Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » कथा: संयोग

कथा: संयोग

आख्यान - कथा
खोलाघरे साइँलोखोलाघरे साइँलोचैत्र १८, २०८१2K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

मैले अलिअलि होश पाउँदा म ज्यादै घाइते रहेछु भन्नेसम्म बोध भयो। देब्रे हातबाट सलाइन पानी चढाइएको, माथि त्यसको बोतल झुण्डिएको। टाउको टनटन भएर बेस्सरी दुखिरहेको। शरीरका धेरै भागबाट पीडा अनुभव भएको। दाहिने हात अलिअलि चल्दो रहेछ बिस्तारै। अरु शरीर चक्चकाउनै नहुने। चक्चकाउन खोज्दा दुखाइ खप्नै मुश्किल पर्ने भएकोबाट त्यति अनुमान आयो। दाहिने हात कसोकसो गरेर टाउकामा पुग्दा त्यहाँ पट्टी बाँधिएको छ भन्ने थाहा भयो। आँखाको सोझो देखिएकामा झ्यालमा पर्दा लगाइएको ढोकामा पनि शायद पर्दा नै लगाइएको हुनुपर्छ। कुनै नराकृतिहरू आएर उभिएको बोध भयो। नर आकृति हो कि नारी आकृति हो भनेर छुट्याउन सकिनँ। मुख सुकेको जस्तो ज्ञान भयो, तिर्खाले प्याप्याक भएको रहेछु।
‘पानी।’ बोलिएछ।

तर त्यो आवाज आफैंलाई अत्यन्त झीनो लाग्यो। अगाडि उभिएका नराकृतिमध्ये एउटाले चम्चाले मेरो ओठ उघार्दै मेरो मुखभित्र पानी लगाइदियो, पटकपटक लगाइदियो। निकै चम्चा पानी निलेपछि दाहिने हातको सङ्केतले ‘पुग्यो’ भन्ने इशारा दिएँ। केही राहत अनुभव भयो।

‘कहाँ छु म?’ जिज्ञाशा उठ्यो। सम्झिन सकिन कहाँ थिएँ।
मलाई के भएको छ?’ धेरै घाइते छु भन्नेसम्म मात्रै बोध भयो।
किन यस्तो भएँ भनेर सम्झिने कोशीस गरें। दिमाग शून्य भयो आँखा तिरमिराए, शिथिल भएँ कि के भयो फेरि थाहा भएन।

❆❆❆❆❆

यसरी कतिञ्जेल होशरहित भएँ वा अर्धबेहोशीमा रहें थाहा भएन। मेरो शरीरमा जताततै भएका साना ठुला चोटहरूलाई सफा गरिदिंदा, औषधी लगाइदिंदा, सुई लगाइदिंदा, ओर्काइफर्काइ पार्दा म दुखेको हुन्थें र ब्युँझिदो रहेछु। मलाई कुनै घोल खाद्य खुवाइन्थ्यो चम्चाले र चम्चाले नै पानी पियाइन्थ्यो। कोल्टे फर्काएर घाउहरूमा ड्रेसिङ गर्दा म अत्यधिक पीडाले चिच्याएको हुन्थें, दुखेको खप्न नसकेर निस्किएको आफ्नै झीनो चित्कार सुन्थें। क्रमशः मेरो स्वास्थ्यमा सुधार हुँदै गएछ। मेरो उपचारमा संलग्न नराकृतिहरू स्वास्थ्यकर्मीहरू रहेछन् भन्ने बुझें। मलाई राखिएको घर कुनै स्वास्थ्यचौकी रहेछ। झ्याल र ढोकामा हरियो रङका पर्दा लगाइएका रहेछन्। अर्को बेड पनि रहेछ कोठामा। मेरो नजिकैको टेबुलमा औषधीहरू, उपकरणहरू राखिएका रहेछन्। अरुले बोलेको पनि सुन्न सक्ने भए‌को छु। कुनै स्वास्थ्य चौकीमा छु भन्ने थाहा भएको यस्तै कुराहरूका आधारमा। मेरो शरीरको टाउको, दाहिने तिघ्रो र देब्रे तिघ्रामा पनि चोट परेको छ भन्ने पनि बोध भयो। चाकमा अझ ठुलो चोट हुनुपर्छ। देब्रेहात अलिअलि चलाउन सक्छु, प्लाष्टर गरिएको छ पाखुरामा। म निकै गम्भीर घाइते छु भन्नेसम्म प्रष्ट थाहा भएको छ।
‘म कसरी यस्तो भएँ?’ आफैंभित्रबाट एउटा प्रश्न उठ्यो।
सम्झिने कोशीस गरें। दिमाग शून्य भयो। आँखा तिरमिराए। थकित भएँ सम्झनाको फेद कहाँ हो पहिल्याउन सकिनँ, के भयो र यस्तो भएँ दिमागले केही पनि भेट्टाउन सकिनँ, त्यसै शिथिल भएँ।

