Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

लघुकथामा एक प्रयोग अङ्क: १८ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २९, २०८२

स्मार्ट कविता श्रृङ्खला ४७ | हाम्रो कथाघर

भदौ २९, २०८२

गजल श्रृङ्खला २६ | हाम्रो कथाघर

भदौ २९, २०८२

दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वीको’ विधिवत् लोकार्पण

भदौ २४, २०८२

लघुकथामा एक प्रयोग अङ्क – १७ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २२, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » भुमिका गैरे तिमिल्सिनाका पाँच लघुकथा

भुमिका गैरे तिमिल्सिनाका पाँच लघुकथा

आख्यान - लघुकथा
भूमिका गैरे तिमिल्सिनाभूमिका गैरे तिमिल्सिनामाघ २१, २०८१334 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

—०१
लघुकथा
— गरिबी

“सात-सात जना छोराछोरी कसरी हुर्काएँ हुँला? आफ्नो नाममा केही थिएन, ऐलानी जग्गामा सानो कटेरो हालेर बसेँ। मेलापात, दाउराघाँस, दुःख र सङ्घर्ष त कति हो कति?” पुतलीले कमलीसँग दुःख बिसाइन्।
कमली र पुतली सानैदेखिका मिल्ने साथी थिए। सँगै पढे, सँगै बढे। बिहेपछि उनीहरूको भेट भएको थिएन। लामो समयपछि आज संयोगले भेट भएपछि उनीहरू दुःख–सुख साट्दै थिए।
पुतलीका कुरा सुनेपछि कमलीले उसको घाउमा मलहम लगाउने प्रयास गर्दै भनिन्, “घरका लोग्ने मानिसले स्वास्नीको दुःख नबुझेपछि आइमाईलाई बाँच्नै गाह्रो हुने रहेछ।”
“आफ्नो त लोग्ने भन्नु कि शत्रु? घरको केही मतलब राख्दैनथे। आफैं कमाउने, आफैं रमाउने पाराका थिए। दिउँसै झ्याप हुने, कानो गोरुलाई औंसी न पुर्ने भनेझैं सम्झाएको नलाग्ने थियो। तिनको बानीले गर्दा नि होला, मलाई सबैले हेप्थे।”
कमलीले जिज्ञासा राखिन्, “यसरी बिग्रिएको लोग्नेलाई तैँले विदेश पठाइनस्? पसिना बगाउनु परेको भए चेत खुल्थ्यो नि!”
विगत सम्झिँदै पुतलीले भनिन्, “छोराछोरी पनि सानै थिए। घरमा ऋण लागेर हैरान भएँ। यसै ऋण, उसै ऋण भन्ने लाग्यो, अनि ऋण खोजेरै उनलाई कुवेत पठाएँ।”
कमली खुसी हुँदै भनिन्, “बुझकी नै रहेछन् त! कमाइ पनि त पठाए होलान्?”
“लोग्नेसँगको विछोड भए पनि केही वर्ष त खर्च सजिलै भयो। केटाकेटी पनि अलिअलि पढ्न पाए, तर फर्किएपछि उहीँ पुरानै चाला! सुध्रिने भएनन्। म के गरूँ?”
पुतलीको व्यथा सुनेर कमलीको मन भारी भयो। शब्दले सम्झाउन उनले हरतरहले प्रयास गरिन्।
पुतलीले भनिन्, “ल, बिदा मागेँ। मलाई पनि अस्पताल पुग्नुछ। एउटा धनाढ्य व्यक्ति मृगौला फेल भएर आईसीयूमा छ रे!”
कमलीले आत्तिएर सोधिन्, “के, किन?”
मलीन हुँदै पुतलीले भनिन्, “मलाई बाँच्नका लागि दुईवटा मृगौला किन चाहियो र? एउटै भए पुगिहाल्छ नि!”
०००

