Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

लघुकथामा एक प्रयोग अङ्क: १८ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २९, २०८२

स्मार्ट कविता श्रृङ्खला ४७ | हाम्रो कथाघर

भदौ २९, २०८२

गजल श्रृङ्खला २६ | हाम्रो कथाघर

भदौ २९, २०८२

दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वीको’ विधिवत् लोकार्पण

भदौ २४, २०८२

लघुकथामा एक प्रयोग अङ्क – १७ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २२, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » कथा: पञ्चवटी

कथा: पञ्चवटी

आख्यान - कथा
नन्दलाल आचार्यनन्दलाल आचार्यमाघ १४, २०८१1K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

पञ्चवटी गाउँ पाँच विशाल पीपलका रुखहरूले घेरेको सानो संसार थियो। यी रुखहरू गाउँको केन्द्रमा उभिएका मात्र थिएनन्, गाउँको आत्मा पनि थिए। पण्डितहरू भन्थे, यी रुखहरू सत्य, धैर्य, सहिष्णुता, करुणा र संयमका प्रतीक हुन्। हरेक बिहान, घामको पहिलो किरणले ती रुखका पातहरूमा सुनको चमक थप्थे। गाउँका मानिसहरूका लागि यी रुख जीवनका साक्षी थिए। तर, समय सधैं एउटै रहँदैन र रहेन पनि।

गाउँको जीवन शान्त थियो; समय छिप्पिँदै जाँदा अशान्तको विषादी फैलन थाल्यो। बिहानबेलुका खेत, खोल्सा, मन्दिर र चौतारोले सधैं व्यस्त हुन्थ्यो। राम, लक्ष्मण र सीता तीन सदस्यको घर पनि पञ्चवटीको छायामै थियो।

राम गाउँको स्कुलमा विज्ञानका शिक्षक थिए। उनी गम्भीर स्वभावका थिए। जीवनका हरेक कुरामा गहिरो अर्थ खोज्थे। लक्ष्मण गाउँका समस्या हल गर्न सधैँ दौडिरहेका हुन्थे। उनी गाउँका लागि पुल जस्तै थिए। उनी परम्परा र आधुनिकतालाई जोड्न चाहन्थे। सीता सबैभन्दा आशावादी नारी थिइन्। उनको विश्वास थियो कि समयसँगै हिँड्न नसक्नेहरू पछाडि छुट्छन्। उनी लक्ष्मणकी भाउजू र रामकी पत्नी भनी चिनिन्थिन्।

बिहानको एक दिन, गाउँमा ठूलो कालो गाडी आयो। यस्तो गाडी पञ्चवटीमा पहिलोपटक देखिएको थियो। गाडीबाट सुटबुट लगाएका दुई व्यक्तिहरू ओर्लिए। उनीहरूले गाउँका अगुवाहरूसँग भेट गरे।

“हामी यहाँ विकासको योजना लिएर आएका छौं।” ती व्यक्तिले भने। “तपाईंहरूको जमिनमा ठूलो परियोजना सुरु गर्न चाहन्छौं। यहाँ एउटा कारखाना, शपिङ मल र ठूला भवनहरू बनाउने योजना छ। तपाईंहरूको गाउँ अब आधुनिक हुनेछ। पैसा र सुविधाको कुनै कमी हुनेछैन।”

गाउँका मानिसहरू उत्सुक भए। उनीहरूलाई नयाँ सपना देखाइयो; असिमित अवसर र चम्किलो भविष्य। “तर, यो सम्भव गर्नका लागि पञ्चवटीका पीपलका रुखहरू काट्नुपर्नेछ।” ती व्यक्तिले थपे।

गाउँ चकमन्न भयो। ती रुखहरूसँग जोडिएको भावनालाई उनीहरूले सहजै मेटाउन सक्दैनथे। तर, गाडीका मानिसहरूले पुनः लोभ देखाए। “तपाईंहरूको बच्चाहरूले राम्रो स्कुलमा पढ्न पाउँछन्। तपाईंहरूलाई रोजगारी दिन्छौं। सुविधाका लागि अब टाढा जानुपर्नेछैन।”

त्यस रात गाउँका मानिसहरूको निद्रा हरायो। एकातिर उनीहरू आफ्ना पुराना रुखहरूसँगको सम्बन्धको सम्झनामा थिए। अर्कोतिर, उनीहरू भविष्यको लोभमा तानिएका थिए।

रामले गाउँका अगुवाहरूलाई सम्झाउन खोजे, “यो प्रस्ताव सुन्दर देखिन्छ, तर यसको परिणाम घातक हुनेछ। हामीले पञ्चवटी गुमायौं भने, हाम्रो आत्मा गुमाउनेछौं।”

लक्ष्मणले थपे, “हामीले हाम्रा रुखहरूको संरक्षण गर्नु पर्छ। तिनीहरू हाम्रा जरा हुन्। जराविनाको रुख उभिन सक्दैन।”

