मेरा नामका चिह्नहरू सबै मेटाइदिनु,
मेरो अस्तित्वको चिहान सजाउन जरुरी छैन।
मेरो लासलाई बोकेर सम्मान खोज्न होइन,
बस समयसँगै हराउने मेसो बनाइदिनु।
मेरो जन्मदिन र मरेको दिनको हिसाब नगर्नु,
मेरो कथा पुराना किताबमा खोज्न जरुरी छैन।
आकाशले बिर्सेको बादल झैँ म विलाउँछु,
मेरो नाम पनि हावाको चालसँग उड्न दिनु।
मेरो हाँसोको सम्झना पनि खेर गयो भने,
त्यसमा दुःखको रेखा खिच्न जरुरी छैन।
मेरो आँसुका थोपा जमिनले सोसेझैँ,
मलाई समयको माटोले छोप्न दिनु।
म पछि कुनै फूल फुल्छ भने त्यो तिम्रै होस्,
मेरो सासको अन्त्यसँगै सबै कुरा बिर्सिदिनु।
मलाई जिन्दगीको परिभाषामा राख्ने हो भने,
बस, ‘थियो’ भनेर भुलिदिनु।
मेरो हरेक पाइला समयसँगै गलेर जान्छ,
त्यसैले मलाई सम्झिएर झुक्न जरुरी छैन।
म अस्ताएको सुर्यझैँ तिम्रो बिहान सुरू होस्,
मेरो अस्तित्वलाई यहीँ अन्त्य गर्न दिनु।
कवि: रुमन श्रेष्ठ
शैलुङ, दोलखा
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।