Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

स्मार्ट कविता श्रृङ्खला – ४०

असार २९, २०८२

कथा: कम्युनिस्टहरू छद्मभेषी बनेपछि | हाम्रो कथाघर

असार २८, २०८२

कथा: मुक्कुमलुङ | हाम्रो कथाघर

असार २६, २०८२

छन्द कविता: जीवन मन

असार २४, २०८२

कविता: अनुहारमा सूर्य उदाउनुपर्छ

असार २४, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » निबन्ध : एउटा विशुद्ध प्रेम कथा

निबन्ध : एउटा विशुद्ध प्रेम कथा

गैर आख्यान - निबन्ध
ज्ञानेन्द्र विवशज्ञानेन्द्र विवशजेष्ठ १५, २०८२899 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

ज्ञानेन्द्र विवश


कहिलेकाहीँ समयले कुनै मान्छेलाई स्थायी रूपमा गुमाउँछ, तर मनले तिनलाई कहिल्यै गुमाउँदैन। व्यतीत दिनहरूका मिठा–मिठा याद बनेर सम्झनामा ती आइरहन्छन्। ती गुमेका क्षणहरू, ती आँखाले देखेका तर हातले छुन नसकेका भावना, जीवनको सबैभन्दा विशुद्ध कथा बनिदिन्छन्।

तिनैमा एउटा विशुद्ध प्रेमको कथा हुन्छ। तिनैमा पीडादायी घटनाहरूको सिलसिला बुनिएको हुन्छ। यी सबै शब्दभन्दा माथि हुन्छन्। तिनलाई अनुभूतिमा उतार्न सकिँदैन। ती त मनभित्र कतै कुनामा स्मृतिको रूपमा बाँचिरहेका हुन्छन्।

मेरो जीवनको एउटा यस्तै पानामा लेखिएको छ एउटा विशुद्ध प्रेम कथा! नसम्झूँ भन्दाभन्दै सम्झनामा आउने, बिर्सूँ भनेर कोशिश गर्दा बिर्सनै नसकिने। यादहरू भनेका समयका दस्तावेज हुँदारहेछन्। आफ्नै विगतका सम्झनाहरू बोकेर तिनले वर्तमानलाई तिनै पुराना दिनतिर पुऱ्याइदिँदोरहेछ।

मेरो यो कथा कुनै साहित्यिक पत्रिकामा छापिएको छैन। कुनै अभिलेखका रूपमा यसलाई मैले सुरक्षित राखेको पनि छैन। तर यादहरू भनेको लेखेर राख्दा मात्र सम्झना आउने नहुँदोरहेछ। बिर्सेर बस्दा पनि यादहरूले वेग हानेर सम्झनामा आउँदोरहेछ।

प्रायः वयस्क जीवनमा जो कोही पनि प्रेमको भावनामा हिँड्छन्। यसरी प्रेममा हिँड्नु स्वाभाविक पल हो। तर त्यसमा गलत आशयले प्रवेश गर्नु हुँदैन। प्रेममय भावना र प्रेममय जीवन–यात्राको निरन्तरता आफैँमा उदाहरणीय पक्ष हो। मेरो यौवनकालीन समयले पनि प्रेमिल पलहरूलाई सार्थक रूपमा वरण गरेको थियो। वास्तवमा प्रेम भन्ने कुरा चाहेर हुने र नचाहेर नहुने कदापि हुँदैन। अमर प्रेमका नाममा कैयौँ अक्षर लेखिएका छन्, अनेकौँ स्मारक–स्मृतिहरू बनेका–बनाइएका छन्।

