…
गुमेको मेरो खुट्टाको घाउ बाट
मेरो समाजवाद- मलाई नै जिस्कारहन्छ ।।
✍️असल चरित्र
हलेसी तुवाचुङ नगरपालिका – ५ खोटाङ
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।