Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: १५ | किशन पाैडेल | हाम्रो कथाघर

अशोज १, २०८२

लघुकथामा एक प्रयोग अङ्क: १८ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २९, २०८२

स्मार्ट कविता श्रृङ्खला ४७ | हाम्रो कथाघर

भदौ २९, २०८२

गजल श्रृङ्खला २६ | हाम्रो कथाघर

भदौ २९, २०८२

दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वीको’ विधिवत् लोकार्पण

भदौ २४, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » लघुकथा: अफसोच

लघुकथा: अफसोच

आख्यान - लघुकथा
राम लामिछाने 'आदि पुरुष'राम लामिछाने 'आदि पुरुष'पुस १५, २०८१381 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

गएराती पटक्कै निद्रा नपरेपछि जगन्नाथ जाग्राम नै रहे। मनमा बेचैन, छटपटाहट र सुख्खा आँधी चले झै महसूस भैरह्यो। छातीको दायाँ भाग चसक चसक गरिरह्यो।बिहान उठेपछि स्वास्थ्य अनुकुल नभएको कुरा सीता(श्रीमती)लाई बताए। मलिनो अनुहार लिएर कालो चियाको चुस्की लिँदै बार्दलीमा बसेर पत्रिका पढ्न थाले।

अघिल्लो दिन उनको कार्यकक्ष(विवाह दर्ता फाँट)मा दुई युवक आएका थिए।व्यक्तिगत विवरण भरेको फाराम हेरेपछि ति युगल समलिङ्गी भएको र आफुखुसी विवाह बन्धनमा बाँधिएको जानकारी उनलाई थाहा लाग्यो। उनीहरुलाई दाम्पत्य जीवनको भारी शुभकामना दिँदै जगन्नाथले तुरुन्तै काम फत्ते गरिदिए।

ती नवदम्पती निस्किए लगत्तै उनले रमेशराजलाई फोन लगाए र हतारिएर कार्यालयबाट बाहिरिए। रमेशराजको मोटरबाइकमा उनीहरु साँगाको शिव मन्दिर पुगे। जगन्नाथले आफ्नो मनमा रमेशराज प्रतिको प्रेम अझै उही घनत्वमा रहेको स्पष्ट पार्न खोजे। रमेशराजले पनि उही व्यहोरा जाहेर गरेपछी दुबैको मनमा सुषुप्त भएर दबिएको शारीरिक सुखको मुना हलक्क उम्रियो। त्यो मुना निकै बेरसम्म जब्बर भएर तङ्ग्रिरह्यो। समय र परिस्थितिको प्रतिकुलतामा त्यो मुना यसै ओइलायो परिणामत: उनीहरु कार्यालय फर्किए।

रमेशराजले हिड्ने बेलामा कार्यालय बाहिर अडिएर भने ‘उतिबेला तिमी यो विवाह दर्ता फाँटमा भएको भए, हाम्रो विवाहको पुरोहित पनि तिमी, वधु पनि तिमी र विवाह दर्ता अधिकारी पनि तिमी नै हुनेथियौ, हगि?’

जगन्नाथ फिस्स गर्दै छोटो मुस्कान बोकेर कार्यकक्ष भित्र पसे। दिन हुनु सम्मको अबेर गरेर ढल्यो। जगन्नाथ गह्रौँ मन बोकेर घर पुगे। जोडबलले भए पनि रमेशराजसँगको भेट अनि त्यो भेटले वर्षौँ अघि शान्त बनाउन सकिएको मनको तलाउमा निम्त्याएको अग्ला अग्ला ज्वारभाटालाई श्रीमतीका सामुन्ने थकानरुपी बहानाको एउटा पर्दा बेरेर ढाक्न सफल भए।

स्वास्थ्य प्रतिकुल भएपनि खाना खाइवरी जगन्नाथ साविक भन्दा छिट्टै कार्यालयतर्फ लागे। उनको मनमा पश्चाताप, अफसोच र ग्लानिको राँको दन्किरहेको थियो।

– आदि पुरुष
जापान

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

आदि पुरुष राम लामिछाने लघुकथा

यो पनि पढ्नुहोस्...

लघुकथा: पारदर्शीता | विवेक दुलाल क्षेत्री “दमक” | हाम्रो कथाघर

लघुकथा: समाज | ईश्वर पोखरेल | हाम्रो कथाघर

लघुकथा: कमलिकान्त जिन्दावाद! | डा. नवीनबन्धु पहाडी | हाम्रो कथाघर

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

लघुकथा: दृष्टिविकास | हाम्रो कथाघर

लघुकथा: कुसंस्कार | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १३ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग – अङ्क: १२ | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १२

भर्खरै

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: १५ | किशन पाैडेल | हाम्रो कथाघर

अशोज १, २०८२

लघुकथामा एक प्रयोग अङ्क: १८ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २९, २०८२

स्मार्ट कविता श्रृङ्खला ४७ | हाम्रो कथाघर

भदौ २९, २०८२

गजल श्रृङ्खला २६ | हाम्रो कथाघर

भदौ २९, २०८२

दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वीको’ विधिवत् लोकार्पण

भदौ २४, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.