अहिले म एउटा विशुद्ध आफ्नै प्रेम कथाको संघारमा उपस्थित छु। जस्तै बिहानको घामसँगै, साँझको जूनसँगै ती यादहरू आइरहन्छन्। कसैलाई देख्नुले मात्रै पनि कहिलेकाहीँ अनौठो अनुभूति गराउँछ। अञ्जानमै मनभित्र कतै खुसीका ज्वारभाटाहरूले मनलाई आह्लादित पार्छ। दुखिरहेको घाउ पनि निको भएझैँ हुन्छ। हेर्न पाउनुको आनन्द, देख्नुको खुसीमा मन त्यत्तिकै प्रफुल्ल भएर रमाउन थाल्छ।

वास्तवमा प्रेमले मनलाई आनन्दित पार्छ। दुःखहरूले प्रताडित मनलाई पनि प्रेमले सान्त्वना दिन्छ। मायालु सद्भावहरूले मल्हम लगाइदिएझैँ आराम मिल्छ। अभाव र एक्लोपनका ती उदास दिनहरूमा मैले पनि यस्तै साथ, सहयोग, माया र प्रेम पाएको थिएँ। त्यसले मलाई मायाको अर्थ बतायो, प्रेमको महत्त्व दर्शायो। म प्रेममय जीवनपथमा खुसीले एक्लै रमाउन थालेँ।

त्यतिबेला के थाहा कि ‘प्रेममा यस्तो हुन्छ’, ‘प्रेमले यस्तो गर्छ’ आदि कुरा! तर त्यो तारुण्य उमेरमा नजानेरै पनि धेरै कुरा जानिँदोरहेछ। नबुझेर पनि कतिपय कुरा बुझ्न सकिँदोरहेछ। बोलीचाली हुनुभन्दा अगाडि नै, चिनापर्चीको नामठेगाना आदान–प्रदान पहिले नै थाहा नपाई अञ्जानमै प्रेम अङ्कुरित हुन थाल्दोरहेछ। मायाको आभासले मन त्यसै चञ्चल बन्दोरहेछ। खुसीले मन त्यसै रमाउँदोरहेछ। प्रेममा भाषा र जात नहुँदोरहेछ। प्रेममा पराइ र आफन्त पनि भनिँदोरहेनछ। मन परेको मान्छे देख्न पाएपछि, भेटिएपछि खुसीको वर्षाले निथ्रुक्कै पार्ने रहेछ।

यस्तो हुँदोरहेछ कि हेरिनु वा देखिनुकै परिवृत्तमा प्रेमले काउकुती लगाउँदोरहेछ। हृदय स्पन्दित पार्दै नदेखिनुको छट्पटीमा अनायासै पीडा दिँदोरहेछ। प्रणय, प्रभाव र प्रेरणाका अनेकौँ भावनाहरू, लोभी आँखा, लोभी नजर, एक प्रिय मृगतृष्णा मन हुँदोरहेछ। म बाटो हिँड्दा मनभित्र कुनै दृष्टिको पर्खाइ हुन्थ्यो— एक नजरको तिर्खा, एक झलकको प्रतीक्षा रहन्थ्यो।

छिनभर भेट्नुमा धेरै ठूलो शान्ति र सन्तुष्टि मिल्थ्यो। एकै झलक देख्न पाउनुमा ठूलै प्राप्तिको सफलता हात लागेझैँ हुन्थ्यो। म सम्झन्छु ती सुकुमारी दिनहरू— जब जाडो घामले मुख छोप्थ्यो, अनि मेरो मुटुमा तातो लहर चल्थ्यो। यदि ऊ एकछिन मुस्कुराइदिएकी भए, एउटा नजरको सानो स्पर्शमा जीवनको तृप्ति पाइन्थ्यो। अनि नदेख्दा आँखाभित्रको गहिराइमा कुनै अनाम पीडा सल्किन्थ्यो— एक प्रकारको कष्ट, जसको नाम प्रेम हो, तर कुनै आरोप छैन, कुनै प्रतिशोध थिएन। समर्पण थियो। निःस्वार्थ मायाका भावहरू छताछुल्ल थिए।

