Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

नवपुस्ता कथा: माटोका सन्तान | हाम्रो कथाघर

साउन १०, २०८२

लघुकथा: पैसा | हाम्रो कथाघर

साउन ९, २०८२

लघुकथा: ऊ अझ हेरिरहेछ! | हाम्रो कथाघर

साउन ९, २०८२

लघुकथा: इमेज | हाम्रो कथाघर

साउन ९, २०८२

लघुकथा: समाजसेवी | हाम्रो कथाघर

साउन ९, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » कथा: ब्रह्माण्डको विचरण

कथा: ब्रह्माण्डको विचरण

आख्यान - कथा
सत्यजीतसत्यजीतफाल्गुन १९, २०८१1K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

प्रथम खण्ड: सृष्टिको प्रारम्भ

सृष्टिको पहिलो झिल्को कहिले बल्यो? यसको उत्तर खोज्ने प्रयत्न मानव इतिहासदेखि नै सुरु भएको हो। जब मानिसले रातको अँध्यारोमा ताराहरूको झिल्को देख्यो, उसले सोध्यो- ती झिल्काहरू कहाँबाट आए? यो प्रश्नले मात्रै होइन, यो यक्ष प्रश्नले खडा गरेको चकित भावनाले पनि सृष्टिको अध्ययनको आधार तयार गर्‍यो।

सत्यजीत, एक जिज्ञासु विचारक र वैज्ञानिक दृष्टिकोण भएको व्यक्ति, सृष्टिको मूल रहस्य पत्ता लगाउन आफ्नो जीवन समर्पित गर्ने दृढताका साथ अघि बढ्यो। एक दिन, जब उसले पुरानो पुस्तकालयका धुलाम्मे किताबहरू पल्टाउँदै थियो, त्यसमा “महाशक्ति” को एउटा परिभाषा भेट्यो, जसले ब्रह्माण्डलाई गति दिने कुरा उल्लेख गरेको थियो। तर के त्यो महाशक्ति केवल ऊर्जा हो त?

सत्यजीतको यो यात्रा सुरु हुँदा, उसलाई साथ दिने दुई पात्र थिए-
जयदेव: एक दार्शनिक, जसले ब्रह्माण्डलाई चेतनाको विशाल महासागरको रूपमा हेर्थ्यो।
अमरजीत: एक वैज्ञानिक, जसले ब्रह्माण्डलाई शुद्ध पदार्थ र ऊर्जाको खेलमात्र मान्थ्यो।

जयदेवको तर्क थियो
“सृष्टि चेतनाको अभिव्यक्ति हो। ऊर्जाले केवल माध्यमको रूपमा काम गर्छ। चेतना नै ब्रह्माण्डको मूल नियम हो।”

तर अमरजीतले यसको कडा खण्डन गऱ्यो
“तिम्रो चेतना कुनै रहस्य होइन, यो केवल न्यूरोनको रासायनिक प्रतिक्रिया हो। सृष्टि कुनै रहस्यमय र अलौकिक शक्तिको वरदान होइन, यो प्राकृतिका ठोस नियमहरूको परिणाम हो।”

यी दुई विचारधाराको संवादले सत्यजीतलाई अझ गहिराइमा पुर्‍यायो।
उसले पत्ता लगाउनुपर्थ्यो-
“सृष्टिको पहिलो कण वास्तवमै कहाँबाट आयो?” त्यसकै उत्तरको खोजीमा, सत्यजीतले ब्रह्माण्डको प्रारम्भको अध्ययन गर्ने योजना बनायो।

दोस्रो खण्ड: महान विस्फोटको रहस्य

सृष्टिको सुरुवातसँग सम्बन्धित सबैभन्दा प्रसिद्ध वैज्ञानिक सिद्धान्त हो- महान विस्फोट।
अमरजीतले यस सिद्धान्तलाई आधार बनाएर सृष्टिको प्रारम्भको विस्तृत व्याख्या गऱ्यो,
“१३.८ अर्ब वर्ष पहिले। ब्रह्माण्डको सम्पूर्ण ऊर्जा र पदार्थ एक अत्यन्त घना र गर्म बिन्दुमा थियो। त्यस बिन्दुमा भएको विस्फोटले समय, स्थान, र पदार्थको निर्माण गर्‍यो।”

उसले थप भन्यो
“सृष्टि कुनै पूर्वनिर्धारित चेतनाको परिणाम होइन। यो ऊर्जा र भौतिक नियमहरूको प्राकृतिक खेल हो।”

तर जयदेवले यो सिद्धान्तलाई भिन्न दृष्टिले हेऱ्यो,
“महान विस्फोट केवल एउटा प्रक्रिया हो। त्यसअघि के थियो? त्यो बुझ्नको लागि हामी चेतनाको मूल प्रकृतिलाई बुझ्नुपर्छ। चेतना र ऊर्जा एउटै सिक्काका दुई पाटा हुन्। महान विस्फोट भन्नु चेतनाको पहिलो झिल्को हो।”

यस विषयमा थप गहिरो अनुसन्धान गर्न, अमरजीतले एउटा प्रयोगशाला तयार गर्‍यो, जहाँ उसले ऊर्जाको प्रारम्भिक अवस्था पुनर्निर्माण गर्ने प्रयास गर्‍यो।
तर जयदेवले चेतावनी दियो,
“ऊर्जा केवल रूपान्तरण भइरहन्छ। यसको उत्पत्ति जान्नको लागि तिमीले चेतनालाई बुझ्नुपर्छ।”

यस्तो बहसबीच, सत्यजीतले एउटा चकित पार्ने तथ्य पत्ता लगायो,
ऊर्जाको तरङ्गभित्र लुकेको सूचना।

यस खोजले एक नयाँ सम्भावनाको ढोका खुलायो,
ब्रह्माण्डीय ऊर्जा कुनै स्वसञ्चालित प्रणाली मात्र नभएर निर्देशित प्रक्रिया थियो।
तर यो निर्देशन कोबाट आयो?