❆❆❆❆❆

कति हप्तापछि हो, थाहा छैन। कुनै अनुमान पनि छैन। सधैँजस्तो मेरा घाउहरू सफाइ गरेर औषधी लगाएपछि, पट्टी फेरेपछि, सुई लगाएपछि थकित भएर म निदाउँदो रहेछु। थकित भएको र औषधी वा सुईको प्रभावले पनि हुन्न सक्छ म यसप्रकारले बारम्बार निदाइरहने र थोरै बेरका लागि ब्युँझिदो रहेछु। क्रमशः ब्युँझिने र चेतन अवस्थामा हुने समय बढ्दै गएको रहेछ। एक दिन देखें एक जना गेरु वस्त्रधारी, राधेश्याम … लेखेको पछ्यौरा ओढेका, तीन धर्के चन्दनको टीका निधारभरि देखिने, कालोबाट फुस्रो हुँदै गएको केश निकै लामो भएर उँभो फर्काएर जुरो बाँधेका गेरु रङकै कछाड बाँधेका, तिलचामलेभन्दा पनि बढी सेतो दाह्रीवाला व्यक्ति मेरो सामुन्ने उभिएर मतिरै हेरिरहेका छन्। उनको अनुहार शान्त र पुष्ट छ, आँखा चम्किला।

‘कस्तो छ बाबू तपाईंलाई?’ उनले आत्मीयतापुर्वक सोधे। खै कस्तो छ भन्नु र? मलाई नै थाहा छैन। सानो स्वरमा मैले भनें। भगवानको इच्छा हो बाबू। हामी सबै उहाँकै खटनमा छौँ। उहाँकै अनुग्रहमा यो चराचर जगत चलेको छ। भगवानमाथि भरोसा राख्नुहोस्, तपाईं अब चाँडै स्वस्थ हुनुहुनेछ। हरि शरणम्।” उनले यति थपे।

मलाई यी बाबाजी को होलान् भन्ने लाग्यो। यसअघि कहिल्यै नदेखेको मैले यिनलाई। किन मेरा बारेमा सोध्छन्?
‘मैले हजुरलाई चिन्न सकिनँ त बाबाजी?’ मैले भनें।
‘म कृष्ण प्रणामी मन्दिरको पुजारी हुँ बाबू।’ उनले भने।
उनकै छेउमा उभिएर मतिर हेर्दै गरेका स्वास्थ्यकर्मीहरूमध्ये एउटी नर्स केही अघि आइन् र भनिन् ‘अस्ति उहाँले नै तपाइँलाई यहाँसम्म बोकेर ल्याउनुभएको हो। उहाँले नल्याउनुभएको भए शायद … तर अब चिन्ताको कुरा छैन।’ ‘मन्दिरको पुजारी’ भन्ने शब्दले मलाई एक झल्को कुनै कुरा सम्झे जस्तो भयो तर लगत्तै त्यो बिर्सिएँ। कुनै मन्दिर जस्तो छवि आयो।

