— भूमिका गैरे तिमिल्सिना
“यो नाति हुर्काउदा मलाई कम्ता त धौ धौ भएको थिएन ? रातभर नसुती बोतलबाट दुध खुवाउँथे ? त्यो दुधे बालक ल्याएको हिजो जस्तो लाग्छ , अहिले यत्रो भयो ।” अतीत सम्झिँदै उनले बुढासँग भनिन् ।
“हामीले नल्याएको भए यसको स्याहार सुसार कसले गर्थ्यो ? उता विदेशमा यसका बाबा आमालाई एकछिन फुर्सद छैन । अब त आफैँ स्कुल जान सक्ने भएको छ । साँवाभन्दा ब्याजको माया !” नातितिर हेर्दै पुलकित मुन्द्रामा बुढाले भने ।
“अरुबेला त ठिकै हो । बिरामी भयो भने मेरो सातो नै जान्छ । ऊ बेला आफ्ना छोराछोरी मेलापात, दाउरा घाँस गर्दै कति दुखले हुर्काइयो । अहिले यसको मात्र चाकडी गर्दै दिन बित्छ ।” बुढीले भन्दै थिइन् , मोबाइलमा घन्टी बज्यो ।
छोराबुहारीले भिडियो कल गरे । बुढीले नाति बोलाउन थालिन् , “आऊ, आऊ सुबोध ! तिम्रो बाबाआमाको फोन आयो । ल बोल्न यता आऊ त !”
ऊ आफ्नै पारामा खेलिरह्यो । कति गर्दा पनि बोल्न खोजेन ? वास्तै गरेन । उनीहरूले फोन काटे ।
बुढीले चिन्ता गर्दै भनिन् , “हाम्रो मायाले कतै आफ्ना बाबा आमासंग यसको दूरी त बढ्ने होइन ।”
बुढा एकछिन घोरिए अनि भने, “आमाबुबाको स्पर्श नपाएपछि कसरी माया बसोस् त ? बाध्यताले निम्त्याएको यो दूरी पनि ठीक त होइन ।”
गैंडाकोट ४, नवलपुर
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।