नहेप्नू मलाई म नारी हुँ एक
स्वयं धर्ती छोप्ने छहारी हुँ एक
रही टम्म मेरा भिजेका सिरानी
निलेकी छु आगो धुपारी हुँ एक
अनेकौं रुझेका परेली लुकाई
भए आयु छोटा बिमारी हुँ एक
मरू उष्ण तापी बगरमा बसेकी
म धर्ती सहेकी सफारी हुँ एक
सबै बीच रम्दै भलोका कुरामा
शुभेच्छा खनाई बिचारी हुँ एक
लिई धर्म प्रेक्षा अहिंसा फिजाई
बनी शान्ति बौद्धी विहारी हुँ एक
धरी रूप चण्डी रहेमा अनौठा
समाली म हिन्दू सिगारी हुँ एक
यहाँ स्नेह बेरी सजाएर माया
म तिम्रै कलाकी पुजारी हुँ एक
०००
नवलपुर गण्डकी प्रदेश
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।