“भगवानमा भरोसा गर्नु पर्छ” भन्नु हुन्थ्यो मेरी आमा। घरिघरि मन्दिर पनि जाने गर्नुहुन्थ्यो तर म कहिल्यै मन्दिर गईन। अहिले झलक्क आमालाई सम्झिएँ। फेरि झलक्क बाबालाई सम्झिएँ, लामो अङ्कुसेले सुपारी झार्दै हुनुहुन्छ जस्तो दृश्य आयो, त्यो पनि भेटियो। कुनै कुरा पनि क्रमपूर्वक सम्झिन सकिन। मेरा अगाडि तिनै पुजारी तिनै स्वास्थ्यकर्मीहरू मात्रै थिए। सबै नचिनेका मात्रै थिए।

❆❆❆❆❆

भोलिपल्ट हो कि कुनै अर्का दिन हो। राधेश्याम लेखेको पछ्यौरा ओढेका गेरुवस्त्रधारी उनै बाबाजी फेरि पनि मेरो अवस्था बुझ्न आए अनि सधैं जस्तै सोधे।
कस्तो छ बाबू तपाईंलाई?’
‘धेरै सुधार भएको अनुभव गर्दैछु। तपाईंले बोल्नुभएको सबै सुन्न सक्छु केही कष्ट भएपनि आफैं कोल्टे फर्किन सक्छु, यो टेबुलमा भएको जग तानेर पानी खान सक्छु यस्तै छ बाबाजी!’ मैले भनें।
अरु स्वास्थ्यकर्मीहरू पनि कोही थपिए, कोही निस्किए। पल्लो कोठामा होला एउटी महिलाको “ऐया! ऐया!” भन्ने चर्को स्वर आउँदै थियो। बाबाजी त्यहाँ नजिकै भएको कुर्सी तानेर बसे। एकैछिनमा उनले भने “हरि शरणम्!

‘बाबू तपाईंलाई मैले भेट्दाखेरि हाम्रो प्रणामी मन्दिरको ढोकैनेरि भुइँमा रगतपच्छे भएको, बेहोसीमा पानी! पानी!!” भन्दै कराउँदै गरेको, जताततै चोटैचोट भएको भेटें। रातको समय सबै निदाएका थिए वा डरले घरभित्रै खुम्चिएका थिए थाहा भएन। मन्दिरभन्दा दुई सय मिटर जति पर भएको आफ्नो कोठामा म सुखसागर पढ्न व्यस्त थिएँ। बाहिर कतै गोली पड्किए जस्तो आवाज पनि सुनिदैथियो। मैले मन्दिरमा मान्छे बोलेको जस्तो सुनें। केही महिनाअघि पनि कुनै बद्‌द्माशहरूले एउटा सैनिक जवानलाई मन्दिरमा ल्याएर बिभत्स ढङ्गले हत्या गरिदिएका थिए, यस्तै रातिको समयमा, अनि श्रीकृष्ण र राधिकाका मूर्ती पनि फुटाइदिएछन्। त्यस दिन म सशङ्कित भएँ अनि मन्दिरमा आएँ। अलिक पर कतै एउटा ठूलो विस्फोटको आवाज आयो। मन्दिरमा पनि झल्याकझुलुक उज्यालो देखियो। मान्छेको उपस्थिति छ जस्तो लाग्यो। अनि त मलाई अनिष्टको बढ्तै शङ्का लागेर छिटो छिटो हिँडेर आउँदा तपाईंलाई त्यो अवस्थामा भेटें। मन्दिरभित्रबाट कलशको पानी ल्याएर तपाईलाई पिलाएँ। तपाईंको अवस्था निकै गम्भीर भएजस्तो लाग्यो। अरु कसैलाई हार गुहार गर्ने समय थिएन। तपाईंलाई बचाउने कोशीस गर्नु मेरो विवेक र धर्म थियो। भगवानका अगाडि मैले मेरो कर्तव्य र मेरो परीक्षा आएको पनि ठानेर झटपट तपाईंलाई पिठ्यूँमा हालेर यही राधेश्यामी बर्कीले बाँधेर यता लिएर आएँ। अब ढुक्क छु म तपाईंलाई बचाउन पाएकामा। भगवानले मेरो प्रयासलाई सफल बनाईदिनु भयो। हरि… शरणम्!’
बाबाजी चुप लागे तर एकैछिनपछि उनी बोले-