सत्यजीतको अनुसन्धान अझै गहिरिँदै गयो। उसले ब्रह्माण्डको नयाँ ईन्जिनियरिङलाई खोतल्ने प्रयास गर्यो।

तेस्रो खण्ड: सृष्टि र चेतनाको टकराव

सृष्टिको प्रारम्भबारे भएका सिद्धान्तहरू छलफल गर्दै गर्दा, जयदेव र अमरजीतबीचको बहसले झनै उग्र रूप लिन थाल्यो।
अमरजीतले दावी गर्‍यो,
“सृष्टिको नियमहरू पूर्णतः वैज्ञानिक हुन्। चेतना कुनै भौतिक प्रमाण बिना केवल एक कल्पना हो।”

जयदेवले उत्तर दियो,
“तिम्रो विज्ञानले चेतनाको अस्तित्वलाई अझै मापन गर्न सकेको छैन। चेतना कुनै भौतिक तत्व होइन, यो ब्रह्माण्डीय नियमको आधारभूत सार हो।”

यस बहसले सत्यजीतलाई एउटा नयाँ उपकरण बनाउन प्रेरित गर्‍यो- “चेतना स्क्यानर”।
यो उपकरणले ब्रह्माण्डीय ऊर्जाको तरङ्गभित्र लुकेको संकेतहरू विश्लेषण गर्न सक्थ्यो।

जब यो स्क्यानरले पहिलोपटक काम गर्‍यो, परिणामले सबैलाई आश्चर्यचकित पार्‍यो।

यसले ऊर्जा मात्र होइन, ऊर्जा निर्देशित गर्ने सूचना तरङ्गहरू पनि देखायो।

यी तरङ्गहरूले चेतनाको उपस्थिति र यसको नियमहरूको संकेत दिएको थियो।

अमरजीतले यो परिणामलाई वैज्ञानिक दृष्टिकोणबाट बुझ्ने प्रयास गर्‍यो।
तर जयदेवले भन्यो,
“यो प्रमाण हो कि ब्रह्माण्ड केवल ऊर्जा मात्र होइन। यो चेतनात्मक निर्देशनको परिणाम हो।”

सत्यजीत यो निचोडमा पुग्यो;
“सृष्टि ऊर्जा प्रमुख कारण हो, तर आजको युगमा नयाँ चेतनासहितको संयुक्त अध्ययन बिना नयाँ तथ्य पत्ता लगाउने कार्य अधुरो हुन्छ।”

चौंथो खण्ड: सभ्यताको उत्पत्ति र संघर्ष

सृष्टिको प्रारम्भबारेको अनुसन्धानसँगै सत्यजीतले यो बुझ्यो कि ब्रह्माण्डका कुनाकाप्चामा मात्र पदार्थ र ऊर्जाका साथसाथै चेतनाका स्वरूपहरू पनि विकसित भएका थिए। यी स्वरूपहरू सभ्यताको विकास सँगै विकसित भएका हुन। तर सभ्यताको उदय मात्र नभएर, तिनको बीचमा भएको संघर्षको पनि इतिहास थियो।

सत्यजीतले महासंघका अभिलेखहरूको अध्ययन गऱ्यो, जसमा ब्रह्माण्डभर फैलिएका सभ्यताहरूको विस्तृत विवरण भेटियो।
महासंघका अनुसार, प्रारम्भमा ती सभ्यताहरू पृथक् रूपमा स्वतन्त्र र स्वतःस्फूर्त रूपले विकसित भए।
तर सभ्यताहरूबीचको द्वन्द्व तब सुरु भयो, जब केही सभ्यताले आफूलाई “सृष्टिको केन्द्र” घोषणा गरे।

प्रमुख सभ्यता र तिनका दृष्टिकोणहरू

१. नेओपोलिस सभ्यता:
यो सभ्यता शुद्ध विज्ञानमा आधारित थियो। उनीहरूको विश्वास थियो कि सृष्टिको प्रत्येक प्रक्रिया भौतिक नियमहरूको खेल हो। उनीहरूले चेतनालाई मात्र एक जैविक प्रतिक्रिया मान्थे। उनीहरू प्रगतिशील वैज्ञानिक अनुसन्धानमार्फत ब्रह्माण्डका नियमहरूमा पूर्ण अधिकार जमाउन चाहन्थे।

२. एल्डरियन सभ्यता:
एल्डरियन सभ्यताले ब्रह्माण्डलाई चेतनाको महासागरको रूपमा देख्थ्यो। उनीहरूको तर्क थियो कि ब्रह्माण्डीय चेतना मात्र भौतिक प्रक्रियामा सीमित छैन, यसले आत्मिक अनुभव र विकासलाई पनि मार्गदर्शन गर्छ।

३. ल्यूमिनस सभ्यता:
ल्यूमिनस सभ्यता ऊर्जाको शुद्ध स्वरूपका पूजक थिए। उनीहरूको विश्वास थियो कि ऊर्जा नै परम सत्य हो, र यसलाई नै केन्द्रमा राखेर ब्रह्माण्डीय जीवनलाई चलाउन सकिन्छ।