—०२
लघुकथा
— चिन्तन

“कहिले नदेखेको त्यो अल्लारे ठिटो को होला?” दर्शकतिर नियालेर कार्यक्रम सञ्चालकले आफैंलाई प्रश्न गरे अनि कार्यक्रम सुरु गरे।
सधैँझैँ यसपालि पनि साहित्यकार आफैंले खर्च बेहोरेर कार्यक्रमको आयोजना गरेका थिए। कार्यक्रममा राम्रै उपस्थिति थियो। साहित्यिक विषयमा गहन चर्चा-परिचर्चापछि रचनावाचनको कार्यक्रम सुरु भयो।
सबैले केही न केही सुनाए। सबैको कला र गलाले वातावरण रोचक बनेको थियो। उद्घोषकले “अबको पालो छवि शर्माको” भनेर बोलाए। ऊ जुरुक्क उठ्यो र मञ्चतिर लाग्यो। सबैले मनमनै सोचे, “नयाँ अनुहार रहेछ।”
उसको वाचन कलाले उपस्थित सबैको ध्यान खिच्यो। प्रस्तुति दमदार थियो। सबैले मुक्तकण्ठले प्रशंसा गरे। उसको मुहारमा चमक आयो।
त्यसपछि उसले साहित्यिक साधना र अभ्यासलाई आत्मसात गर्न थाल्यो। छोटो समयमा उसले अलग पहिचान बनाउन सफल भयो। उसमा आएको परिवर्तन देखेर उसका साथीहरू खिसीट्युरी गर्न थाले।
एउटा साथीले हाँस्दै भन्यो, “बुढाहरूको बीचमा बसेछ, सेल्फी खिचेछ। के के नै प्रगति गरेजस्तो गर्छ! तात्तो न भुत्लो, माखो मार्नै होइन। जतिखेर नि घोप्टिएर लेख्या छ, लेख्या छ।”
अर्कोले थप्यो, “अचेल त न फोन छ, न खबर छ। के साह्रो बिजी भएको हो कुन्नि? रमाइलो गर्ने बेलामा साहित्यको भूत चढेको छ। यो पनि एउटा नशा नै रहेछ कि क्या हो?”
पहिलोले खिल्ली उडाउँदै भन्यो, “साहित्यकारको ट्याग लगाइस् क्यारे! अब हामी किन चाहियो र? तिनै बुढाहरूको माझ बस्।”
छवि गम्भीर भयो र भन्यो, “मलाई बाँचुन्जेल मात्र होइन यार, मरेपछि पनि बाँच्नु छ।”
०००

—०३
लघुकथा
— कर्तव्य

“हेर त! त्यो सुन्तलीलाई लाऊँ लाऊँ, खाऊँ खाऊँ भन्ने उमेरमा कत्रो बज्र पर्यो पर्न नि?” छिमेकी काकाले भने।
नाताले ज्वाइँ पर्ने मदनले फेरि थपे, “यस्तो त आफू खाने शत्रुलाई पनि नपरोस्। बिहान चिया पिएर सँगै निस्केका थियौँ। अचानक गाडीले हानेर ठाउँको ठाउँ ठहरै हुनु भयो। ऐया! भन्न नि पाउनु भएन।”
छिमेकी काकाले दुखी भएर भने, “दशा भन्ने कुरा कसलाई कतिखेर आउँछ, के थाहा? त्यस्तो हृष्टपुष्ट मान्छे एकैछिनमा हेर्दाहेर्दै जानु भयो।”
मदनले भक्कानिँदै भने, “आफ्नै आँखा अगाडि नै घटना हुँदा त मेरो त होसहवास केही थिएन। हातखुट्टा कामे। बाटाका मानिसहरू मिलेर जेनतेन अस्पताल लग्यौँ। तुरुन्तै डाक्टरले मृत घोषणा गरिदियो।”
उनै छिमेकीले भने, “दाजुभाइ पनि कोही छैनन्? सन्तानको नाममा एउटी छोरी मात्र छिन्, कसैलाई त गुहार्नै पर्यो।”
सुन्तली होस गुमाएर लडेकी थिई। मदन छेउमा गएर बोलाए।
अलिकति बौरिएपछि रुँदै आलाप-वि‍लाप गर्न थाली।
घटनाको जिम्मेवार आफैँलाई ठान्दै मदनले पश्चातापको स्वरमा भने, “बिहान मैले व्यर्थै घुम्न जाऊँ, भिनाजु! भनेर लिएर गएछु।” आफन्तमा कोही बस्न मान्छन् कि भनेर उनी यता-उता फोन गर्न थाले।
उसैबेला मृतककी छोरी अगाडि आएर भनी, “बाबाको क्रिया म गर्छु, मामा।”
०००

