धनी कहलिएका यी हातहरू
खाली छन् हृदयका धागाहरू।
सुनले सजिएका महलभित्र
अकालमा झरिरहेका आँसुहरू।
हजारौँ नोटहरू हरेक दिन
गन्दै बित्छ जीवन यिनको।
तर एकपल्ट प्रश्न गरून्
मनको खजाना कहाँ छ तिनको?
पेट भरिएर पनि आत्मा भोको
स्वर्णसिंहासनमा शून्यता रोको।
हजार जनाले नमन् गरून्
तर साँचो प्रेम कतै हराएको छ।
धनको भारीले झुकेको शिर
तर हृदय हलुका छैन।
अरूलाई किनेर सकिन्छ
तर अपनत्व किनेर पाइँदैन।
घरमा धेरै दास छन्
तर कोही साथी छैन।
ठूल्ठूला भोजहरू छन्
तर एक छाक माया छैन।
कहिलेकाहीँ हेर्छु ती श्रमिकहरू
जसको हात माटोले भरिएको छ।
तर तिनको हृदय फूलका छन्
र तिनीहरू साँच्चै धनी छन्।
किनभने साँचो धन त प्रेम हो
एउटा सरल मुस्कान हो।
साथीको काँधमा टेकिने विश्वास हो
र पीडामा सुनिने आवाज हो।
धनी भएँ भनेर गर्व गर्नेहरू
एकपल्ट ऐना हेरेर सोच।
के साँच्चै पूर्ण छ तेरो जीवन
कि धनको दरिद्रताले छोपेका छन् ओठ?
धनले किन्न सकिने धेरैथोक छन्
तर आत्माको सान्त्वना होइन।
धनी त ऊ हो, जो प्रेम बाँड्छ
र बाँच्दछ हृदयको सम्पदा बोकेर।
०००
मतिगढ़ा, सिलगढी।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।