भव्य भवनहरूमा गुम्सिएको उज्यालो,
राम्रो लुगाहरूमा लुकाइएको सन्देश
सडकमा दौडने सपनाहरू,
तर गाडीको धूलोमा हराएको जीवन ।
जहाँ सहरले इतिहास लेख्छ,
त्यहीँ मान्छेले विगत बिर्सन्छ ।
सभ्यता र संस्कृतिको गान गाउनेहरू,
समानताको अर्थ कहिल्यै बुझ्दैनन् ।
चिल्ला सडकका छेउमा
भोकाएका आँखा र नाङ्गो पाइला ।
भव्यता खोज्नेहरूसँग
करुणा भने हिँड्न भुलेको छ।
सहर बाँचिरहेको छ,
तर आत्मा हराउँदै।
गगनचुम्बी आकांक्षाहरूले
जमिन छोड्न सिकाउँछन्।
तर सोचौं,
यो गगनचुम्बी सपना
जब भूकम्पले हल्लाउँछ,
के हामीले सहन सकौंला?
सहरले सास त फेरिरहन्छ,
तर मानवता भने दाउमा राखिरहन्छ।
– लक्ष्मी रिजाल
रुपनगर, सप्तरी ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।