दिनभर खेतमा बा’सङ्गै काम गरेकी आमाले हतार-हतार आगो फुकेर ताप्केमा तेल तताउदै भनिन
– बा का खुट्टा सारै दुखे रे !
– आमा तिम्लाई एउटा प्रश्न …!
‘के बसँगै काम गर्दा तिम्रा खुट्टा दुखेनन्?’
– अनि बा लाई अर्को प्रश्न..!
‘काम त आमाले पनि गरेकी थिइन त,
आमाका दुखेका खुट्टा छुन तिमीलाई के ले दिएन ?’
बा-आमा दुबै चुपचाप थिए, मेरा प्रश्नहरूले ओठहरु स्तब्ध भए, बन्द भए
तर वास्तवमा आमालाई बा’का खुट्टा नछोइ बस्न उनको स्वाभिमान र संस्कारले दिएन र बा’लाई आमाका खुट्टा छुन नैतिकता र पुरुषत्वले दिएन !
– सीता अर्याल
गुल्मी बिरबास




