मेरो कलमको त्यो मसी जस्तै खुसीहरु सकिसके
जलि रहन्थे वेदनामा
आफ्नै खुसियालीको पर्वमा म बलि बने
खुबी छैन नदि तर्ने बगरको चिप्लेटिमा लडिरहे
मेरो चरित्र नै खराब होरे, नबुज्नेले पागल भन्छ
यो जिन्दगीको कठघरामा मन थिएन नी नाटक गर्न
म रोदन टार्न हाँसि राछु बाहिर बाट
तर मेरै अहङ्कारको घमण्डले पोलिराछ आज सम्म
म माफी माग्छु,
हात समाती डाेऱ्याएर मलाई उठाईदेउन दैव
म थोत्रो घरमा झुन्डिएको खोक्रो जाली भाछु
म सँग विकल्प नै छैन,
म रेटिए धारमा,
मेरा मेटिए आस्था,
राप र तापले पोलिए
मैले रोदनलाई पाल्दा,
हाँस्दा आफ्नै बर्बादमा,
मरे म जो थिए
भोक र तिर्खालाई नकारे,
जे फले थियो फोक्दिए
मलाई श्राप लाग्यो होला दैवको त्यसैले घेरिए जोखिमले
चौतर्फी बाधा र अड्चन,
म तड्पन्छु हरपल,
आनन्द हुने रोकिए धड्कन मुटुको
खुसी हुन्छु दिनभर हाँस्दा किनकी रातमा त रुनु थियो
म लडेर उठ्न सिक्छु के मजा र हार संग लुक्नुको
किनकी जीवन भनेकै अनुभव संगै याद बटुल्नु हो
✍️राजिप कवि कार्की
छथर शुक्रबारे तेह्रथुम


