Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२

निर्बन्ध प्रेम!

असार १४, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » नन्दलाल आचार्यको उपन्यास: गरूराहा – भाग: ०१

नन्दलाल आचार्यको उपन्यास: गरूराहा – भाग: ०१

आख्यान - उपन्यास
नन्दलाल आचार्यनन्दलाल आचार्यचैत्र ११, २०८१1K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

वि.सं. २०३० असारमा जहडा, उदयपुरमा माता भगवती र पिता विष्णुप्रसाद आचार्यका सुपुत्रका रूपमा जन्मिएका नन्दलाल आचार्य नेपाली साहित्यका एक स्थापित स्रष्टा हुन्। हाल बेलका नगरपालिका–२, सिद्धार्थटोल, गल्फडिया, उदयपुरमा बसोबास गर्दै आएका उनले सानैदेखि नेपाली साहित्य लेखनमा रुचि राख्दै वि.सं. २०५३/५४ देखि विभिन्न पत्रपत्रिकामा आफ्ना लेख तथा रचनाहरू प्रकाशन गर्दै आएका छन्।

साहित्यमा निरन्तर सक्रिय आचार्य नेपाली भाषाका प्रायः सबै विधामा कलम चलाउँछन्। उनका नाटक, समालोचना, निबन्ध, उपन्यास, लघुकथा र कथा विधाका कृतिहरू प्रकाशित छन्। उनले नेपाली साहित्यमा पुर्‍याएको योगदानका लागि एक दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन्।

हाल उनी विभिन्न साहित्यिक पत्रपत्रिका तथा संघ-संस्थामा आबद्ध रही नेपाली साहित्यको सेवामा समर्पित छन्। उनका महत्वपूर्ण कृतिमध्ये “गरूराहा” उपन्यास विशेष रूपमा चर्चित छ, जसलाई जामुनलाल स्मृति प्रतिष्ठान, उदयपुरले वि.सं. २०७६ मा प्रकाशित गरेको थियो। सो उपन्यासलाई हाम्रो कथा घर डट कम अनलाइन पत्रिकाले डिजिटल रूपमा पुनः प्रकाशन गरेको छ।

प्रारम्भ
संसारसँग जुध्नु मानवीय जीवनको परिचय हो । पाइला–पाइलामा जसले ठक्कर खाँदै जीवनका उकाली–ओराली र जङ्घारहरू तरेको छ, जीत उसकै हातमा परेको छ । जित्नेहरू नयाँ काम गरेर पुरस्कारका भागिदार हुँदैनन् । नयाँ तरिका अपनाएर आफूलाई माथि पारिहेका हुन्छन् । हामी जित्नलाई रातोदिन दौडधुप गर्छौँ । परिणाम हातमा उही एकनासे आउँछ– ‘बाँच्न चाहिँ बाँच तर मुस्कान चाहिँ नछर । तिमी पनि मुस्कानका भागिदार हुने भए हाम्रो पतनको दिनगन्ती सुरु हुन्छ ।’

हामी अरूका लागि हाँसो भुलिदिने प्राणी हौँ । हामीहरू बीचकै कथालाई उनेर पौरख देखाउने लालच जन्मन पुग्दा मेरा हातले यी अक्षरहरू जोडिन पुगेका हुन् । यहाँ एउटा कालखण्डको तस्विर देखाउन खोजिएको छ । बिरलैको ध्यान पुगेको मधेसमा त्यसमा पनि त्यसै बिलिन हुन लागेको केही पक्षलाई उठाइएको छ । यसले युधिष्ठिरहरूलाई शिर उच्च पारेर ठम्ठम्ती हिँँड्ने जोस दिन्छ भने दुर्योधनहरूलाई शिर झुकाउन वाध्य पार्ने छ ।

विहान सबेरैदेखि कर्मपथमा जुट्नु, दिउसो केही घण्टा विश्रामको श्वास फेर्नु, साँझतिर कलेजहरू धाउनु र वातावरण अँध्यारिँदै गएपछि तरकारी हटिया छिर्नु मेरो दैनन्दिन थियोे । मेरो चिनजानको संसार सानो थियो । पढेर र सुनेर चिनेकाहरू त मनग्यै थिए । दोहोरो चिनजानका चाहिँ औंलामा गन्न सक्ने जति मात्र थिए । कसै सामु् परेर परिचयको प्रचार गर्न भन्नासाथ जोरजुलुम भएको अनुभूति हुने मजस्तो पर्दाभित्र साहित्यको कखरा सिकिरहेको व्यक्तिका लागि मधेसमा लेख्ने विषयवस्तुको भण्डार फेला परेको छ । कसलाई कसरी समेटूँ भन्ने पिरलो मात्र छ ।