‘बाबू। तपाईं को हुनुहुन्छ? तपाईंलाई कसले र किन मार्न चाहेका थिए? भन्न सक्नुहुन्छ भने मेरो जिज्ञासा शान्त गराउनुहोस् बाबू! म तपाईंको अवस्थामा सुधार भएपछि जानकारी पाउने प्रतीक्षामा थिएँ।’ उनको कुरा सुनेर त्यहाँ भएका केही स्वास्थ्यकर्मीहरू पनि उत्तरको प्रतीक्षा गरेर होला उतापट्टीको बेडमा झुरुम्म भएर बसे।

बाबाजीले मेरो उद्धारको विवरण बताइदिनु भएपछि पो म पनि ती घटनाहरूलाई क्रमबद्धतापूर्वक सम्झिन सक्ने भएँ। म कसरी यस्तो अवस्थामा पुगें भन्ने आफैंले सम्झिएँ। छिटोछिटो गतिमा मेरो दिमागमा अगाडिका कुरा घुम्न थाले-

‘हामीले जनक्रान्तिमा आफुलाई समर्पित गरिसकेका थियौं। म जनमुक्ति सेनाको लडाकू। प्रतिक्रियाबादी सामन्ती राज्यप्रणालीलाई अन्त्य गरी नयाँ जनवादी राज्यसत्ता कायम गर्न हामी लडिरहेका थियौं। हाम्रो छापामार युद्ध एकपछि अर्को हमलामा तल्लीन थियो।

सन्सरेको प्रहरी चौकी ध्वस्त पार्ने हाइकमाण्डको आदेशअनुसार हामीले त्यस रात त्यो चौकीमा हमला गरिदियौं। अप्रत्याशित हमला भएकोले त्यो चौकीका धेरै जवान निष्प्राण भए। बाँचेका केहीलाई कब्जामा लियौं। त्यहाँ भएका हात हतियार पनि लियौं। अझै कोही छ कि भनेर वरिपरि ठुलो टर्चलाईट बालेर निरीक्षण गर्दा प्रहरी चौकीको पछाडितिरबाट भाग्दै गरेका तीन जवान देखिए। हामीले देख्यौं भन्ने लागेपछि तिनीहरू झन् जोडले भाग्न थाले। दुश्मन हो भन्ने निधो भएपछि हामीले पछ्‌यायौं। भाग्ने र खेद्‌ने क्रममा बाक्लो गाउँ छिचोलेर केही बुट्यान, पातलो जंङ्गल भएको ठाउँमा पुगियो तर दुई जना कतै हराए। एउटा मात्रै भाग्दै गरेकोलाई लक्ष्य गरेर मैले गोली चलाएँ, लाग्यो तर त्यो अझै भागिरह्यो। मैले फेरि गोली चलाएँ। हामी अझै नजिक पुग्यौं। मैले फेरि अर्को गोली छोडें। त्यो भागिरह्यो तर सकिनसकी, धर्खरिंदै भाग्दै रह्यो। एउटा मन्दिर भेटियो। त्यो त्यही मन्दिरमा पस्यो। मन्दिरको बाहिरपटि भुइँमा पुग्दापुग्दै त्यो पछारियो। हामी पनि उसलाई पछ्‌याउँदै त्यहाँ पुगिहाल्यौं। हामीमा दौडिनु परेकोले थप आक्रोश थियो। त्यहाँ पुग्ने बित्तिकै हामी सबै रिसले त्यसैमाथि खनियौं। त्यसलाई लात्तैलात्ताले भकुर्यौं। मन्दिरको भुइँ रक्ताम्य भएको थियो। ‘स्साला प्रतिक्रियावादी सत्ताको मतियार।’ एकजना कामरेडले रिस पोखे।

‘मन्दिरमा शरण खोज्दै आईपुगेको, भेटिस शरण? अर्को कामरेडले त्यसका मुखैमा लात्ती बजाउँदै भने। त्यो जवान चलमलाउन पनि नसक्ने भयो। ‘मर्यो होला कामरेड’ अर्काले भने।
मन्दिरको ढोका गृलको रहेछ, ढोका खुल्लै। एकजना कामरेड भित्र तिर छिरे। दुईवटा मूर्ती रहेछन् ती दुवै उचालेर पछारिदिए भुइँमा। दुवै मूर्ती चकनाचूर भएर फुटे।
मूर्ती पछारिसकेपछि कामरेड आक्रोशमा बर्बराए ला तेरो देउता!
त्यो मर्यो होला भनेको जवान अचानक झीनो आवाजमा करायो