द्वन्द्वको उदय:
यी सभ्यताहरू बीचको भिन्नताले महासंघलाई विभाजित गऱ्यो। नेओपोलिसले एल्डरियनको चेतनात्मक दृष्टिकोणलाई खारेज गरे। एल्डरियनले नेओपोलिसको मेशिनीय सोचलाई “निर्जीव” भने र ल्यूमिनसले दुवैलाई चेतावनी दियो;
“ऊर्जाको स्रोत समाप्त भए, सृष्टि स्वयं समाप्त हुनेछ।”

सत्यजीतले यी सभ्यताहरूलाई सहकार्य गर्न आह्वान गर्‍यो।
उसले भन्यो- “हामीले ब्रह्माण्डलाई एकीकृत रूपमा बुझ्नुपर्छ। पदार्थ, ऊर्जा र चेतनाका नियमहरू एकअर्कामा निर्भर छन्। यो द्वन्द्वले सृष्टिको विनाश निम्त्याउन सक्छ।”

तर सभ्यताहरूबीचको विचारधाराको पराकम्पनले यो सहकार्य चुनौतीपूर्ण बनाउदैथ्यो।

पाँचौं खण्ड: ब्रह्माण्डीय ज्ञानको पुनर्जागरण

सत्यजीतले के कुरा पत्ता लगायो भने ब्रह्माण्डीय ज्ञान, अनुसन्धान र अन्वेषण बिना कुनै पनि रहस्यमय घटनाको वैज्ञानिक पुष्टिकरण गर्न सकिदैन। महासंघका सभ्यताहरूको गहन अनुसन्धान गर्न सबै सभ्यताको एकीकृत अध्ययनबाट मात्रै सम्भावना हुन्छ।

महासंघका सभ्यताहरूबीचको द्वन्द्व समाधान गर्न, जयदेवले एउटा नयाँ प्रस्ताव राख्यो- उसले ब्रह्माण्डको एक पुरानो सभ्यताको ‘ब्राह्मण’ सभ्यताको अध्ययन गर्न सुझाव दियो।

ब्राह्मण सभ्यता र यसको तीन सिद्धान्त: ब्राह्मण सभ्यता, जसको अस्तित्व अज्ञात कालमा लोप भएको थियो, उनीहरूको ज्ञानको लागि परिचित थियो। उनीहरूले तीन प्रमुख सिद्धान्त स्थापना गरेका थिए।

ब्राह्मण सभ्यतामा “वेद” भन्ने शब्द ब्रह्माण्डीय सत्यका नियमहरूको सङ्ग्रहको रूपमा व्याख्या गरिएको थियो।

मन्दिरहरूको स्थापना:
ब्राह्मण सभ्यताले चेतनालाई स्थिर र केन्द्रित गर्न मन्दिरहरू स्थापना गर्न सुरु गरेको थियोे।

ऊर्जाको केन्द्र:
मन्दिरहरूलाई ब्रह्माण्डीय ऊर्जा संकलन गर्ने केन्द्रका रूपमा बनाइएको थियोे। मन्दिरभित्र ध्यान, मन्त्र र ऊर्जा प्रवाहलाई सन्तुलित गर्न विशेष विधिहरू अपनाइन्थ्यो।

महायज्ञ:
ब्राह्मण सभ्यतामा यज्ञलाई चेतनाको शुद्धीकरण र ब्रह्माण्डीय ऊर्जासँग संवाद गर्ने प्रक्रिया मानिन्थ्यो। यज्ञद्वारा पृथ्वी र ब्रह्माण्डीय ऊर्जाबीचको सम्पर्क कायम गरिन्थ्यो। यज्ञले चेतना र ऊर्जा बीचको सन्तुलन कायम गर्ने विश्वास गरिन्थ्यो।

जयदेवले भने-
“मन्दिर भनेको ब्रह्माण्डीय ऊर्जालाई पृथ्वीमा ल्याउने एउटा द्वार हो। यसले चेतनाको मार्ग देखाउँछ।”

अमरजीतले भने-
“यज्ञ र तपलाई आधुनिक वैज्ञानिक अभ्यासहरूसँग तुलना गर्दा, ब्रह्माण्डीय ऊर्जाको प्रयोग र व्यवस्थापनमा यसले झनै भ्रष्टिकरण गर्छ।”

सत्यजीतले गम्भीरताका साथ जयदेव र अमरजीतको विचार सुने। उनले जयदेवतिर फर्केर भने-

“मन्दिर भनेको के हो? केवल पत्थर, धातु र मानव श्रमले निर्माण गरिएको भौतिक संरचना। यसलाई ब्रह्माण्डीय ऊर्जाको ‘द्वार’ भन्नु केवल मानव कल्पनाको विस्तार मात्रै हो। यदि ब्रह्माण्डीय ऊर्जा वास्तवमै छ भने, त्यसले कुनै संरचनाको आवश्यकता पर्दैन। त्यो हाम्रा श्वास-प्रश्वासमा, हाम्रो शरीरको प्रत्येक कोशिकामा, र हाम्रो वरिपरि रहेको प्रत्येक अणुमा पहिले नै छ। ऊर्जा कुनै खास स्थानमा केन्द्रित हुने कुरा होइन। यो सर्वव्यापी छ। त्यसैले, मन्दिरलाई ब्रह्माण्डीय चेतनाको केन्द्र मान्नु तर्कसङ्गत छैन। यज्ञ र तपले उर्जा सन्तुलन होइन वातावरण प्रदुषण गर्छ, यी सबै केवल मानिसका भावना र विश्वासलाई व्यवस्थित गर्ने प्रयास मात्र हो।”

