तिमीले उता देखि हेर्यौ
मैले यता देखि हेरेँ,
तिमीले झुकेर हेर्यौ
मैले लुकेर हेरेँ
यो कस्तो हेराई हो?
जुन हेराइले –
तिमीप्रति आफ्नोपनको महसुस गराउने
कता कता मनमा
माया पलाए झैं हुने
अलि अलि लजाउन मन लाग्ने
अनुशासित देखाउन मन लाग्ने
कतै हामी
त्यो प्रेममा त परेनौं ?
तिम्रा ती
ठूला ठूला आँखाको हेराई
गुलाबी ओठको मुस्कान,
हरलक्क बढेको त्यो जीउ,
कोमल कोमल औंलाहरू
छुँदा पनि दाग लाग्ने जस्ता
तिम्रा ती गाला,
बारम्बार हेरिरहेँ हेरिरहेँ
हेर्दाहेर्दै
समयका प्रहरहरु फेरिँदै गए
बोल्न सकेनौं
तर,
मेरा आँखाहरुमा
हेरेर थाक्ने संकेत पटक्कै देखिएन
लाग्छ अझै हेरिरहुँ
भविष्यमा पनि हेर्न पाऊँ
हेर्ने तिमी र म
र छुट्टिने पनि तिमी र म,
अब कसलाई सोध्नु खै?
अउटा प्रश्न भने
मनमा उठिरहेछ
आखिर प्रेम हो?
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।