❛❛
पीडा हुन्छ यो मन धेरै
उनी दुःखी देख्दा।
संघर्षका पाइलामा
उनको बाटो छेक्दा।
धेरै भने ऋतुलाई —
“ढिलो आइदेऊ,
उनी आउने बाटोमा
बार नलाइदेऊ।
चैत–बैशाखको घाम पनि
यतै सारीदेऊ,
उनी बस्ने स्थलमा
ओझेल पारिदेऊ।
सुस्त–सुस्त पवन पनि
यस्सो चलाइदेऊ,
वसन्तको हरियाली
आउनु उनको छेउ।
प्रगतिका मार्गहरू
यस्सै खोलीदेऊ,
रुष्ठ समय, तिमी पनि
मुस्काइ बोलिदेऊ!”
पीडा हुन्छ यो मन धेरै
उनी दुःखी देख्दा।
बौद्ध, कुमारीगाल, काठमाडौं


