लाग्थ्यो
जिन्दगी आहा! कति रमाइलो
बिहानीको झुल्के घामजस्तो
पूर्णिमाको जुनजस्तो
लाग्थ्यो
जिन्दगी बगैँचामा फुलेको फूलजस्तो
सोच्थेँ – सिँगार्छु अब जिन्दगीलाई
रहरका इन्द्रेणी रङ्गहरूले
जब जिम्मेवारी थपिँदै गए ममाथि
ती रहरहरूलाई कच्याककुचुक पारेर
थन्काइ दिएँ पुरानो अल्मारीमा
र, बनेँ समयको ड्राइभर
ओसार्न थालेँ अनन्त यात्रीहरू
विसौनी कहिल्यै नआउने यात्रामा
ओसारिरहेँ यात्रीहरू
बनाएर आफ्नै छातीलाई मूल सडक
यात्रामा कहिले डुबेँ वेदनाको तलाउमा
कहिले ठोक्किएँ अभावको अक्करे भीरमा
ठडिएँ कहिले अवरोधका पहाड नाकै अगाडि
छिचोल्दै गएँ, पेलेर आफ्नै खुशीहरू
खै,
यात्राको कुन घुम्तीमा पो छुटे सपनाहरू?
दौडिँदा-दौडिँदै पत्तै नपाई
जिन्दगीको नक्शाबाट
थुप्रै-थुप्रै मेटिएछन् उमेरका रङ्गहरू
खाली दौडिएँ मात्रै
र दौडिरहनुलाई नै उपलब्धि ठानेँ
अझ, धर्म–कर्म सप्पै यसैलाई मानेँ
आजभोलि पो सुदूर जिन्दगीलाई फर्केर हेर्छु
कसम होला
मैले त न आफूलाई चिनेँ
न त आफूलाई किनेँ
०००
भोजपुर
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।