एक दिन लुखुरलुखुर लम्कँदै थिएँ । परीधिय परिचित मित्रको फोन आयो । यस अघि नै उनको एउटा कविताकृति ‘रक्तमुच्छेल अङ्कुरण’ पढिसकेको थिएँ । खारिएको अनुभूतिलाई बलियो धागोमा उनेर कविताको माला तयार पार्ने कवि भनेर उनलाई चिनिसकेको थिएँ । उनकै अर्को कविताकृति ‘मुक्ति सङ्घर्ष’ पाउने कुरा सुनेर मन झन फुरुङ्ग भयो । नभन्दै उनी मोटरबाइकमा आए । उनीसँग एक कलिली युवती समेत थिइन् ।

केही बेर साहित्यिक भलाकुसारी भयो । युवतीचाहिँ अन्यत्रै नजर लगाउँदै थिइन् । मभने मित्रका प्रश्नहरूका सटिक जवाफ फर्काउनमै व्यस्त थिएँ । उनी प्रश्न गरोस् भन्ने चाहन्थे । म भने निःशब्दमै रमाउन खोज्थेँ । उनी मभित्र राम्ररी घुल्न खोज्थे । र, आफ्नो जीवन र जगत् पढाउन चाहन्थे । म भने लुकीछिपी पढ्न चाहन्थेँ । प्रत्यक्ष पढ्न स्वभावैले लजाउँथेँ । ती अपरिचित युवतीको उपस्थितिले मेरा आँखा बिझाइरहेका थिए । मलाई त्यो बसाइ उकुसमुकुस भइरहेको थियो ।

उनले युवतीलाई देखाउँदै भने– “यिनी मेरो जीवन पढ्न आएकी विश्वविद्यालयकी छात्रा हुन् । अहिले मलाई पढिरहेकी छिन् । मेरा जीवनका पत्रपत्र पढ्दै छिन् । समर मैदानमा रहेको सेल्टर शिक्षा आर्जनकै दौडानमा मैले यिनलाई चिनेको हुँ । त्यसै बेलादेखि नै मैले त यिनलाई राम्ररी पढेको हुँ । यिनको नजरमा म अहिले परीक्षण कालमा छु । म उत्तीर्ण भएँ भने त ठीकै छ । नभए पनि यिनी र म बीचको वैचारिक मेल जिउँदै रहने छ ।”

मित्रका कुराले युवती बारे जान्ने मन भयो । छक्क परेर हेरिरहेँ । मित्र भन्दै गए– “यिनले भोगेका र सहेका अनगिन्ती अनुभूतिले यिनलाई मान्छे होइन, इस्पात बनाइसकेको छ । विगत पाँच वर्षदेखि म यिनको निर्दोषिताको साक्षी भएको छु । यिनका पिताश्रीको शहादत र आमा–छोरीको समरमैदानको खेती दुवै पक्षले म तानिएको थिएँ । आँखाले विचार पैदा गर्दो रहेछ । विचारले विश्लेषण हुने मौका पाएको खण्डमा भावना जन्माउँदो रहेछ । त्यही वैचारिक एकतालाई जीवन्त बनाउँदै यिनलाई रूपान्तरणको गाथा तयार पार्ने सहेली बनाउन खोजेको छु । मेरो मित्र अग्निको अन्तिम इच्छालाई स्वीकारेर उसैले अह्राएको बाटोमा हिँड्न खोजेको छु ।”

मैले धेरै कुरा बुझेको छु जस्तो गरेर मित्रले केन्द्रीय कुरा बताए । परीधिय कुरा खोजेमा नै बताउँला भनी यस किसिमले प्रस्तुत भएका हुन् भन्ने कुरा बुझ्न मलाई समय लागेन । मेरा लागि मनमा आएका प्रश्न सोध्न युवती नै वाधक थिइन् । उनका सामु वाक्य फुटाउन हिच्किचाहट लाग्यो । तसर्थ अबुझ निरीह प्राणीझैँ ट्वाल्ल परिरहेँ । परिस्थितिमा केहीबेर सन्नाटा छायो ।

