❛❛
शान्तिका सागर, ज्ञानका तारा,
गौतम बुद्ध, हाम्रो उज्यालो सहारा।
लुम्बिनीमा जन्मे शान्ति बोकी,
दया, करुणाले संसार रोकी।
राजा भई सुखमा रमाउन सक्थे,
तर दुःख देखी हृदय काँप्थे।
त्यागे दरबार, खोजे सत्यको बाटो,
बोधगयामा पाए ज्ञानको घाटो।
न हिंसा, न घृणा, बस प्रेम र माया,
अहिंसाले जित्ने बताउनु भयो काया।
अष्टमार्ग, चार आर्य सत्य,
जीवनको अर्थ बुझाउनु भयो सत्य।
बुद्धको शिक्षा अमूल्य र साँचो,
मानवता बढाउने मार्ग यत्तिकै राम्रो।
हामी सबै लागौँ त्यो पथमा,
शान्ति फैलाऔँ यो जगत्मा।
आरजु चौधरी
सेवार–८, घोराही, दाङ</एम>
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।