धनी कहलिएका यी हातहरू
खाली छन् हृदयका धागाहरू।
सुनले सजिएका महलभित्र
अकालमा झरिरहेका आँसुहरू।
हजारौँ नोटहरू हरेक दिन
गन्दै बित्छ जीवन यिनको।
तर एकपल्ट प्रश्न गरून्
मनको खजाना कहाँ छ तिनको?
पेट भरिएर पनि आत्मा भोको
स्वर्णसिंहासनमा शून्यता रोको।
हजार जनाले नमन् गरून्
तर साँचो प्रेम कतै हराएको छ।
धनको भारीले झुकेको शिर
तर हृदय हलुका छैन।
अरूलाई किनेर सकिन्छ
तर अपनत्व किनेर पाइँदैन।
घरमा धेरै दास छन्
तर कोही साथी छैन।
ठूल्ठूला भोजहरू छन्
तर एक छाक माया छैन।
कहिलेकाहीँ हेर्छु ती श्रमिकहरू
जसको हात माटोले भरिएको छ।
तर तिनको हृदय फूलका छन्
र तिनीहरू साँच्चै धनी छन्।
किनभने साँचो धन त प्रेम हो
एउटा सरल मुस्कान हो।
साथीको काँधमा टेकिने विश्वास हो
र पीडामा सुनिने आवाज हो।
धनी भएँ भनेर गर्व गर्नेहरू
एकपल्ट ऐना हेरेर सोच।
के साँच्चै पूर्ण छ तेरो जीवन
कि धनको दरिद्रताले छोपेका छन् ओठ?
धनले किन्न सकिने धेरैथोक छन्
तर आत्माको सान्त्वना होइन।
धनी त ऊ हो, जो प्रेम बाँड्छ
र बाँच्दछ हृदयको सम्पदा बोकेर।
०००
मतिगढ़ा, सिलगढी।