एक्कासी पानी दर्कन थाल्यो । ओतको खोजीमा नजिकैको पीसजोन स्कूलको कक्षाकोठामा पसियो । पानीकै कारण निकैबेर रुक्नुपर्ने भयो । मसँग बोल्नुपर्ने कुनै कुरै थिएनन् । मेरो जीवनले अनुभवका पत्रहरू तयार पारेकै थिएन । कुनै नवीन परिणाम देखा नपर्ने सधैँ एकनासे जीवन विताउनु पनि अनुभवहीन हुनु रहेछ । एकातिर बोल्ने बिषयको अभावमा मेरो बोली बन्द थियो भने अर्कातिर मित्रले आफ्ना बारेमा धेरै कुरा फलाकी सकेका थिए । मौन संवादमा नै केही क्षण वित्दो भयो ।

गहुँगोरो वर्णकी ती युवती असाध्यै रूप–रङ्ग परेकी थिइन् । तराईमूलकै हुन् भन्दा मिल्थ्यो । पहाडेमूलकी हुँदै होइनन् भन्न सक्ने अवस्था पनि थिएन । किनभने नेपालयीय मंगोलियन अनुहारसँग उनको अनुहार ठ्याक्कै मिल्थ्यो । उनको सुन्दरतामा एक किसिमको मादकता लुकेको थियो । उनमा देखिने परीधिय सरलपनले पनि उनी कर्मशील नारी हुन् भन्ने अनुमान लगाउन सकिन्थ्यो । जे भए पनि उनमा लज्जापन भागिसकेको थियो । आफ्नो मनस्थिति गहिरो गरी गाडेर हरेक कुराको अध्ययन गर्ने बानी भने उनको तत्कालीन चालचलनले नै स्पष्ट झल्काउँथ्यो ।

वर्षाले रोकिने नामै लिएन । अझ गति तीव्र पार्दै मुसलधारे वर्षा भइरह्यो । वरपरका छिमेकी घरका मान्छेहरू चुपचाप कोठाभित्र गुम्सन वाध्य भएका थिए । सडक निर्जनतामा परणित हुँदै थियो । सायद सूर्य पनि आफ्नो घर अस्ताचलमा पुग्न लागेको हुँदो हो । परिस्थिति प्रतिकूलतामा परिणत हुँदै गएकोमा म भित्रभित्रै व्यथित हुँदै थिएँ । त्यत्तिकैमा मेरो मुख खुलेछ– “ हैन, वर्षा त नरुक्ने नै भो । आज कक्षाकोठामै वास बस्नुपर्लाजस्तो छ । मच्छडको सिकार भएर नौलो अनुभूति आर्जन गर्नु पर्ला जस्तो पो छ ।”

मित्रले त्यस कुरालाई सहजरूपमा लिएका रहेछन् । भने– “अँ, यस्ता व्यवधान त कति पचाइयो, पचाइयो । ढुङ्गा खाएर, ढुङ्गै ओछ्याएर र ढ्ङ्गै ओडेर त कत्ति रात विताइयो । कक्षाकोठामा रात गुजार्नु त फाइव स्टार होटलकै आनन्द हो । हामीलाई त प्रकृतिले दिएको आशीर्वादलाई सहर्ष ग्रहण गर्ने बानी परिसकेको छ ।”
मित्रले कुरा सिध्याउन नपाउँदै युवती खुलिन्– “एक रात होइन । दस रात विताउन पनि बानी परिसकेको छ । दुःखले त उहिल्यै सुइकुच्चा ठोक्यो । अब त्यो कहिल्यै फर्कंदैन । जो धेरै समयसम्म बस्छ र भाग्न वाध्य हुन्छ । त्यो कहिल्यै फर्कने नाम लिँदैन । फर्किहाल्यो भने पनि त्यसले उचित स्थान पाउँदैन । मानमनितो भेट्दैन र निरास भएर चाँडै फर्कन वाध्य हुन्छ ।”

