हरियो अँगालोमा लुकेको पृथ्वी,
जहाँ जीवन फुल्थ्यो, गीत गुञ्जिन्थ्यो।
तर आज, ती हरियाली सपनाहरू
कुल्हाडीको धारले चुँडिएका छन्।
चरा-चुरुङ्गीको मुक्त गान,
जो कहिल्यै थाक्दैनथ्यो,
आज मौन छ,
फगत् स्मृतिको धूलो बनेको छ।
वातावरणको छातीमा
फोहोर र धुवाँको चोट,
जसले धर्तीलाई बाँच्न
संघर्ष गर्न बाध्य बनाएको छ।
वनका रूखहरूका चिच्याहट,
जसले हाम्रो लागि सास फेर्थे,
अहिले आफ्नै अस्तित्वका लागि
पुकार गरिरहेका छन्।
तर मान्छे अन्धो छ,
लोभको काठले आँखा छोपेको छ।
हरेक बिउमा बाँकी छ रगतको कथा,
हरेक पानीको थोपामा बग्छ आँसुको कथा।
तर सोच,
जब अन्तिम रूख ढल्नेछ,
जब अन्तिम पानी सुक्नेछ,
र जब अन्तिम चरा उड्नेछ,
के मानव आफैं बाँच्न सक्ला?
वनको पुकार सुन,
यसको आवाजमा हाम्रो भविष्य छ
हरेक हरियो पातको झराईसँगै,
हाम्रो जीवन पनि रित्तिँदैछ।
– लक्ष्मी रिजाल
सप्तरी
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।