भव्य भवनहरूमा गुम्सिएको उज्यालो,
राम्रो लुगाहरूमा लुकाइएको सन्देश
सडकमा दौडने सपनाहरू,
तर गाडीको धूलोमा हराएको जीवन ।
जहाँ सहरले इतिहास लेख्छ,
त्यहीँ मान्छेले विगत बिर्सन्छ ।
सभ्यता र संस्कृतिको गान गाउनेहरू,
समानताको अर्थ कहिल्यै बुझ्दैनन् ।
चिल्ला सडकका छेउमा
भोकाएका आँखा र नाङ्गो पाइला ।
भव्यता खोज्नेहरूसँग
करुणा भने हिँड्न भुलेको छ।
सहर बाँचिरहेको छ,
तर आत्मा हराउँदै।
गगनचुम्बी आकांक्षाहरूले
जमिन छोड्न सिकाउँछन्।
तर सोचौं,
यो गगनचुम्बी सपना
जब भूकम्पले हल्लाउँछ,
के हामीले सहन सकौंला?
सहरले सास त फेरिरहन्छ,
तर मानवता भने दाउमा राखिरहन्छ।
– लक्ष्मी रिजाल
रुपनगर, सप्तरी ।