मैले पनि सोचेँ– ‘दुःखलाई पनि बस्ने घर चाहिन्छ । मानमर्यादा चाहिन्छ । जहाँ दुःखलाई रहनै दिइन्न र लौरीठ्याक लगाएर भगाइन्छ, त्यहाँ त्यसले नफर्कनु स्वभाविक हो । यो जोडीको मेलले पक्कै पनि सुखको घर बनाउँछ । र, यिनीहरूको ध्येयनुरूप सांस्कृतिक रूपान्तरणको एउटा अध्याय पूरा गर्दछ । किनभने यिनीहरू बाहिरीरूपमा त मिलेकै छन्, अन्तर्हृदय पनि मिलेकै रहेछ ।’

मुख खोल्ने झन्झट गरिनँ । दुबै पक्षका कुरा मनमा बसिसकेका थिए । ती कुराहरू पुष्टि हुने उनीहरूको विगत र वर्तमान बारे रत्तिभर ज्ञान थिएन । मनमा थरिथरीका जिज्ञासाहरू उठे । तिनलाई पाखा लगाउने हिम्मत आएन । आ, जहिले मौका पर्छ तहिले सोधपुछ गरौँला भनेर सुस्ताउन थालेको थिएँ । पानी रोकियो । मित्रले कुराको बिट मार्न खोज्दै भनेँ– “म त अनुभवको मात्रै भारी बोकेको मान्छे हुँ । कवितामार्फत आफ्नो अनुभूतिलाई साहित्यमा रूपान्तरण गर्न मात्र खोजिरहेको छु । साहित्य सिद्धान्त पढेको र बुझेको पटकै छैन । विद्यालय स्तरमा पढाइन्नथ्यो । साधरण विश्वविद्यालय धाउने मौकै आएन ।आफूले रोजेको विशेष विश्वविद्यालयमा त्यस्तो पढाइ फिटिक्कै हुन्नथ्यो । हुन त आफ्नै विश्वविद्यालयले जे ज्ञान दियो, सीप दियो र हिम्मत दियो, त्यसैलाई हुबहु उतार्दा समेत अनमोल साहित्य जन्मने रहेछ । कलमले उत्पादनको मार्गचित्र कोर्छ भनेर सिकेको थिएँ । मैले जानी नजानी कलमी पौरख देखाउने हिम्मत गरेको छु । मूल्याङ्कनका लागि तपाईंकै हातमा थम्याएको छु ।” मित्र छुट्टिने मनसायमा पुगे ।

उनको सद्य कविताकृति सरसर्ती अध्ययन गर्दा प्रष्ट देखियो– ती कविता युद्धमैदानका उपज हुन् । युद्धको त्रासद् क्षणको चित्र छ । उत्पीडित वर्गको झिनो आवाजलाई बोल्ड पारिएको छ । उज्जवल भविष्यको चाहनामा कविताहरू केन्द्रित छन् । अर्कातिर जनताको विजयमार्ग फराकिलो हुँदै पिचिङ भइरहेको उद्घोष गरिएको छ ।
उनीहरू पश्चिमतिर फर्किसकेपछि मात्र मेरो मन्द चेत केही खुल्न थाल्यो । उनीहरूलाई एकै क्षण है भन्दै रोकेँ । आफ्नो मनभित्र कसिएको जिज्ञासाको गाँठो फुकाएँ । अटेसमटेस भएको थैलो एक्कासी फुस्किँदा छताछुल्ल भएर पोखिनु स्वभाविक थियो । त्यसपछि दुबै रोकिए । मेरो जिज्ञासालाई स्वागत गरे ।
मित्रले सालाखाला कुरा बताए । युवतीले समेत धेरथोर कुरा फुत्काइन् । उठ्दै मित्रले एउटा पलाष्टिकको पोको थम्याएर भनेँ– “तपाईँलाई अरू जान्ने इच्छा रहेछ । यसमा एउटा डायरी र दुई पोका नयाँपुराना पत्रहरू छन् । जतनले पढेर फर्काउनु होला । धेरै पटक घरायसी जन्तु भनाउँदाहरूबाट बचाएर राखेको हुँ । श्वास रहेसम्म राख्ने र बेलाबेलामा पढेर पाठ सिक्ने मन छ । किनभने मलाई यस क्षणमा उभ्याउनमा त्यही कालखण्डको गहकिलो हात छ ।”

