निद्रा
आएको छैन आज पनि यतिबेलासम्म।
भएको छ ऊ उहल्लघन्करी,
आउँदैन कहिल्यैँ समयमा।
गरेको छु मैले आफ्नो कर्तव्य,
गरेको छैन कुनै अपहेलना।
आएको छ उसको जीवनमा नयाँ समस्या।
ऊ सोचिरहेको छ त्यसको समाधान।
सोच्दा सोच्दै लिएछ हातमा कापी र कलम,
लेख्न थालेछ आफ्नो मनका कुरा।
आउँदैन उसलाई आफ्ना कुरा पोख्न,
उसले पोखेछ आफ्ना भावना
कथा र कविताका रूपमा।
अर्को दिन पढ्नेछन् मानिसहरू र
भन्नेछन्, “कति राम्रो रचना!”
कसरी डुब्न सकेछ होला
कल्पनापुरमा यति मिठो रचना गर्न?
तर बुझ्दैन समाज,
ऊ यो कल्पनामा होइन,
यथार्थमा लेखिरहेको छ
आफ्नो मन र मस्तिष्कका कुरा।
जुन उसले बाध्य भएर भोग्नुपरेको छ।
समाज बुझ्दैन अरूका समस्या।
समाजलाई त चाहिएको छ केवल कुरा
उडाउन हावामा, जसरी उड्छ चियाको बाफ।
समाज बन्छ उसको सल्लाहकार, तर
खोज्दैन बन्न उसको साथी।
ऊ बिउँझिन्छ आफ्नै कल्पनाबाट,
पूरा गर्छ रचना।
लाग्छ उसलाई,
निद्रा…
थाहाँ छैन उसलाई कहिले
ऊ निदायो र ब्युँझियो।
उसको यो दिनचर्या।
ऊ खुसी छ आफ्नो एक्लोपनमा।
✍️अमृत पन्थी
सन्धिखर्क अर्घाखाँची
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।