सीता भने अलमलमा थिइन्। “हामीले प्रविधिसँग अघि बढ्नुपर्छ। हामी यसरी नै परम्परामा अड्केर बस्न सक्छौं र?” उनले रामसँग सोधिन्।

रामले गहिरो स्वरमा भने, “सीता, हामी अघि बढ्नै पर्छ। तर, त्यसका लागि आत्मा बेच्नुपर्छ भने, त्यो प्रगति होइन। हामीले आफ्नो शिरपोस अरूकै पाउमा राखिदिएर लम्पसार चरित्र देखायौँ भने इतिहासले हामीलाई थुक्छ।”

गाउँका मानिसहरूमा विभाजन सुरु भयो। केही मानिसहरूले भने, “हामीलाई सुविधा चाहिन्छ। यसरी नै अँध्यारोमा बस्न सकिँदैन।”

अरूले भने, “तर, पञ्चवटी त हाम्रो जीवन हो। हामी यसलाई गुमाउन सक्दैनौं।”

एक बिहान, माथापच्चीका बाबजुद गाउँलेहरूले सहमति जनाए। कम्पनीलाई जमिन दिने निर्णय गरियो। पञ्चवटीका रुखहरू काट्ने अनुमति दिइयो। ठूला मेसिनहरू गाउँमा आए।
रुख काट्ने काम सुरु भयो। पहिलो पीपल ढल्दा गाउँभरि शून्यता छायो। पातहरूको सुस्केरा मानौं मृत्युको खबर थियो। वृद्धहरूले आँसु चुहाए। बच्चाहरू डराए। जवानहरूको मुटुको धड्कन तेज भयो।

सीता यो सबै देखेर मौन थिइन्। उनले कम्पनीका प्रतिनिधिहरूले देखाएको सपना सम्झिइन्। त्यो सपना अब धूलोमाथि ओइलाएको फूलजस्तो लाग्यो।
पञ्चवटीका पाँच रुखमध्ये चार ढलिसकेका थिए। गाउँको हरियाली सुनसान मैदानमा परिणत हुँदै थियो।

रामले गाउँका मानिसहरूलाई भने, “तपाईंहरूले देख्नुभएन? यो केवल रुखहरूको विनाश होइन। यो हाम्रो चेतनाको नाश हो।”

गाउँका केही मानिसहरूले रामको कुरा बुझ्न थाले। तर, धेरैले भनिरहे, “हामीसँग विकल्प छैन। यो नै हाम्रो भविष्य हो।”

सीता अब चुप बस्न सकिनन्। “हामीले गल्ती गर्यौं। हामीले बाहिरी चमकलाई मात्र देख्यौं। यो चमकले हाम्रो आत्मा जलायो। अब हामीले बाँकी पञ्चवटीलाई जोगाउनुपर्छ।” उनले गाउँका मानिसहरूलाई भनिन्।

राम, लक्ष्मण र सीताले गाउँमा अभियान सुरु गरे। “हामीले बाँकी रहेका रुखहरू बचाउनुपर्छ, नयाँ बिरुवा रोप्नुपर्छ, प्रविधिलाई हाम्रो अनुकूल बनाउनुपर्छ।” उनीहरूले भने।

गाउँलेहरू फेरि एकतामा बाँधिए। उनीहरूले बाँकी रहेको पाँचौं पीपललाई जोगाए। नयाँ बिरुवा रोप्न थाले । गाउँलेहरूले सिके, प्रगति परम्परा र प्रकृतिसँग सँगसँगै अघि बढ्नुपर्छ। पञ्चवटी फेरि हरियालीतिर फर्कियो।

“जरा काटेर उभिन खोज्नु मूर्खता हो।” अचेल सीता उत्साहित हुँदै थप्छिन्, “आधुनिकता र परम्पराको सन्तुलन नै साँचो प्रगति हो।”
०००
बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा नन्दलाल आचार्य

यो पनि पढ्नुहोस्...

लघुकथा: पारदर्शीता | विवेक दुलाल क्षेत्री “दमक” | हाम्रो कथाघर

लघुकथा: समाज | ईश्वर पोखरेल | हाम्रो कथाघर

लघुकथा: कमलिकान्त जिन्दावाद! | डा. नवीनबन्धु पहाडी | हाम्रो कथाघर

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १३ | हाम्रो कथाघर

लघुकथा: दृष्टिविकास | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १३ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग – अङ्क: १२ | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १२

भर्खरै

लघुकथामा एक प्रयोग अङ्क: १८ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २९, २०८२

स्मार्ट कविता श्रृङ्खला ४७ | हाम्रो कथाघर

भदौ २९, २०८२

गजल श्रृङ्खला २६ | हाम्रो कथाघर

भदौ २९, २०८२

दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वीको’ विधिवत् लोकार्पण

भदौ २४, २०८२

लघुकथामा एक प्रयोग अङ्क – १७ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २२, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.