म हिँड्ने गोरेटो उसले बताउथ्यो
म हिँड्ने गन्तव्य उसैले सम्पादन गर्थ्यो
जब म थाकेर लखतरान हुन्थे
उस्कै मायाका भावहरुले बिर्सेन्थे म मनका पिडाहरु |
बुकिफूल झै निःस्वार्थ प्रेममा फुलिरहने म
पवित्र मन बोकी वनपाखा चाल्दै रमाउने म
मैले नदेखेको सपना उस्ले नै देख्न सिकायो
उसैको बेहोसी प्रेम आगाडि म पग्लिरहे |
उसैले रोप्न सिकायो प्रेमका बिरुवा
आजभोलि कठिन धरातलमा फुल्न थालेका छन्
पोखिएका मनका रहरहरु समेट्न सिकाउने
आजभोलि मेरो उ मायाको प्रतिबिम्ब बनेको छ |
आजभोलि म उसको अगाडि पानी पानी बनेको छु
अँध्यारो छिचोल्दै उस्ले सिकाएको
मायाको आवरणमा उज्यालो तर्फ लम्कदै छु |
मलाई मायाको परिभाषा बुझाउने
तिम्रो मायालाइ जीवन भर अँगाल्नेछु
तिम्रो अनमोल काखमा तिमी साथ रमाउने छु
तिम्रो मायालु प्रेमी बनेर
तिम्रो न्यानो अंगालोमा बेरिएर
✍️सरिता पराजुली
धर्मस्थली काठमाडौं, हाल: बालकोट भक्तपुर



