कमाउन परदेश पसेका युवाहरुले गाउँ नै बिर्से
गाउँमा अलि अलि बचेका मानिसहरूले
उनीहरूको चालचलन बिर्से
आज यसो एकोहोरिएर हेरिरहे
त्यो कुनामा राखेको हलोको फालीमा पनि खिया लागि सकेछ
हुँदा हुँदा अब किसानहरुले कृषिका औजारहरु
हलो, जुवा, कुटो, कोदालो नै बिर्से
गाउँ फेरियो गाउँमा नयाँ नयाँ प्रविधि आए
हलो जुवा पुराना भए
अब बिस्तारै बिस्तारै सबै हराए
घर घर मा इन्टरनेट आयो
सबै जना सुख सयल खोज्न थाले
अब हरेक घरका बुहारीहरुले घरको चुलो चौका गर्न नै बिर्से
दिनहरु बित्दै गए समय अनुसार जमना परिवर्तन हुँदै गयो
हुर्के बढेका युवा युवतीहरु पनि
रमाइलो गर्न भनी डिस्को पार्टी धाउन थाले
गाउँ घरमा रोधी, सँगिनी बालन जस्ता परम्परा हराउन थाले
सबैले भजन के हो ! बालन के हो ! त्यो नै बिर्से
चोलो छोटो भएर भोटो भयो
लाज सरम हराउँदै गयो,
सारी चोलो दौरा सुरुवाल हराउँदै गए
सबैले आफ्नो पहिरन के हो त्यो नै बिर्से
सबै जना मूर्ख भए आफ्नो चालचलन के हो त्यो नै बिर्से
युवा खाडी पसे पैसा कमाए
धनी भए, सुखी भए
आफ्नो घर परिवार कस्तो थियो त्यो नै बिर्से
– उमेश कार्की
तेर्हथुम



