समय उस्तै छ!
हुने बिहान — पर्ने साँझ!
आकाशभरी उदाउने तारा,
पूर्णिमाको रात, दुनियाँलाई मधुर किरण बाँड्ने इन्दु,
बिहानलाई सुमसुम्याउँदै हुर्किने अरुण,
दिनलाई प्रचण्ड बनाउने घाम —
सबै उस्तै, उस्तै छन्।
मेरो जुनिले
फाटाएर फालेका क्यालेन्डरका पानाहरू
सङ्कलन गरेर राखेको भए —
आशाका पर्खालहरू,
अर्धपक्का सपनाका महलहरू —
म भन्दा दशक–दशक, मिटर–मिटर अग्ला बन्थे होलान्।
गरिनँ मैले सङ्कलन,
बन्दिएनन् ती पर्खालहरू।
भाव र संवेदना बोकेर,
अक्सिजनले भरिएको बेलुनजस्तै
एउटा जोरा पुराना फोक्सो —
पौने दुई मिटर अग्लो,
सास, आश, मन भएको
जिउँदो हाडमासुको पिण्ड —
देउरालीमा उठाइएको,
पुरानो हुँदै गएको
जिउँदो ढुंगे देउरालीजस्तै —
“मान्छे हो” रे म!
मलाई त थाहा छैन,
तर भन्नेहरू भन्छन्।
भोगिसकेको समय — उस्तै!
भोग्दै गरेको समय — उस्तै!
भोग्नुपर्ने समय पनि — उस्तै नै होला जस्तो लाग्छ!
तर म…?
र मैले बाँच्नुपर्ने जुनि…
न समयजस्तो छ!
न साथजस्तो छ!
न मिठो सम्बन्धजस्तो छ।
समयको डढेलोले जलाएको,
फुङ उडेको,
धमिलो — किरमिर-किरमिर पुरानो उदास क्यानभासको,
डेट एक्सपायर भएको,
रंग उडेको —
केवल, केवल एक खाली चित्र —
मानव चित्र…!
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।