‘पानी!’
“ए पानी चाहीयो तँलाई?” भन्दै मैले त्यसलाई भकुण्डो हानेजस्तो गरेर लात्तले हानेको थिएँ। खै खै यसलाई पानी नै दिऊँ भन्दै अर्को कामरेड आएर त्यस जवानका मुखमा पिसाब गरिदिए अनि फेरि ऊमाथि लात्ती बर्षाए।
“स्साला, लौ खा पानी!” भन्दै अघि मूर्ती पछार्ने कामरेडले त्यसलाई अझै लत्याए। त्यो एकै खेप अलिअलि चल्मलायो अनि सधैंलाई निष्प्राण भयो।’
एकैछिनमा मैले यति सम्झि‌सकें।

म बाबाजीलाई उत्तर दिन खोज्थेँ तर यो अघिल्लो घटना उनलाई सुनाउन आँटै आएन। मूर्ती फुटाउने र त्यो जवानलाई मार्ने पनि हामी नै थियौं भनेर उनलाई कसरी भन्नु? म आफुमाथि घटेको घटना मात्रै बाबाजीलाई सुनाउन थालें।

❆❆❆❆❆

म मनमनै आफैं चकित भएको थिएँ। घटनाको संयोग उस्तैथियो पहिलेको र पछाडिको। त्यही ठाउँ, त्यस्तै भाग्नु र पछ्‌याउनु, त्यही, मन्दिर, तीनै दृश्य। यो अचम्मको संयोगबाट मलाई रहस्यमय अनुभूतिहरू हुन थालेका थिए। तर जे भएपनि पहिलो घटनालाई लुकाएर दास्रो घटनालाई मात्र बाबाजीका अगाडि देखाएँ।

‘बाबाजी। मलाई शाही सेनाका जवानहरूले मार्न चाहेका थिए। म मुक्ति सेनाको मान्छे हूँ, कामरेड “अभिमान”। एक थरीले अर्को थरीलाई शत्रु ठानिसकेपछि किन मार्न चाहेको भन्ने प्रश्न नै आउँदैन। शत्रुलाई सिध्याउने उदेश्य हुन्छ सबैको। म पनि त्यसै उदेश्यअनुसार मारिन लागेको थिएँ, तर तपाईं र तपाईंहरूजस्ता सहृदयहरूले उद्धार गरिदिनु भएर म जीवित छु अहिले।

त्यसदिन, शाही सेनाको गश्ती आउने कुरा सुराकीबाट थाहा भएपछि हामीले उनीहरूलाई सिध्याउने योजना बनाएका थियौं। ठाउँठाउँबाट आक्रमण गर्ने कार्यक्रम थियो। एकैचोटि एकै ठाउँमा धेरै जनालाई समाप्त गर्ने बिद्युतीय धराप थाप्ने काममा म र केही कामरेडहरू सावधानीपूर्वक लागेका थियौं। हामीसँग ठूलो उज्यालो थिएन। जुनेली रात भएपनि आकाशमा बादल भएर होला मधुरो उज्यालो थियो। हामी काममा ब्यस्त रहँदा अचानक कतै नजिकै ग्रिनेट पड्कियो। हामीले कुरो बुझ्नै नपाई हामीतिरै ताकिएका गोली पड्किन थाले। सबैथोक त्यहीं छोडेर हामी भाग्यौं पश्चिमतिर। सेनाको गस्ती नजिकै आईसकेको रहेछ। हामी भाग्यौं तर शक्तिशाली लाइट बलेकोले हामी झन् जोडले भाग्न थाल्यौं। भाग्ने र खेद्ने क्रममा बाक्लो गाउँ छिचोलेर केही बुट्यान र पातलो जङ्गल भएको ठाउँमा पुगियो तर हाम्रा दुई जना कामरेड त्यहीं कतै लुकेछन्। म एक्लै भाग्दैगर्दा पछाडिबाट चलाएको गोली लाग्यो मलाई, म दौडिरहें। फेरि अर्को गोली लाग्यो मलाई, लगतै अर्को पनि लाग्यो। संयोगले हो कि जम्मै गोली चाक र तिघ्रामा लागेका थिए। म दौडिन सक्तिन जस्तो हुन थाल्यो। आश्रयका लागि यताउता हेर्दै भाग्दै थिएँ । धर्खरिन थालें। पछाडिका बूटका आवाज र लाइटको उज्यालो झन् नजिकिएजस्तो थाहा पाएँ। दाहिनेतिर एउटा मन्दिर देखें। म भएभरको शक्तिले दौडिँदै त्यतै पसें तर सिकुवामा पुगेर भित्रको ढोकासामुन्ने म पछारिएँ।
‘भगवानले तपाईंलाई शरण दिनुभयो।’ हरि … शरणम् ।” ध्यान दिएर मेरो वृतान्त सुन्दै गरेका बाबाजी बोले।

