उ आफैंसँग विलौना गर्दै थियो, “आखिर नेपालको पढाइ के मा काम लाग्यो र ? न रोजगार, न कुनै आयमूलक काम ? पढेको पनि व्यर्थ भयो । आफू जन्मिएको, हुर्किएको ठाउँ छोडेर यो विरानो देशमा जिम्मेवारी बोकेर एक्लै बाँच्न कसलाई पो रहर हुन्छ र ?”
परिवारको गरिबी अनि देशको परिस्थितिले देशमा बस्ने वातावरण नै भएन । ऋणको भारि बोकेर आएपछि यहाँको पढाइ र कामले हाँस्नु न रुनु बनाएको छ। दु:ख र सङ्घर्षलाई साथी बनाएर बाँच्नु परेको छ । न बेलामा सुत्नु छ , न त खानु नै । अर्काको देशमा चिनेजानेको कोही छैन ।
घरपरिवार सम्झेर कतिपटक रोएँ। देशको डाँडापाखा हेर्न कल्पिएर कतिपटक बैरागिएँ । ती बुढी आमा आउने बाटो कुर्दी हुन् । मन हुँदाहुँदै पनि बाध्यताले रोक्छ । सुनौलो भविष्यको कल्पनामा पटक पटक सङ्कल्प गर्छु , “एकदिन त मेरा पनि दिन पक्कै आउनेछन् ।”
यहीं सङ्कल्पले फेरि प्रोत्साहन दिन्छ र फेरि जाँगरिलो बन्छु । हाड घोटछु । रगत , पसिना बगाउँछु । कहिलेकाँही त लाग्छ , “यत्रो श्रम आफ्नै देशमा गरेको भए मुहार त फेरिन्थ्यो होला नि !”
– भुमिका गैरे तिमिल्सिना
गैंडाकोट ४, नवलपुर
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।