❛❛
पीडा हुन्छ यो मन धेरै
उनी दुःखी देख्दा।
संघर्षका पाइलामा
उनको बाटो छेक्दा।
धेरै भने ऋतुलाई —
“ढिलो आइदेऊ,
उनी आउने बाटोमा
बार नलाइदेऊ।
चैत–बैशाखको घाम पनि
यतै सारीदेऊ,
उनी बस्ने स्थलमा
ओझेल पारिदेऊ।
सुस्त–सुस्त पवन पनि
यस्सो चलाइदेऊ,
वसन्तको हरियाली
आउनु उनको छेउ।
प्रगतिका मार्गहरू
यस्सै खोलीदेऊ,
रुष्ठ समय, तिमी पनि
मुस्काइ बोलिदेऊ!”
पीडा हुन्छ यो मन धेरै
उनी दुःखी देख्दा।
बौद्ध, कुमारीगाल, काठमाडौं
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।