म हिँड्ने गोरेटो उसले बताउथ्यो
म हिँड्ने गन्तव्य उसैले सम्पादन गर्थ्यो
जब म थाकेर लखतरान हुन्थे
उस्कै मायाका भावहरुले बिर्सेन्थे म मनका पिडाहरु |
बुकिफूल झै निःस्वार्थ प्रेममा फुलिरहने म
पवित्र मन बोकी वनपाखा चाल्दै रमाउने म
मैले नदेखेको सपना उस्ले नै देख्न सिकायो
उसैको बेहोसी प्रेम आगाडि म पग्लिरहे |
उसैले रोप्न सिकायो प्रेमका बिरुवा
आजभोलि कठिन धरातलमा फुल्न थालेका छन्
पोखिएका मनका रहरहरु समेट्न सिकाउने
आजभोलि मेरो उ मायाको प्रतिबिम्ब बनेको छ |
आजभोलि म उसको अगाडि पानी पानी बनेको छु
अँध्यारो छिचोल्दै उस्ले सिकाएको
मायाको आवरणमा उज्यालो तर्फ लम्कदै छु |
मलाई मायाको परिभाषा बुझाउने
तिम्रो मायालाइ जीवन भर अँगाल्नेछु
तिम्रो अनमोल काखमा तिमी साथ रमाउने छु
तिम्रो मायालु प्रेमी बनेर
तिम्रो न्यानो अंगालोमा बेरिएर
✍️सरिता पराजुली
धर्मस्थली काठमाडौं, हाल: बालकोट भक्तपुर
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।