(छन्द: मन्दाक्रान्ता)
काला सेता गडगड गरी कुद्दछन् कार राम्रा ।
आहा! कस्ता लयमय बडा देशका राेड हाम्रा ।।
ट्याँ ट्याँ ट्यीँ ट्यीँ गरिकन यहाँ बज्दछन् नित्य बाजा ।
हिंड्दा घुम्दा मन नभरिने राजधानी छ ताजा ।।१
गाडी गुड्दा पछि पछि धुलो घुम्दछन् फन्किएर ।
मान्छे खोक्दै मुखभर छिर्यो भन्दछन् झन्किएर ।।
हिंड्दा हिंड्दै टमटम भयो पेट याे आज हाम्रो ।
हिँड्दा घुम्दा मन नभरिने राजधानी छ राम्रो ।।२
घुम्दै जाँदा नदि बगरमा फैलिने त्यी सुगन्ध ।
यी थुप्राले झनझन थपे वासना मन्द मन्द ।।
आहा! यस्ता कुन शहरमा सिर्सिरे छन् सुवास ।
हिँड्दा घुम्दा मन नभरिने राजधानी छ खास ।।३
पर्देशीले परिसर भरी लाउँछन् माक्स जोडी ।
घुम्छ्न् फिर्छन् निति नियममा दायरा यो नतोडी ।।
यस्ता यस्ता कुन मुलुकमा बन्दछन् संविधान ।
हिँड्दा घुम्दा मन नभरिने राजधानी छ जान ।।४
यी आँखाले हरपल सधैं देख्दछन् तेर्सिएको ।
चाहे होस् त्यो गजुर मठमा त्यो पुरै बाङ्गिएकाे ।।
आँखै राम्रा यस मनुजका हुन् कि यो दृश्य राम्राे ।
हिँड्दा घुम्दा मन नभरिने राजधानी छ हाम्रो ।।५
❈❈❈
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।