मेरो कलमको त्यो मसी जस्तै खुसीहरु सकिसके
जलि रहन्थे वेदनामा
आफ्नै खुसियालीको पर्वमा म बलि बने
खुबी छैन नदि तर्ने बगरको चिप्लेटिमा लडिरहे
मेरो चरित्र नै खराब होरे, नबुज्नेले पागल भन्छ
यो जिन्दगीको कठघरामा मन थिएन नी नाटक गर्न
म रोदन टार्न हाँसि राछु बाहिर बाट
तर मेरै अहङ्कारको घमण्डले पोलिराछ आज सम्म
म माफी माग्छु,
हात समाती डाेऱ्याएर मलाई उठाईदेउन दैव
म थोत्रो घरमा झुन्डिएको खोक्रो जाली भाछु
म सँग विकल्प नै छैन,
म रेटिए धारमा,
मेरा मेटिए आस्था,
राप र तापले पोलिए
मैले रोदनलाई पाल्दा,
हाँस्दा आफ्नै बर्बादमा,
मरे म जो थिए
भोक र तिर्खालाई नकारे,
जे फले थियो फोक्दिए
मलाई श्राप लाग्यो होला दैवको त्यसैले घेरिए जोखिमले
चौतर्फी बाधा र अड्चन,
म तड्पन्छु हरपल,
आनन्द हुने रोकिए धड्कन मुटुको
खुसी हुन्छु दिनभर हाँस्दा किनकी रातमा त रुनु थियो
म लडेर उठ्न सिक्छु के मजा र हार संग लुक्नुको
किनकी जीवन भनेकै अनुभव संगै याद बटुल्नु हो
✍️राजिप कवि कार्की
छथर शुक्रबारे तेह्रथुम
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।