सत्यजीतले ब्राह्मण्डीय चेतलाई विकसित थप गर्न तीन तर्क पेश गरे।

१. ऊर्जाको चक्र (Cycle of Energy):
ऊर्जालाई नष्ट गर्न सकिँदैन, यसलाई केवल रूपान्तरण गर्न सकिन्छ। ब्रह्माण्डीय सन्तुलनको लागि ऊर्जा निरन्तर चक्रमा रहनुपर्छ।

२. चेतनाको प्रवाह (Flow of Consciousness):
चेतना स्थिर हुँदैन। यो ऊर्जाका माध्यमबाट ब्रह्माण्डभरि फैलिन्छ। चेतनाको प्रवाह बिग्रिए, ब्रह्माण्डीय ऊर्जा असन्तुलित हुन थाल्छ।

३. सह-अस्तित्वको नियम (Law of Co-Existence):
ब्रह्माण्डीय तत्वहरू-ऊर्जा, चेतना र नियमहरू-एकअर्कालाई सम्हालेर राख्छन्। तिनको सह-अस्तित्व भङ्ग भए, सृष्टि खतरामा पर्छ।

सत्यजीतले भने यी सिद्धान्तहरू महासंघका सभ्यताहरूबीचको विवाद समाधान गर्न प्रयोग गर्यौं।
उनले थपे-
“हामीले यी सिद्धान्तलाई बुझ्नुपर्छ। ऊर्जा र चेतना केवल भिन्न तत्वहरू होइनन्। तिनीहरू सह-अस्तित्वको अभिन्न हिस्सा हुन्।

छैटौँ खण्ड: बहुब्रह्माण्डको सिद्धान्त

सत्यजीतले आफ्नो अनुसन्धानको क्रममा एउटा अद्भुत तथ्य पत्ता लगायो।
उसले महसुस गर्‍यो कि ब्रह्माण्ड केवल एक होइन।

बहुब्रह्माण्डको अवधारणा:
सत्यजीतको प्रयोग र अध्ययनले सङ्केत गर्‍यो कि असंख्य ब्रह्माण्डहरू परस्पर सम्बन्धित छन्। यी ब्रह्माण्डहरूमा चेतना, ऊर्जा र पदार्थको सन्तुलन भिन्न-भिन्न किसिमले कायम छ।

तर समस्याको मूल थियो-
ब्रह्माण्डहरूबीचको चेतना र ऊर्जाको असन्तुलन।
यदि कुनै एक ब्रह्माण्डमा सन्तुलन बिग्रियो भने, त्यसको प्रभाव अर्को ब्रह्माण्डमा पनि पर्छ।

विनाशको सम्भावना:
सत्यजीतले चेतावनी दियो;
“यदि बहुब्रह्माण्डीय सन्तुलन बिग्रियो भने, केवल एउटा ब्रह्माण्ड होइन, सम्पूर्ण ब्रह्माण्डीय प्रणाली विनाशमा जान सक्छ।”

तर यस सन्तुलनलाई कसरी कायम राख्ने?
जयदेवले यसलाई चेतनाको प्रवाहको नियन्त्रणबाट सम्भव देख्यो।
अमरजीतले ऊर्जाको चक्रलाई व्यवस्थित गर्न वैज्ञानिक समाधान खोज्न थाल्यो।
तर सत्यजीतले महसुस गर्‍यो कि यी दुवै दृष्टिकोण पर्याप्त थिएनन्।

सत्यजीतले भने;
“हामीले बहुब्रह्माण्डलाई एकीकृत रूपमा बुझ्नुपर्छ। यो केवल एउटा वैज्ञानिक सिद्धान्त होइन। यो सृष्टिको गहिरो नियम हो।”

सातौँ खण्ड: अराजक चेतनाको उदय

सत्यजीतले चेतनाका लहरहरूको अध्ययन गर्दै जाँदा एउटा अकल्पनीय तथ्य पत्ता लगायो। ब्रह्माण्डमा कुनै बेला सिर्जना भएको, तर पछि परित्यक्त “अराजक चेतना” (Chaotic Consciousness) सक्रिय हुँदै थियो। यो चेतना कुनै सभ्यताको नियन्त्रित र सिर्जित चेतना थिएन। यसको संरचना अनियमित, असन्तुलित र अराजक थियो।

अराजक चेतनाको स्वरूप; यो चेतनाले ऊर्जाको प्राकृतिक चक्रलाई तोड्न सक्ने क्षमता राख्थ्यो।

यो कुनै उद्देश्य वा आदर्शबाट निर्देशित थिएन, केवल विनाश र अव्यवस्था फैलाउनु यसको मूल प्रकृति थियो।

यसले ब्रह्माण्डका कमजोर सभ्यताहरूमा कब्जा गर्दै तिनीहरूलाई विनाशक शक्तिमा बदल्ने प्रयास गरिरहेको थियो।

सत्यजीतले यो चेतनाको तरङ्ग पहिचान गर्न सफल भयो।
तर उसको टोली अराजक चेतनाको उद्देश्य बुझ्न असमर्थ थियो।

जयदेवले चेतावनी दियो;
“यो चेतना कुनै अनायास घटना होइन। यो ब्रह्माण्डीय चेतनात्मक प्रवाहमा आएको अनियमितताको परिणाम हो।”

अमरजीतले यसलाई प्राविधिक कोणबाट व्याख्या गर्न खोज्यो;
“यो कुनै प्राचीन सभ्यताले बनाएको चेतनात्मक प्रणाली हुनसक्छ, जसले आफ्नो सन्तुलन गुमाएपछि स्वतन्त्र र विनाशक बनेको छ।”

