तिमीले उता देखि हेर्यौ
मैले यता देखि हेरेँ,
तिमीले झुकेर हेर्यौ
मैले लुकेर हेरेँ
यो कस्तो हेराई हो?
जुन हेराइले –
तिमीप्रति आफ्नोपनको महसुस गराउने
कता कता मनमा
माया पलाए झैं हुने
अलि अलि लजाउन मन लाग्ने
अनुशासित देखाउन मन लाग्ने
कतै हामी
त्यो प्रेममा त परेनौं ?
तिम्रा ती
ठूला ठूला आँखाको हेराई
गुलाबी ओठको मुस्कान,
हरलक्क बढेको त्यो जीउ,
कोमल कोमल औंलाहरू
छुँदा पनि दाग लाग्ने जस्ता
तिम्रा ती गाला,
बारम्बार हेरिरहेँ हेरिरहेँ
हेर्दाहेर्दै
समयका प्रहरहरु फेरिँदै गए
बोल्न सकेनौं
तर,
मेरा आँखाहरुमा
हेरेर थाक्ने संकेत पटक्कै देखिएन
लाग्छ अझै हेरिरहुँ
भविष्यमा पनि हेर्न पाऊँ
हेर्ने तिमी र म
र छुट्टिने पनि तिमी र म,
अब कसलाई सोध्नु खै?
अउटा प्रश्न भने
मनमा उठिरहेछ
आखिर प्रेम हो?


