तिमीले ठुलो सोच्छौ आफूलाई यो सृष्टिमा
तिमी जति ठुलो ठान्छौ, त्यति सानो छौ मेरो दृष्टिमा।
पृथ्वी ?
सिर्जना र विनाशको एक झिल्को मात्र
तिमी फुल्छौ त्यहाँ,
तर मलाई केही फरक महसुस हुँदैन।
सूर्य?
यो त एउटा बत्ती हो, मेरो असीम आकाशमा
बुझ, यसको बत्ती निभे पनि मेरो यात्रा रोकिँदैन।
तिमी?
एक यात्री, मेरा कान्तिहरूमा हराउने
तिमी आउँछौ, सास लिन्छौ र फेरि हराउँछौ,
तर मलाई फरक नै पर्दैन।
तिमीले जे खायौ, जहाँ बस्यौ, सबै मेरो देन हो
तर के तिमीलाई थाहा छ?
मलाई थाहा छैन, तिमी को हौ!
तिमीले मेरो बारे सोच्यौ ?
मेरो नियमहरू जान्न खोज्यौ ?
तर म,
म तिमीलाई कहिल्यै चिन्ने छैन।
म असमझनीय छु, कल्पना भन्दा पर,
तर तिमीले मलाई बाँच्न सक्छौ
बाँच, हाँस, अनि महसुस गर
किनकी तिम्रो जीवन तिम्रो पुरै हो
तर मेरो अदृश्य हिस्सा मात्र।
स्मरण गर, मलाई तिम्रो ख्याल छैन,
तर तिमीले मेरो सृष्टिलाई प्रेम गर्न सक्छौ।
त्यसैले सुन, तर प्रश्न नगर,
बाँच, तर घमण्ड नगर,
म ब्रह्माण्ड हुँ,
र तिमी,
मेरा अनन्त कहानीहरू मध्ये
एउटा सानो कहानिको सूक्ष्म अक्षर ।
– असिम देव तिवारी
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।