नहेप्नू मलाई म नारी हुँ एक
स्वयं धर्ती छोप्ने छहारी हुँ एक
रही टम्म मेरा भिजेका सिरानी
निलेकी छु आगो धुपारी हुँ एक
अनेकौं रुझेका परेली लुकाई
भए आयु छोटा बिमारी हुँ एक
मरू उष्ण तापी बगरमा बसेकी
म धर्ती सहेकी सफारी हुँ एक
सबै बीच रम्दै भलोका कुरामा
शुभेच्छा खनाई बिचारी हुँ एक
लिई धर्म प्रेक्षा अहिंसा फिजाई
बनी शान्ति बौद्धी विहारी हुँ एक
धरी रूप चण्डी रहेमा अनौठा
समाली म हिन्दू सिगारी हुँ एक
यहाँ स्नेह बेरी सजाएर माया
म तिम्रै कलाकी पुजारी हुँ एक
०००
नवलपुर गण्डकी प्रदेश