खतरा नजिक; यो चेतनाले ब्रह्माण्डका केही भागमा ऊर्जाको सन्तुलनलाई बिगार्न थालिसकेको थियो।
सत्यजीतले महसुस गर्‍यो कि यदि यसलाई रोकिएन भने, ब्रह्माण्डीय सन्तुलन भत्कनेछ र यसले बहुब्रह्माण्डीय विनाश निम्त्याउन सक्छ।

सत्यजीतले महासंघमा यो खतरा प्रस्तुत गर्दै भने;
“अराजक चेतना हाम्रो साझा अस्तित्वका लागि सबैभन्दा ठूलो चुनौती हो। हामीले यसविरुद्ध सामूहिक रूपमा काम गर्नुपर्छ।”

आठौँ खण्ड: महासंघको तयारी

सत्यजीतको चेतावनीले महासंघमा खलबली मच्चायो।
महासंघका सभ्यताहरूले अराजक चेतनाको विरुद्ध लड्न योजना बनाउन थाले। तर यो सजिलो थिएन।

महासंघका समस्या

सभ्यताहरूबीच अविश्वास: नेओपोलिस सभ्यता अराजक चेतनालाई दार्शनिक भ्रम मान्थ्यो।

एल्डरियनले यसलाई चेतनात्मक विकृति (Conscious Aberration) भनेर स्वीकारे पनि, तिनीहरूको तयारी असन्तोषजनक थियो।

ल्यूमिनसले यो खतरा ब्रह्माण्डीय ऊर्जाको “पवित्र चक्र” बिग्रँदा भएको ठहर गऱ्यो।

सामूहिक रणनीतिको अभाव:
महासंघका सभ्यताहरूबीचको पुरानो मतभेदले यो संकटलाई सामूहिक रूपमा समाधान गर्न कठिन बनायो।

सत्यजीतको प्रयास: सत्यजीतले महासंघलाई एकीकृत गर्न जयदेव र अमरजीतको सहयोग माग्यो।

जयदेवको चेतनात्मक दृष्टिकोण:
जयदेवले अराजक चेतनालाई नियन्त्रण गर्न ब्रह्माण्डीय चेतनाको शक्ति केन्द्रित गर्नुपर्ने सुझाव दियो।
उसले पुराना ब्राह्मण सभ्यताको सिद्धान्तलाई लागू गर्दै महासंघलाई एकता र सहकार्यको महत्व सम्झायो।

अमरजीतको वैज्ञानिक समाधान:
अमरजीतले “ऊर्जा अवरोध प्रणाली” (Energy Blockade System) निर्माण गर्ने प्रस्ताव राख्यो। यसले अराजक चेतनाको ऊर्जालाई नियन्त्रण गर्न मद्दत गर्न सक्थ्यो।

नयाँ प्रविधि र योजना

सत्यजीतले जयदेव र अमरजीतको विचारहरूलाई एकीकृत गर्दै दुईवटा ठूला परियोजना सुरु गर्‍यो।

चेतनात्मक सञ्जाल (Consciousness Network);
महासंघका सभ्यताहरूबीच चेतनात्मक सञ्चार र सहयोगको सञ्जाल निर्माण गर्न थालियो।

ऊर्जा प्रवाह नियन्त्रक (Energy Flow Regulator);
अमरजीतको आविष्कारले अराजक चेतनाको ऊर्जालाई रोक्न सक्ने सम्भावना देखियो। तर समस्या जटिल हुँदै थियो। अराजक चेतना तीव्र गतिमा फैलिँदै थियो।

नवौँ खण्ड: ऊर्जा युद्धको सुरुवात

सत्यजीत र महासंघका सभ्यताहरूले अराजक चेतनालाई रोक्ने प्रयास गरे। तर यो चेतना कुनै सामान्य शक्ति थिएन। यो लगातार ऊर्जाको सन्तुलनलाई तोड्दै थियो।

युद्धको शुरुवात:
अराजक चेतनाले ब्रह्माण्डका केही कमजोर भागहरूमा कब्जा जमाउँदै ऊर्जा स्रोतहरू नियन्त्रण गर्न थाल्यो। यसले ल्यूमिनस सभ्यताको ऊर्जा स्रोतमा आक्रमण गर्यो। नेओपोलिसका अनुसन्धान केन्द्रहरूमा अराजक चेतनाको प्रवेश भयो। यसले महासंघका सभ्यताहरूलाई प्रत्यक्ष रूपमा एकजुट गरायो।

सत्यजीतले भने-
“यो केवल ब्रह्माण्डीय चेतनाको युद्ध होइन, यो हाम्रो अस्तित्वको लागि संघर्ष हो। हामीले यसलाई रोक्न सबै स्रोत प्रयोग गर्नुपर्छ।”

महासंघको रणनीति

ऊर्जा सुरक्षा पर्खाल (Energy Shield): अमरजीतले ऊर्जा अवरोध प्रणालीलाई सक्रिय गर्यो, जसले अराजक चेतनाको प्रभावलाई केही हदसम्म रोक्न सक्थ्यो।

चेतनात्मक आक्रमण (Conscious Counter-Attack): जयदेवले चेतनात्मक सञ्जालमार्फत अराजक चेतनाको केन्द्रमा मानसिक आक्रमण गर्ने योजना बनायो।

विनाशको प्रारम्भ: तर अराजक चेतनाले आफ्नो शक्तिलाई तीव्र गतिमा विस्तार गर्दै महासंघका केही सभ्यताहरूलाई पूर्ण रूपमा नष्ट गर्‍यो। यो ऊर्जा युद्ध अब केवल सभ्यताहरूको अस्तित्वको लागि मात्र नभएर, सम्पूर्ण ब्रह्माण्डीय सन्तुलनको लागि खतरामा परिणत भयो।