झोलाभित्र पुरानो पलाष्टिकमा हस्तलिखित पत्रका खात थिए । नयाँ पलाष्टिकमा भने प्रिन्ट गरिएका चिठीका पानाहरू थिए । डायरी मोटो थियो । निकै पुरानो थियो । मोबाइलको टर्चको सहायताले हेरेँ– डायरीका धेरै जसो पाना राम्रा अक्षरमा लेखिएको थियो । विश्रृङ्खलितरूपमा कुरा आएका थिए । कतै डायरी लेखिएको थियो । कतै चिठी नै उतारिएको थियो । कतै भने प्रारम्भिककालीन साहित्यिक रचना थिए । कतै खटर दादीका कुरा थिए । कतै नजिकैका प्रौढ व्यक्तिले बताएका पितापुर्खाको कहिरनका कुराहरू थिए । कतै समरमैदानका कोडभाषाका कुरा थिए । कतै कसैका सुक्ति थिए । पछिल्ला चिठी र डायरीका पानामा भने वर्तमान कैद भएर बसेको रहेछ ।

उनीहरू निकै पर पुगे । सिमसिमे पानी परिरहेको स्पष्ट अनुभूत हुँदैथियो । नबस्नु बसिसके पछि किन सिमसिमे पानीमा भिज्नु ! मनमा यस्तै तर्कना आए । अँध्यारो गहिरिँदै थियो । भ्यागुता र जूनकीरीले वातावरण सङ्गीतमय बनाइरहेकै थिए । त्यसै बेला विद्युत पोलले पनि बत्ती बाल्यो । त्यही उज्यालोमा डायरीका शब्दहरू एकाएक उठ्न थाले ।

मन त्यसमै गड्यो । पानाहरू पल्टँदै गए । मेरो मनभित्र सरासर पस्न थाले । एकपछि अर्को गर्दै क्रमिक रूपमा लामबद्ध भएर भित्रिइरहेका थिए । बाह्य जगत्का लागि भने म बेहोस मनोदशामा थिएँ । केही थाहा पाइनँ । एक्कासी बत्ती गयो । झसङ्ग भएँ । इहलोकमै रहेको वोध भयो । आँखाले पनि धर्म छाडेछन् । गाला पूरै भिजेछ । हत्त न पत्त पुछेर घरतिर सुइकुच्चा ठोकेँ ।
घर पुग्दा रातको दस बजेको सङ्केतस्वरूप घण्टी बज्यो । विना तरकारी श्रीमती सामु उभिनुपूर्व स्पष्टीकरणको झुटो वयान मनमा कथेँ । र, निर्धक्क सुनाएँ ।बीचबीचमा आएका छट्के प्रश्नको सटिक र चित्तबुझ्दो जवाफ फर्काएँ । श्रीमती प्रश्न सकिएर चुप रहिन् ।

एक थाल चिसो भात अगाडि आयो । सन्तुष्ट मनले खाना खाएँ । अरूहरू चाहिँ सुखलाई डाक्न दुःखलाई साथी बनाउँदा रहेछन् । म भने परिश्रमको कमाइलाई तीतो र टर्रो भन्दै सुखलाई पन्छाएर दुःख डाक्ने भूल गर्दै रहेछु भन्ने बोध भयो । नमीठो खाना पनि स्वादिलो मानेर चुपचाप खाएको देखेर श्रीमती छक्क परिन् र भनिन्– “साँच्चै खाना मीठै छ त ?”

“हिजो अस्ती के–के भनियो, भनियो । अबदेखि जस्तो पाक्छ, त्यो नै अमृत हुन्छ भन्ने थाहा पाइसकेँ । प्राण बचाउने, सुरक्षा दिने, जीवन चलाउन मद्दत पुऱ्याउने सबै कुरा नमनीय छन् । सबैमा सिर्जनाको मूल छ । आत्मसात गर्ने नगर्ने त्यो भने हाम्रै हातमा छ ।” मेरा नयाँ कुराले श्रीमती टोहोलाइरहिन् । म भने डायरीका बाँकी पाना र पोकाका पत्र पिउन व्यस्त रहेँ ।

