❛❛
शान्तिका सागर, ज्ञानका तारा,
गौतम बुद्ध, हाम्रो उज्यालो सहारा।
लुम्बिनीमा जन्मे शान्ति बोकी,
दया, करुणाले संसार रोकी।
राजा भई सुखमा रमाउन सक्थे,
तर दुःख देखी हृदय काँप्थे।
त्यागे दरबार, खोजे सत्यको बाटो,
बोधगयामा पाए ज्ञानको घाटो।
न हिंसा, न घृणा, बस प्रेम र माया,
अहिंसाले जित्ने बताउनु भयो काया।
अष्टमार्ग, चार आर्य सत्य,
जीवनको अर्थ बुझाउनु भयो सत्य।
बुद्धको शिक्षा अमूल्य र साँचो,
मानवता बढाउने मार्ग यत्तिकै राम्रो।
हामी सबै लागौँ त्यो पथमा,
शान्ति फैलाऔँ यो जगत्मा।
आरजु चौधरी
सेवार–८, घोराही, दाङ</एम>