ती दिनहरू सहरका सडक र गल्लीमा बितेका हुन्थे। त्यहाँ हिँड्दा–हिँड्दै एउटा आकृति नियालिन्थ्यो— छायाभन्दा पनि चपल, फूलभन्दा पनि नम्र। कतिपटक लाग्थ्यो, प्रेम कविता होइन, त्यो यात्रा हो— नभेटिने ठाउँसम्मको, नफर्किने समयसम्मको। सायद त्यसैले प्रेमका कथाहरू कहिल्यै समाप्त हुँदैनन्। जीवनको कुनै कुनामा ती सम्झना बनेर बसिरहेका हुन्छन्। यद्यपि ती चुपचाप, शान्त, मौन तर जिउँदै रहन्छन्।

कुनै वसन्तमा फुलेका फूलहरूजस्तै, ती क्षणहरू मेरा स्मृतिको बगैँचामा फेरि–फेरि फुलिरहन्छन्। उसले भनेका केही सामान्य शब्दहरू, जस्तै ‘भो त, अब जाऊ न’, अहिले पनि मुटुमा कुनै पुराना गीतजस्तै गुन्जन्छन्। त्यो आवाज अब छैन, त्यो आकृति अब मेरो सामुन्ने छैन, तर त्यो अनुभूति अझै जीवित छ। ती मेरा अक्षरहरूमा, मेरा आँखाहरूमा। मेरो अल्लारे उमेरका अञ्जान दिनहरूका अमर प्रेमका कथाहरू!

यो मेरो प्रेमको यात्रा हो, जहाँ बाटाहरू फर्किएनन्। तर सम्झनाहरूले जहिले पनि नयाँ मोड लिइरहे। त्यो विशुद्ध कथा, जुन मेरो जीवनको सबैभन्दा शुद्ध सत्य हो— न अपेक्षा, न अधिकार, सम्झनाको मधुर सुगन्ध। मेरो एउटा विशुद्ध प्रेम कथा!

यौवनको त्यो वसन्त, जहाँ जीवनले फूलझैँ फक्रिन थालेको थियो, त्यही बेला मेरो हृदयको कुनामा एउटा ताजगी बोकेको प्रेम उम्रिएको थियो। त्यो प्रेम, कुनै चाहनाबाट सुरु भएको थिएन, कुनै स्वार्थको छायामा विकसित भएको होइन। त्यो प्रेम नजरको लहरमा बगेको एक निर्मल नदीजस्तै थियो— शान्त, शीतल र आत्मा छुने।

यौवनको त्यो कोमल घडी, जब मन रङ्गीन सपनाहरूको चित्रकार बन्छ, त्यही बेला एउटा आकृति मेरो अन्तर्मनमा स्थायी रूपले कोरिएर बसेको हुन्छ। मेरो जीवनको त्यो चुपचाप मोह न आँधीजस्तो, न वर्षाजस्तो, बरु शान्त बतासजस्तै चल्ने र आत्मालाई शीतल पार्ने।

उनी मेरो जीवनमा यसरी प्रवेश गरिन्, जस्तो बिहानको पहिलो घामले फक्रिँदो फूललाई छोएझैँ। उनको एउटा मुस्कानले कक्षा उज्यालो हुन्थ्यो। उनको आँखामा म आफूलाई हराएको पाउँथेँ, अनि हराउँदा पनि एक प्रकारको पूर्णता महसुस गर्थेँ। दिनहरू बित्थे, तर भावना गहिरिँदै जान्थे। भेटिएपछि भेटिरहूँ लाग्थ्यो, हेरेपछि हेरिरहूँ जस्तो। समयलाई समातेर हामी बीचमै राखिरहूँ जस्तो।

अनि ती भावनाहरूका बीच जन्मिन्थ्यो एउटा स्वप्न–संसार! त्यहाँ उनी र मबाहेक अरू कोही नहुन्, जहाँ समयको गणना नहोस्, समाजका सीमाहरूले नछेकुन्। हामी दुई अदृश्य दुनियाँमा, एकअर्काको आँखामा संसार खोज्दै, प्रेमको भाषामा बोली रहौँ।