सत्यजीतले महसुस गर्‍यो कि यो केवल युद्धको शुरुवात थियो। यदि यो चेतनालाई तुरुन्त नियन्त्रण गरिएन भने, सृष्टिको अस्तित्व समाप्त हुनेछ।

दशौँ खण्ड: ब्रह्माण्डीय सन्तुलनको खोजी

अराजक चेतनाको तीव्र आक्रमणले महासंघका सभ्यताहरूलाई गम्भीर संकटमा पारेको थियो। यसको उर्जाको प्रवाहलाई रोक्ने कुनै प्रभावकारी समाधान अझै भेटिएको थिएन। सत्यजीतले यस समस्याको समाधानका लागि दिनरात काम गर्न थाले।

ब्रह्माण्डीय स्थिरीकरण यन्त्रको परिकल्पना:
जयदेव र अमरजीतले मिलेर एउटा नयाँ अवधारणा ल्याए “ब्रह्माण्डीय स्थिरीकरण यन्त्र” (Cosmic Stabilizer)। यो उपकरणले बिग्रेको ऊर्जाको प्रवाहलाई सन्तुलनमा ल्याउन सक्छ। अमरजीतले यस यन्त्रलाई वैज्ञानिक आधारमा निर्माण गर्न प्रस्ताव राख्यो, जसमा ऊर्जा तरङ्गहरूलाई पुनः निर्देशित गरेर ब्रह्माण्डीय सन्तुलन बहाल गर्न सकिने थियो। जयदेवले यसलाई चेतनात्मक दृष्टिकोणबाट व्याख्या गर्दै भन्यो “यस यन्त्रले ब्रह्माण्डीय चेतनाको अराजकतामा स्थिरता ल्याउन सक्छ। तर यसको सञ्चालन केवल शुद्ध चेतनाका धारकले गर्न सक्छ।”

यन्त्रको परीक्षण:
सत्यजीतको नेतृत्वमा यन्त्र तयार गरियो। यसको पहिलो परीक्षणले सकारात्मक परिणाम देखायो। तर समस्या अझै बाँकी थियो। यन्त्रले अराजक चेतनाको सन्तुलनलाई ठीक त गर्न सक्थ्यो, तर यसको शक्ति कमजोर पार्न असमर्थ थियो। यन्त्रलाई पूर्णरूपमा सफल बनाउन, यसमा अत्यन्त शक्तिशाली ऊर्जा स्रोत चाहिन्थ्यो।

सत्यजीतले महासंघका सभ्यताहरूलाई भन्यो-
“हामीले यो यन्त्र चलाउन सबै सभ्यताहरूको सहयोग र एकीकृत ऊर्जाको आवश्यकता छ। यो हाम्रो अन्तिम अवसर हो।”

महासंघ एकजुट भयो।
यन्त्रले केही भागमा सन्तुलन बहाल गर्न सुरु गर्‍यो। तर अराजक चेतनाको शक्ति यस यन्त्रभन्दा धेरै शक्तिशाली थियो।

एघारौँ खण्ड: सृष्टिको अन्तिम चुनौती

ब्रह्माण्डीय सन्तुलन केही हदसम्म कायम राख्न सफल भए पनि अराजक चेतनाको शक्ति दिनदिनै बढ्दै गइरहेको थियो। यसले महासंघका सभ्यताहरूलाई कमजोर बनाउँदै तीव्र गतिमा आक्रमण गरिरहेको थियो।

चेतनाको अन्तिम शक्ति:
अराजक चेतनाले आफ्नो अन्तिम शक्ति प्रयोग गर्न थाल्यो। यसले ब्रह्माण्डीय नियमहरूलाई नै चुनौती दिने प्रयास गर्‍यो। यसले ऊर्जाको मूल स्रोत (Cosmic Core) मा कब्जा जमाउने प्रयास गर्‍यो। यदि यो सफल भएमा, ब्रह्माण्डीय नियम पूर्ण रूपमा भत्कने थियो, जसले सम्पूर्ण ब्रह्माण्डलाई नष्ट पार्न सक्थ्यो। सत्यजीतले महसुस गरे कि यो अराजक चेतनालाई परास्त गर्न तत्काल ठोस कदम चाल्नुपर्छ।

महासंघको अन्तिम योजना

जयदेवले सुझाव दियो-
“हामीले अराजक चेतनाको मूल स्रोतमा आक्रमण गर्नुपर्छ। यो कुनै सामान्य चेतना होइन, यो ब्रह्माण्डीय नियमहरूको एक विकृत रूप हो। यसलाई परास्त गर्न, हामीले हाम्रो चेतनात्मक शक्ति प्रयोग गर्नुपर्छ।”

अमरजीतले यो योजनामा वैज्ञानिक दृष्टिकोण समावेश गर्दै भन्यो-
“हामीले ब्रह्माण्डीय स्थिरीकरण यन्त्रलाई सुधार गर्नुपर्छ। यसलाई केवल सन्तुलन बहाल गर्ने उपकरण होइन, अराजक चेतनाको ऊर्जा विसर्जन गर्न प्रयोग गर्नुपर्छ।”

अन्तिम संघर्ष:
महासंघले सबै सभ्यताहरूको एकीकृत शक्ति प्रयोग गरी अन्तिम योजना लागू गर्न थाल्यो। तर अराजक चेतनाले महासंघको प्रयत्नलाई भङ्ग गर्न बारम्बार आक्रमण गरिरहेको थियो।

सत्यजीतले महासंघलाई सम्हाल्दै भन्यो- “हामीसँग धेरै समय छैन। यो हाम्रो अस्तित्व र भविष्यको लागि निर्णायक क्षण हो।”

