Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » कथा: भूपू माया

कथा: भूपू माया

आख्यान - कथा
अभिराज खाती 'अञ्जान'अभिराज खाती 'अञ्जान'चैत्र २५, २०८१2K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

आजभोलि बिहान उठ्नेबित्तिकै राशिफल हेर्ने बानी लागेको छ। ‘हाम्रो पात्रो’ खोलेर सिधै कुम्भ राशी हेरेँ। त्यहाँ लेखिएको थियो— “पुराना मित्रहरू सँग पुनर्मिलन हुनेछ, अनायासै मन दुख्नेछ, विगतले सताउनेछ।”

धर्म र राशिमा खासै विश्वास नगर्ने म आजकल भने राशिफल हेर्न थालेको छु। अरू दिन त्यस्तो हुँदैनथ्यो, खै किन हो त्यो दिन भने मनमा हलचल मच्चिएको थियो। बिहान नौ बजे खाना खाएर अफिसतिर हिँडेँ, बाटोभरि मनमा त्यही सोच आइरह्यो।

हिजोको राशिफलले भनेको पनि मिलेको थियो—त्यही भएर होला। अफिस पुगेँ, काममा व्यस्त थिएँ। दिनको मध्यान्नतिर फोनको घन्टी बज्यो। नम्बर अपरिचित थियो। कामको व्यस्तताका कारण कुनै इन्टरनेट कम्पनीले आफ्नो प्रचार गर्न फोन गरेको होला भनेर उठाइनँ।

फोन लगातार बज्न थाल्यो। बारम्बार फोन आएपछि बल्ल उठाएँ।

“हेल्लो, को बोल्नु भा’को?”

उताबाट कुनै आवाज आएन। केहीबेर मौनता छायो।

फेरि सोधेँ, “को बोल्नु भएको?”

उताबाट मानसपटलमा गाडिएर बसेको निकै पुरानो आवाज सुनियो–

“म कविता बोल्दैछु, सञ्चै छौ?”

त्यो नाम र आवाज सुन्नासाथ म झस्किएँ। कविता! उनी, उनै कविता थिइन्, जसलाई म बाह्र–तेह्र वर्षअघि अत्यन्त प्रेम गर्थें। उनी बिनाको जीवन म कल्पना पनि गर्न सक्दिनथेँ।

*****

कुनै रेडियो कार्यक्रममार्फत भेट भएको हाम्रो सम्बन्ध साथी हुँदै प्रेममा परिणत भएको थियो। सँगै जिउने–मर्ने बाचा–कसम खाएका थियौँ। कयौँ रातहरू सँगै बिताएका पनि थियौँ… तर!

हामीबीच प्रेम भएको दुई वर्षपछि उनले एक दिन एउटा कुरा सुनाइन्—
“अभि, तिमी नरिसाउ है, मैले तिमीलाई एउटा कुरा झुट बोलेकी छु।”

मैले उत्सुक हुँदै सोधेँ,
“के कुरा? भन न। म रिसाउदिन।”

अनि उनले भनिन्—
“मेरो बिहे भइसकेको छ। मेरा श्रीमान विदेशमा हुनुहुन्छ। उहाँ र मेरो सम्बन्ध राम्रो छैन, त्यसैले म तिमीसँग नजिकिएकी हुँ। तर तिमी र मबीच बिहे असम्भव छ।”

उनको कुरा सुनेपछि लाग्यो, मैले टेकेको जमिन भासियो, म शून्यतामा पुगेँ। आँखाबाट अनायासै आँसु बग्न थाले। मन यति धेरै दुख्यो कि लाग्थ्यो मुटुनै फुट्ला जस्तो।

मैले त उनलाई बिहे गरौँ भनेर पटक–पटक भनेको थिएँ, तर उनले मान्दिनथिन्। त्यो नमानेको कारण यस्तै रै’छ। उनी भन्थिन्, “श्रीमान विदेशबाट फर्केपछि म उहाँसँग बस्दिन।”

