म कामी हुँ, हातमा हथौडा
पसिनाले भिजेको मेरो कपडा।
फलामलाई पगालेर आकार दिन्छु
तिमीले चलाउने हतियार बनाउँछु।
तर किन मलाई तिमी टाढा गर्छौ?
मेरो छायाँलाई किन अपवित्र ठान्छौ?
छुन नहुने कसले भनिदियो?
मान्छे-मान्छेबीच किन भेद गरिदियो?
मेरो हातले बनाएको ढोका तिमी खोल्छौ
मेरै हातले बनाएको हलोले खेत जोत्छौ।
मेरै हातले बनाएको खुकुरीले साहस देखाउँछौ
तर मलाई नै किन पराया बनाउँछौ?
म पनि मानिस, तिमी जस्तै हुँ
सपना बोकेको उज्यालो बिहान हुँ।
मुटु छ मेरो पनि, तातो रगत बग्छ
मेरो हाँसो र आँसु तिमीजस्तै देखिन्छ।
छुवाछुत नगर, म तिम्रै साथी हुँ
हामी सबै एउटै माटोका बीउ हौँ।
प्रेमले नै समाज बन्छ
मानवता नै असली धन हो।
अब हथौडा चलाउँछु चेतनाका निम्ति,
अब फलाम मात्र होइन, कुसंस्कार पनि पगाल्छु।
तिमी पनि बदलिनू, सोचलाई खुला गरी
मान्छे-मान्छे एउटै हो, दूरी मेटाइदेऊ!
०००
जगन्नाथ -१, बाजुरा
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।