चाहना थियो— यस्तो ठाउँमा पुग्ने, जहाँ म उनलाई मात्र चिन्न सकूँ। अनि उनले पनि मलाई मात्र चिनून्। बाँकी सबै बिर्सेर, मात्र हामी उनी र म दुई एकअर्काको श्वास र स्पन्दनमा बाँधिएर, प्रेमको अजम्बरी यात्रामा लागेका प्रेमी–प्रेमिका भएर।

म कल्पना गर्थेँ— हामी एउटा काल्पनिक जंगलमा छौँ, जहाँ जून हाम्रो लागि मात्र उदाउँछ, फूल हामीले हिँडेका बाटोमा मात्र फुल्छ।

त्यस क्षण मलाई लाग्थ्यो— यही हो जीवनको सार। यही हो पवित्र प्रेमको साक्षात्कार! हामी भन्थ्यौँ— ‘अब उनी र म मात्र हौँ।’

यद्यपि समयले सधैँ हामीलाई त्यो सपनाको दुनियाँमा राख्न सक्दैनथ्यो। जीवन व्यस्त भयो। बाटाहरू फरक थिए।

अब जब म विगतका ती पलहरू सम्झन्छु, लाग्छ— म सधैँ प्रेमको त्यो एउटा मौन भाषा बोल्ने मानिस रहँदै आएको छु। त्यो भाषा जसले संसार भुल्न सक्ने साहस दिन्थ्यो, दुई मुटुबीचको संसार सिर्जना गर्न सक्ने शक्ति राख्थ्यो। साँच्चै ती मेरा यौवनका सुकुमारी दिनहरूको एउटा पवित्र धर्म हो। यसलाई मैले नमन गरेँ, पूजा गरेँ, आफ्नै आत्माभित्र सँगालेर राखेँ। त्यो प्रेम, जो कहिल्यै समाप्त हुने छैन, मेरो मन–मन्दिरभित्र रहिरहने छ। मैले मेरो पहिलो प्रेमलाई पूजा गरेँ, ममताले नुहाइदिएँ, प्रेमपूर्वक जतनले मनमा सजाएर राखेँ।

यो यस्तो चोखो प्रेम, त्यसमा कुनै दाग थिएन। प्रेमको नाममा गलत मनसाय र मोह कहिल्यै रहेन। यही पवित्र प्रेम भएकैले होला सुस्तरी सम्झना रूपी यादहरू आउँछन्। तिनले सताउने होइन, बरु मेरो मनलाई शान्त र शीतल पार्छन्।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

एउटा विशुद्ध प्रेमको कथा ज्ञानेन्द्र विवश निबन्ध

यो पनि पढ्नुहोस्...

निबन्ध: ॐ को प्रभावबारे धर्म र विज्ञान के भन्छ?

संस्मरण: दादा, तिमी किन रोएको? नरुनू, म छु…

संस्मरण: पञ्चायतविरुद्धको आन्दोलन र अधुरो अपेक्षा

निबन्ध: नेपाली विद्यार्थीको नजरमा देश

निबन्ध: खडेरीमा पनि फुल्ने फूलहरू

संस्मरण: मित्रताको आयु र गौरीपुर हाउस

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

पाक्षिक लघुकथा अभियान – अंक: १०

कथा : स्वच्छन्द

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

भर्खरै

स्मार्ट कविता श्रृङ्खला – ४०

असार २९, २०८२

कथा: कम्युनिस्टहरू छद्मभेषी बनेपछि | हाम्रो कथाघर

असार २८, २०८२

कथा: मुक्कुमलुङ | हाम्रो कथाघर

असार २६, २०८२

छन्द कविता: जीवन मन

असार २४, २०८२

कविता: अनुहारमा सूर्य उदाउनुपर्छ

असार २४, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.