दिनभर खेतमा बा’सङ्गै काम गरेकी आमाले हतार-हतार आगो फुकेर ताप्केमा तेल तताउदै भनिन
– बा का खुट्टा सारै दुखे रे !
– आमा तिम्लाई एउटा प्रश्न …!
‘के बसँगै काम गर्दा तिम्रा खुट्टा दुखेनन्?’
– अनि बा लाई अर्को प्रश्न..!
‘काम त आमाले पनि गरेकी थिइन त,
आमाका दुखेका खुट्टा छुन तिमीलाई के ले दिएन ?’
बा-आमा दुबै चुपचाप थिए, मेरा प्रश्नहरूले ओठहरु स्तब्ध भए, बन्द भए
तर वास्तवमा आमालाई बा’का खुट्टा नछोइ बस्न उनको स्वाभिमान र संस्कारले दिएन र बा’लाई आमाका खुट्टा छुन नैतिकता र पुरुषत्वले दिएन !
– सीता अर्याल
गुल्मी बिरबास
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।