बाह्रौँ खण्ड: जयदेवको आत्मसमर्पण

युद्धले महासंघलाई थकित बनाउँदै गइरहेको थियो।
अराजक चेतनाको शक्ति अन्ततः ऊर्जाको मूल स्रोत (Cosmic Core) सम्म पुग्न सफल भयो।

जयदेवको निर्णय:
जयदेवले महसुस गर्‍यो कि अराजक चेतनालाई परास्त गर्न एकमात्र उपाय उसको आफ्नै चेतनालाई बलिदान गर्नु थियो। उसले सत्यजीत र अमरजीतलाई भन्यो, “यो चेतनालाई केवल समान चेतनाको शक्ति प्रयोग गरेर रोक्न सकिन्छ। म मेरो चेतना ब्रह्माण्डीय ऊर्जा सन्तुलनमा विलीन गर्नेछु। यसले यस अराजक शक्तिलाई नियन्त्रणमा ल्याउन मद्दत गर्नेछ।”

सत्यजीतले जयदेवलाई रोक्ने प्रयास गर्‍यो-
“जयदेव, तिम्रो चेतनाको आवश्यकता ब्रह्माण्डलाई मात्र होइन, सभ्यताहरूलाई पनि छ। के हामी अर्को उपाय खोज्न सक्दैनौं?” तर जयदेव दृढ थियो- “मेरो चेतना यस ब्रह्माण्डका लागि एउटा हिस्सा मात्रै हो। यो ब्रह्माण्डीय सन्तुलन बहाल गर्न बलिदान आवश्यक छ।”

चेतनाको विलय:
जयदेवले ब्रह्माण्डीय स्थिरीकरण यन्त्रलाई प्रयोग गर्दै आफ्नो चेतनालाई ब्रह्माण्डीय ऊर्जामा विलीन गर्‍यो। यसले अराजक चेतनाको शक्ति कमजोर बनाउँदै त्यसलाई ब्रह्माण्डीय नियमहरूको सन्तुलनमा कैद गर्‍यो।

जयदेवको बलिदानको प्रभाव:
जयदेवको बलिदानले केवल अराजक चेतनालाई परास्त गरेन, यसले महासंघका सभ्यताहरूबीच एकताको भावनालाई पुनः जागृत गरायो। ब्रह्माण्डीय ऊर्जाको प्रवाहलाई स्थिर बनायो। ब्रह्माण्डीय चेतनाको नयाँ युगको आरम्भ गर्‍यो।

सत्यजीतले अन्तिम क्षणमा जयदेवलाई सम्झँदै भन्यो-
“तिम्रो बलिदानले ब्रह्माण्डलाई केवल बचाएन, यसले भविष्यको लागि पनि नयाँ आधारशिला खडा गर्‍यो।”

तेह्रौँ खण्ड: अमरजीतको वैज्ञानिक तथ्यको विजय

जयदेवको बलिदानले अराजक चेतनालाई रोक्न सफल भए पनि, ब्रह्माण्डको ऊर्जात्मक प्रणाली अझै पूर्णरूपमा स्थिर थिएन। यस समस्याको समाधान गर्न, अमरजीतले आफ्नो सम्पूर्ण ध्यान विज्ञानको अन्तिम प्रयोगमा लगायो।

चेतना-ऊर्जा यन्त्रको निर्माण:
जयदेवको चेतना ब्रह्माण्डीय ऊर्जामा विलीन भएपछि, अमरजीतले यसको अवशेषहरूलाई अध्ययन गर्न थाल्यो। यसले एउटा नयाँ खोजको मार्ग खोल्यो- चेतना र ऊर्जा परस्पर सम्बद्ध भएर ब्रह्माण्डीय नियमलाई सन्तुलित राख्न सक्छन्।

अमरजीतले यस्तो यन्त्र बनायो, जसले चेतनात्मक तरङ्गलाई ऊर्जा प्रवाहमा रूपान्तरण गर्न सक्थ्यो। यो यन्त्रले ब्रह्माण्डीय शक्तिलाई एकीकृत गर्न, ऊर्जा र चेतनाको सम्पूर्ण प्रणालीलाई पुनर्स्थापना गर्न सक्षम बनायो।

वैज्ञानिक विजयको परिणाम

यन्त्रको सफल प्रयोगपछि, अमरजीतले महासंघलाई जानकारी दियो- “यो केवल उपकरण होइन। यो ब्रह्माण्डीय चेतनाको प्रतीक हो। यसले विज्ञान र दर्शनबीचको दूरीलाई समाप्त पार्छ।”

यो खोजले अमरजीतलाई ब्रह्माण्डीय विज्ञानको नायक बनायो।
तर उसले जयदेव र सत्यजीतको योगदानलाई स्मरण गर्दै भन्यो- “यो विजय केवल मेरो होइन। यो तिनको हो, जसले आफ्नो जीवन ब्रह्माण्डीय सन्तुलनका लागि समर्पण गरे।”

चौधौँ खण्ड: महासंघको एकता

महासंघको पुनर्निर्माण:
अराजक चेतनालाई परास्त गरेपछि, महासंघका सभ्यताहरूले आफ्नो आन्तरिक द्वन्द्वलाई समाप्त गर्दै सहकार्य गर्न सुरु गरे।

नेओपोलिस सभ्यता (वैज्ञानिक दृष्टिकोण)

एल्डरियन सभ्यता (दार्शनिक चेतना)

ल्यूमिनस सभ्यता (ऊर्जाको सम्बन्धि )