—०४
लघुकथा
— नाति

“अभावै अभाव भए पनि छोराछोरी हुर्काएको पत्तै भएनछ, बुढा!
अर्काको काम, ज्याला, मजदुरी गरेर तिनलाई बढाउने, पढाउने तनावले बल्ल अब मुक्ति मिलेको छ।” बुढीले विगत कोट्याइन्।
बुढाले सही थाप्दै भने, “हो त नि! छोराछोरी पनि एक-दुई हो र? छ, छ जना थिए। मेरो इलम केही पनि थिएन। खेतीपाती, वस्तुभाउ बाहेक अरू काम गर्न जानेकै थिइनँ। फेरि पढेको पनि त होइन, म। कमाउन लाहुर जान पनि सकिनँ। हाम्रो न त इज्जत थियो, न त सम्मान! बाँच्नका लागि हाड मात्र घोटियो।”
उज्यालो अनुहार लाउँदै बुढीले भनिन्, “ऊ बेलाको गरिबी र अभावले त आज छोराछोरी खारिएछन्। हरेक दुःख सहजै गर्न सकेका छन्। जस्तो परिवेशमा पनि सहजै घुलमिल हुन सकेका छन्।”
पुराना कुरा सम्झँदै बुढाले भने, “हिजो हामीले गरेको दुःख, सङ्घर्षका ती दिन ओहो! वैराग लाग्छ। हामी नै हो त भनेर अहिले आफूलाई आफैं चिमोट्न मन लाग्छ।”
बुढीले थपिन्, “दुःख गरेर पढाइएको थियो र त आज छोराछोरी कोही विदेशमा, कोही स्वदेशमै प्रगति गरेर बसेका छन्। हामी पनि सुखी भएका छौँ।”
बुढाले हाँस्दै भने, “त्यस्ता दिनदेखि यस्ता दिन पनि आउने रहेछन्। मैले त कल्पनासम्म पनि गरेको थिइनँ।”
बुढाबुढी गन्थन मन्थन गरिरहेकै बेला काखको नाति सुम्पिएर छोरा-बुहारी काममा हिँडे।
बुढीले नाति खेलाउँदै भनिन्, “यसले नै गर्दा त घर उज्यालो भएको छ। साउँभन्दा व्याजको माया भन्थे, हो रहेछ।”
०००

—०५
लघुकथा
— चलाखी

“चोर आयो! चोर आयो!” दशैँको बेला गाउँमा कसैले करायो। गाउँलेहरू सबै जर्याकजुरुक उठे। रात राम्रोसँग छिप्पिएको थिएन। कोही भाला, कोही खुकुरी लिएर निस्किए। सबैको हिम्मतका कारण चोरहरूलाई लखेट्न सफल भए।
सुमनले डराउँदै भन्यो, “ओहो! चोरहरू त ग्याङ नै भएर आएका रहेछन्। गाउँले एकजुट नभएको भए त आज सखापै पार्थे।”
आशिषले आशंका थप्दै भन्यो, “फेरि पनि आउन सक्छन्। हामीमध्ये कसैको ज्यान पनि जान सक्छ। अबदेखि हामी चनाखो हुनुपर्छ।”
सुमनले सुझाव दियो, “रातभरि पालो मिलाएर गस्ती गरौँ। नत्र त बर्बाद हुन सक्छ।”
तत्कालै उनीहरूले गस्तीका लागि टोली तयार गरे। बाह्र बजेसम्म सुमनको टोली, त्यसपछि चार बजेसम्म आशिषको टोली गस्ती गर्ने गरी समूह विभाजन भयो। अनिँदो भएकाले सुमनको टोली सुत्न गयो। आशिषको टोली गस्ती गर्दै थियो, अचानक केही पड्कियो।
“यति ठूलो आवाज केको हो? कसले के पड्कायो हँ?” आशिषले सबैलाई सावधान गराउँदै आवाज आएको दिशातिर दौडिन आदेश दियो। त्यहाँ पुग्दा एक जना मानिस “चोर! चोर!” भन्दै दौडियो। उनीहरू पनि उसको पछि लागे। निकै टाढासम्म लखेटे, तर ऊ एकाएक अलप भयो। चारैतिर खोजे, तर कोही फेला परेन। चकमन्न अन्धकार मात्र थियो।
स्याँस्याँ गर्दै केटाहरू तर्क-वितर्क गरिरहेका थिए। आशिषले गम्भीर हुँदै भन्यो, “कतै त्यो मानिसले हाम्रो ध्यान भड्काउन त खोजेको होइन? गाउँतिरै फर्कौँ।”
०००
गैंडाकोट-४, नवलपुर

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

भुमिका गैरे तिमिल्सिना लघुकथा

यो पनि पढ्नुहोस्...

लघुकथा: पारदर्शीता | विवेक दुलाल क्षेत्री “दमक” | हाम्रो कथाघर

लघुकथा: समाज | ईश्वर पोखरेल | हाम्रो कथाघर

लघुकथा: कमलिकान्त जिन्दावाद! | डा. नवीनबन्धु पहाडी | हाम्रो कथाघर

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

लघुकथा: दृष्टिविकास | हाम्रो कथाघर

लघुकथा: कुसंस्कार | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १३ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग – अङ्क: १२ | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १२

भर्खरै

लघुकथामा एक प्रयोग अङ्क: १८ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २९, २०८२

स्मार्ट कविता श्रृङ्खला ४७ | हाम्रो कथाघर

भदौ २९, २०८२

गजल श्रृङ्खला २६ | हाम्रो कथाघर

भदौ २९, २०८२

दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वीको’ विधिवत् लोकार्पण

भदौ २४, २०८२

लघुकथामा एक प्रयोग अङ्क – १७ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २२, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.