समय बित्दै गयो। हाम्रो भेटघाट र कुराकानी पनि भइरह्यो। केही रातहरू फेरि पनि सँगै बितायौँ, रमाइलो गर्यौँ, प्रेमको आदान–प्रदान भइरह्यो। मेरो मनमा कतै न कतै आशा बाँचेको थियो—
‘शायद एकदिन उनी श्रीमानसँग सम्बन्धविच्छेद गरेर मेरै हुनेछिन्।’

अनि आशा नहोस् पनि कसरी? उनी पनि त मलाई निकै माया गरेजस्तो गर्थिन्। मैले उनका मायाका भावनालाई अभिनय हो कि साँचो भन्ने छुट्याउनै सकिनँ।

उमेरमा उनी मभन्दा दुई–तीन वर्ष जेठी थिइन्। सायद यही उमेरको अन्तरले पनि होला, उनी मबाट बिस्तारै टाढिँदै जान थालिन्।

एकदिन अचानक उनको फोन आयो।
“अभि, म बिहे गर्दैछु। मलाई माफ गर है। म अर्कैलाई प्रेम गर्छु। अब उसैसँग बिहे गरेर पोखरा, उसको घर जाँदैछु। मलाई सम्झेर, पर्खेर नबस है। म अब यो नम्बर पनि बोक्दिन… बाइ।”

यति भनेर उनले फोन काटिन्। म बोल्न सकिनँ। आँखाबाट आँसु एकोहोरो बगिरह्यो। मन गहिरो पीडाले भरिएको थियो। काठमाडौं बस्न मन लागेन। घर फर्किएँ। हाम्रो प्रेमको कुरा घरमा सबैलाई थाहा थियो। उनी मेरी आमासँग पनि बोल्थिन्। जब उनको बिहेको कुरा पत्ता लाग्यो, आमाबुबाले मलाई धेरै सम्झाउनु भयो।

समय बित्दै गयो। म बिस्तारै उनलाई बिर्सँदै गएँ। फेरि काठमाडौं फर्किएँ र काममा लागेँ। एकदिन मेरो जीवनमा फेरि वसन्त आयो—मेरो भेट सिर्जनासँग भयो। हामी मिल्ने साथी भयौँ, बेस्ट फ्रेन्ड भयौँ, अनि त्यो मित्रता बिस्तारै प्रेममा परिणत भयो।

सिर्जनाले मलाई प्रत्येक सुखदुःखमा साथ दिइन्।
उनी मलाई असाध्यै प्रेम गर्थिन्। त्यहीबीचमा मैले जीवनको सबैभन्दा ठूलो पीडा भोगेँ—बुबा, आमा र दाइलाई गुमाएँ। म घरमा एक्लो भएँ।

त्यस्तो कठिन घडीमा सिर्जना मेरो लागि एक मात्र सहारा बनेर उभिइन्। म पनि उनलाई असाध्यै माया गर्न थालेको थिएँ। लगभग छ वर्ष लामो हाम्रो प्रेमसम्बन्ध उनको परिवारको सहमतिमा बिहेमा परिणत भयो। र आजसम्म हाम्रो वैवाहिक जीवन सुखमय चलिरहेको छ।

*****

“हेल्लो, के भयो? किन नबोलेको?”

म फेरि झस्किएँ।

“केही होइन।”
“आज कसरी सम्झियौ नी यतिका वर्षपछि?” मैले सोधेँ।

“तिमीलाई बिर्सिएकै कहाँ छु र सम्झिनलाई!” उनले जिस्किँदै फोनबाटै भनिन्।

केही बेर कुरा गरेपछि फोन राखेँ र काममा व्यस्त भएँ।

*****

भोलिपल्ट फेरि त्यही समयमा उनको फोन आयो।
उनले मलाई बधाई दिँदै भनिन्,
“बधाई छ तिमीलाई! बिहे गरेछौ, राम्री रहिछिन् तिम्री श्रीमती। जोडी सुहाएको छ!” भन्दै जिस्काइन्।

मैले पनि हाँस्दै भनेँ,
“तिमीले छोडिहाल्यौ, के गर्नु त!”

मैले सोधेँ,
“मेरो बिहेको कुरा कसरी थाहा पायौ?”