यी सभ्यताहरूले एकीकृत ब्रह्माण्डीय नियम निर्माण गर्ने सत्यजीतको प्रस्तावमा सहमति जनाए।

सत्यजीतको नेतृत्वमा एउटा नयाँ घोषणापत्र जारी गरियो
“ब्रह्माण्डीय सन्तुलन कायम राख्न सभ्यताहरूबीचको सहयोग अपरिहार्य छ।”

महासंघको शपथ:
महासंघका सभ्यताहरूले ब्रह्माण्डीय ऊर्जाको सन्तुलन र चेतनाको सम्मान गर्ने शपथ खाए।
यसले नयाँ युगको सुरुवात गर्‍यो, जसमा सबै सभ्यताहरूले विज्ञान, चेतना र ब्रह्माण्डीय सन्तुलनलाई जीवनको मूल सार माने।

सत्यजीतले महासंघका सभ्यताहरूलाई सम्बोधन गर्दै भन्यो-
“हाम्रो सहकार्यले ब्रह्माण्डलाई विनाशबाट जोगाएको छ। अब हामीले यसलाई अनन्तकालसम्म शान्ति र समृद्धिको बाटोमा डोऱ्याउनु छ।”

पन्ध्रौँ खण्ड: सत्यजीतको उत्तराधिकार

सत्यजीतले सृष्टिको उत्पत्ति, चेतनाको भूमिका र ब्रह्माण्डीय सन्तुलनको गहिराइलाई बुझ्ने मार्ग प्रशस्त गरे। उनले उद्घोष गरे- “सृष्टि कुनै संयोग मात्र होइन। यो पदार्थ, ऊर्जा र चेतनाको सन्तुलन हो। विज्ञानले सत्य देखाउँछ, दर्शनले अर्थ दिन्छ। हामीले यस ब्रह्माण्डलाई जस्तो छ, त्यसरी नै स्वीकार गर्नुपर्छ र त्यसलाई अझ राम्रो बनाउन निरन्तर प्रयास गर्नुपर्छ।”

अमरजीतको वैज्ञानिक दृष्टिकोणलाई एकीकृत गर्दै, सत्यजीतले नयाँ ब्रह्माण्डीय सभ्यताको जग बसाल्यो।

अनन्तकालको प्रेरणा:
सत्यजीतको ज्ञान केवल एक समयको लागि सीमित रहेन। महासंघले उसको योगदानलाई अनन्तकालसम्म स्मरण गर्ने निर्णय गर्‍यो। उसको नाममा ब्रह्माण्डीय शान्ति र सहकार्यको प्रतीक बनाउँदै एउटा नयाँ युगको घोषणा गरियो।

सत्यजीतले अन्त्यमा दुवैलाई सम्बोधन गर्दै भन्यो;
“जयदेव, तिम्रो विश्वासले मानिसको भावना र आत्मालाई सान्त्वना दिन सक्छ। अमरजीत, तिम्रो वैज्ञानिक विश्लेषणले परम्परालाई नयाँ प्रकाशमा हेर्न प्रेरित गर्न सक्छ। तर सत्य के हो भने, पदार्थ, चेतना र ऊर्जा कुनै विशेष विधि वा विश्वासमा सीमित छैन। चेतना हाम्रो मस्तिष्कको उत्पादन हो। ऊर्जा भनेको प्रकृतिको सार्वभौम नियम हो। यसलाई कुनै देवता, मन्दिर, यज्ञ वा तपले नियन्त्रण गर्न सक्दैन। यो केवल विज्ञान, तर्क र अनुसन्धानबाट मात्र बुझ्न सकिन्छ।”

सत्यजीतले आफ्नो अन्तिम सम्बोधनमा भने; “हाम्रो खोज केवल ज्ञानको लागि मात्रै होइन। यो ब्रह्माण्डको सन्तुलनलाई सुरक्षित गर्न हो। विज्ञानले केवल उपकरण दिन्छ, तर सहकार्यले परिवर्तन ल्याउँछ।” साथ-साथै “म केवल सृष्टिको सानो हिस्सा हुँ। तर हाम्रो सहकार्य, विज्ञान, र उन्नत चेतनाको एकताले ब्रह्माण्डलाई नयाँ जीवन दिएको छ। यो यात्रा कहिल्यै समाप्त हुँदैन। यो अनन्तकालसम्म चलिरहनेछ।”
०००
समाप्त

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा ब्रह्माण्डको विचरण सत्यजीत

यो पनि पढ्नुहोस्...

नवपुस्ता कथा: माटोका सन्तान | हाम्रो कथाघर

लघुकथा: पैसा | हाम्रो कथाघर

लघुकथा: ऊ अझ हेरिरहेछ! | हाम्रो कथाघर

लघुकथा: इमेज | हाम्रो कथाघर

लघुकथा: समाजसेवी | हाम्रो कथाघर

अनुवादित लघुकथा: फैसला | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – ११ | हाम्रो कथाघर

कथा: कम्युनिस्टहरू छद्मभेषी बनेपछि | हाम्रो कथाघर

कथा: मुक्कुमलुङ | हाम्रो कथाघर

पाक्षिक लघुकथा अभियान – अंक: १०

भर्खरै

नवपुस्ता कथा: माटोका सन्तान | हाम्रो कथाघर

साउन १०, २०८२

लघुकथा: पैसा | हाम्रो कथाघर

साउन ९, २०८२

लघुकथा: ऊ अझ हेरिरहेछ! | हाम्रो कथाघर

साउन ९, २०८२

लघुकथा: इमेज | हाम्रो कथाघर

साउन ९, २०८२

लघुकथा: समाजसेवी | हाम्रो कथाघर

साउन ९, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.