बिहानी पख आँखा लागेछन् । पढेकै कुराहरू दृष्यमा रूपान्तरण भई नाच्न थाले । आफ्नै भाका र लयमा गाउन थाले । तिनै प्रेमका, तिनै सद्भावका, तिनै शोषणका, तिनै धोकाका, तिनै निरिहताका, तिनै शूरवीरताका र तिनै नेपाली मनका पाटाहरूलाई समेटेमा मात्र मधेसको एउटा परिचय लेखिन सक्ने अनुमान लगाएँ । मधेसका वास्तविकताहरू सार्वजनिक नभइरहेका र भएका पनि नगन्य मात्रामा हुनाले थप काम गर्ने मन भयो । अरू त के नै पो लछारपाटो लगाइयो र ! अन्नपानीको भारा पनि त कटाउँदै जानुपऱ्यो भन्ने ठहर भयो ।

तिनै पत्र र डायरीमा मधेसमा सबैतिरबाट हेपिएको, चेपिएको र त्यसरी नै रहँदा कुनै आपत्ति नभएको एउटा दलित वस्ती भेटियो । त्यसमा पनि समयले जन्माएको एउटा विद्रोही पात्र देखियो । त्यसले हिँडेर इतिहास बनाएका गोरेटाहरूको अध्ययन गर्दा मधेसको एउटा रहस्य गर्भमै विलिन हुन लागेको देखियो । हो, त्यसैलाई लिपिमा रूपान्तरण गर्दागर्दै यो ‘गरुराहा’ अक्षरहरूमा सल्बलाउन थाल्यो । यसको यात्रा अधुरो छ, अपुरो छ । किनभने अझै पनि ’गरुराहा‘ समयसँग भीख मागिरहेछ । ती झुपडीहरूमा न्यानोपन पुगेको छैन । आशाको झिनो त्यान्द्रो पक्रेर ‘गरुराहा’ रूपान्तरणको महाअभियानमा लागिरहेको छ ।

त्यसले जन्माएका सन्तति सनातनी कुरूप सोच परिवर्तनका नायक भएर देशदेशावर पुगेका छन् । जो जहाँ पुगे पनि गरुराहाको परिचय निधारमा टाँसेर पाइला अघि बढाउन भने सकेका छैनन् । कतिपय आँट बोकेर हिँड्नेहरू फाँटमा सुस्ताउन वाध्य छन् । सबभन्दा ठूलो कुरा आँट जन्माउनै गाह्रो परेको छ । जन्मे पनि त्यसलाई व्यवहारमा परिवर्तन गर्न फलामका च्युरा नै चपाउनु परेको छ ।

घुम्दै फिर्दै जाँदा सङ्घर्षको दोकान थापेर बसेको एउटा गरुराहाली भेटियो । हेर्दा सामान्यपन अनुभूत भए पनि त्यसभित्र जीवनका मनग्यै उहापोह रहेको कुरा वाणी र अक्षर दुबैमा भेटियो । त्यही गरुराहाली ठिटो इन्द्र राउत मार्फत् मेरो परीधिय मित्र हुन पुग्यो ।

सनातनी आँखाले हेर्दा ऊ मसँग नै सङ्घर्ष गरी थाकेको ठिटो थियो । मेरा अत्याचारी भालाले नराम्ररी थलिएको थियो । त्यही दर्द विश्रामका लागि उसले पुण्य पनि गऱ्यो, पाप पनि कमायो । यो सब अन्धाहरूको राज्यमा आँखा हेरेर हिँड्न खोज्दाको परिणाम हो भन्दा अन्यथा नहोला ।
∎∎∎∎∎ क्रमशः

तपेश्वरी–१, गल्फडिया, उदयपुर
nandalalacharya@gmail.com
मो. नं. ९८४२८२९२०६
हाल– शिक्षक, श्री जनता मावि, गोलबजार– ४, सिरहा।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

उपन्यास गरूराहा नन्दलाल आचार्य

यो पनि पढ्नुहोस्...

कथा : स्वच्छन्द

कथा: प्रेमको घोषणापत्र

कथा: निर्मलाहरू

लघुकथा: प्रतिप्रश्न

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

छोटा कथा: गणतन्त्रको उपहार

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा : स्वच्छन्द

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

भर्खरै

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२

निर्बन्ध प्रेम!

असार १४, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.