उनले भनिन्,
“करिब दुई वर्षदेखि तिमीलाई सामाजिक सञ्जालहरूमा फलो गर्दै आएकी थिएँ। तिमीहरूलाई खुसी देखेर सम्पर्कमा आउन मन लागेन।”

त्यसपछि उनले मेरा बुबा–आमाको बारेमा सोधिन्।
मैले सबै बितिसकेको र अहिले म र मेरी श्रीमती मात्रै भएको बताएँ। उनी दुखी भइन्।

त्यसपछि उनले सोधिन्,
“अभि, तिम्रो वैवाहिक जीवन कस्तो चल्दैछ?”

मैले भनेँ,
“राम्रो छ, एकदमै राम्रोसँग चलिरहेको छ।”

मैले पनि उनलाई सोधेँ,
“अनि तिम्रो कस्तो चल्दैछ?”

त्यसपछि उनी रुँदै भन्न थालिन्,
“म अभागी रहिछु, अभि। मलाई त तिम्रो माया र आँशुको पाप लाग्यो। बिहे भएको केही वर्षसम्म त सबै राम्रै थियो। मैले जात लुकाएकी थिएँ। पछि मेरा श्रीमानले मेरो जात र पहिलो बिहेको बारे थाहा पाउनु भयो। त्यसपछि मलाई घृणा गर्न थाल्नुभयो। पछि परिवारले पनि थाहा पाए र तिरस्कार गर्न थाले। हुँदा हुँदा श्रीमानले रक्सी खाएर कुट्न पनि थाल्नुभयो।” “मैले माइतिलाई भन्थेँ, माइतिले भने– ‘तैले आफैं गल्ती गरिस्, अब आफैं भोग।’ पछि श्रीमानले मलाई छोडेर अर्की ल्याउनुभयो। मलाई घरबाट निकालिदिनुभयो। म एक्ली भएँ।”

“यो अवधिभरि मैले तिमीलाई कैयौँ पटक सम्झिएँ।
तिमीलाई धोका दिएकोमा हिनताबोधले पोलिरह्यो।
तिमी र तिम्रो प्रेम सम्झेर पश्चातापमा रोइरहन्थेँ।
तिमीलाई फेसबुक र टिकटकमा हेरिरहन्थें।
तिमी खुसी थियौ। राम्री श्रीमती पाएका थियौ।”

“धेरैपटक तिमीलाई फोन गर्ने कोसिस गरेँ, तर सकिनँ।
तर अब भने आफूलाई रोक्न सकिनँ। नम्बर तिम्रो उही पुरानै रहेछ। ‘बोली मात्रै सुनुँ’ भनेर आँट गरेर फोन गरेँ।”

“अभि, म ती पुराना दिनहरू सम्झेर एकदमै तड्पिन्छु। तिम्रो प्रेम, तिम्रो माया कति मिठो थियो। मैले जीवनभर तिमी जस्तै जीवनसाथी चाहेको थिएँ। तर पाएर पनि चिन्न सकिनँ। गुमाएपछि मात्रै थाहा भयो तिमी कति महत्वपूर्ण थियौ। बर्सौँ पहिले मैले तिम्रो प्रेमलाई न लत्याएको भए, आज तिमी मेरो साथमा हुने थियौ।”
“अभि, साँच्चै… मैले तिमीलाई चिन्न नसकेर गुमाएँ।”

उनी यस्तै भनिरहिन्।
म चुपचाप सुनिरहेँ।
मन भारी भैरहेको थियो।
विगत आँखै अगाडि घुमिरह्यो।

बोल्दै गर्दा एक्कासि उनकी फोनमा ‘पैसा सकिएको’ संकेत आयो र फोन काटियो।

०००
थाहा नगरपालिका–४, मकवानपुर
हाल: काठमाडौं

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

अभिराज खाती "अन्जान" कथा भूपू माया

यो पनि पढ्नुहोस्...

कथा : स्वच्छन्द

कथा: प्रेमको घोषणापत्र

कथा: निर्मलाहरू

लघुकथा: प्रतिप्रश्न

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

छोटा कथा: गणतन्त्रको उपहार

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.