म अत्यन्त शिथिल भएको थिएँ। मेरो वृतान्त पुनः जोडें मैंले। ऊऽऽऽ त्यहाँ छ। एउटा आवाज सुनियो।
अनि बूटको आवाज मेरै नजिक आए। ममाथि बुट बर्षिन थाले। म त्यसै पनि रगतपच्छे भएको थिएँ। मैले बाँचिन्छ भन्ने आशा राखेको पनि थिइन।
“स्साला आतङ्ककारी! मन्दिरमा शरण खोज्न आईपुगेको? भेटिस् शरण?”
यस्तो भनेको सुनें। ममाथि दनादन बूटका लात्ती बर्षीरहे।

एकछिन शान्त भयो। म जीवनको अन्तिम क्षणमा पनि छु जस्तो लाग्दै थियो अलिअलि चेतना थियो क्यारे।
“पानी!” मेरो अन्तरबाट एउटा झिनो आवाज आएको आफैं सुनें।
‘मूती दे यो बज्याको मुखमा!’ एउटा गर्जन सुनें।
शायद कोही त्यसो पनि गर्न खोज्दै थियो क्यार।
‘एऽ, भगवानको मन्दिरमा नमुत!’ अर्को शान्त आवाज सुनें।
ढम्म गरेको कानै थर्किने जस्तो विस्फोट भयो कतै नजिकै त्यतिबेलै। मैले त्यसपछि केही थाहा पाइन।

“बाबाजी मैले जानेको यत्ति हो, अहिले मलाई यस्तो परिस्थितिबाट पनि बाँचेकोमा विश्वाश गर्न गाह्रो लागेको छ, छक्क परेको छु।”
यति भनेर आफ्नो भनाइ बिसाएँ।

“सबै भगवानको इच्छा हो बाबू। हरी… शरणम्!”
यति भनेर बाबाजी पनि चुप लागे। उनी अत्यन्त प्रसन्न देखिए।
मेरो मनमा भने के के प्रश्नहरू उब्जिन थाले।
‘मेरा सहकर्मी त्यति धेरै कामरेडहरूले यतिन्जेलसम्म मेरो खोजी किन नगरेका होलान्? यो सुरक्षित र खतरामुक्त ठाउँसम्म मेरो पार्टी किन आइपुगेन? की हामी जस्तालाई हतियार मात्रै पारेका हुन् त ठूला कामरेडहरूले? मेरो पार्टी ठूलो कि बाबाजी ठूला?

❆❆❆❆❆
०६६/१/१२
( यो कथा साहित्यकार ‘खोलाघरे साइँलो’ को “ऐजेरु र आगो” (२०६७) कथा सङ्ग्रहबाट साभार गरिएको हो। )
साभारकर्ता: कथाकार हरिश कल्पित

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा खोलाघरे साइँलो संयोग

यो पनि पढ्नुहोस्...

कथा : स्वच्छन्द

कथा: प्रेमको घोषणापत्र

कथा: निर्मलाहरू

लघुकथा: प्रतिप्रश्न

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

छोटा कथा: गणतन्त्रको उपहार

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.