Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

लघुकथामा एक प्रयोग अङ्क: १८ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २९, २०८२

स्मार्ट कविता श्रृङ्खला ४७ | हाम्रो कथाघर

भदौ २९, २०८२

गजल श्रृङ्खला २६ | हाम्रो कथाघर

भदौ २९, २०८२

दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वीको’ विधिवत् लोकार्पण

भदौ २४, २०८२

लघुकथामा एक प्रयोग अङ्क – १७ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २२, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » छोटो कथा: अँध्यारोतर्फको यात्रा

छोटो कथा: अँध्यारोतर्फको यात्रा

आख्यान - कथा
सुष्मा दाहालसुष्मा दाहालअसार १८, २०८२510 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

सुष्मा दाहाल


चिसो रात थियो। बादलले आकाश ढाकेको थियो। सडकका बत्तीहरू उज्यालो फ्याँक्न नसक्ने गरी धमिलो भइसकेका थिए। ती बत्तीहरूको नियति नै यस्तो थियो— उज्यालो दिन खोजे पनि अँध्यारोमै डुब्नुपर्ने।

कृष्ण पुलमुनि बसेर थरथर काँपिरहेको थियो। उसको जिन्दगी पनि ठ्याक्कै ती बत्तीहरूजस्तै थियो— जति प्रयास गरे पनि उज्यालोको यात्रा पूरा गर्न नसकेको।

बिहानै मालिकले कारखानाबाट निकालिदियो। पन्ध्र वर्षको नोकरी एक शब्दमै टुङ्गियो— “अब तिमी आवश्यक छैनौ!”। कृष्ण झस्कियो। उसको उमेरले अब नयाँ कामका लागि ढोका खोल्दैनथ्यो। साहुहरूलाई ताजापन चाहिन्थ्यो, सस्तो श्रम चाहिन्थ्यो।

संसार अँध्यारिँदै गयो। चौरमा ठिङ्ग उभिएको एउटा रूखले उसलाई नियालिरहेको जस्तो लाग्यो। हावाको झोक्काले त्यसका पातहरू फरफर उडाइरहेको थियो, मानौं भन्दै थियो— “जिन्दगी पनि यस्तै हो, जति सम्हाल्न खोजे पनि उड्न बाँकी नै रहन्छ।”

ऊ भोकले चिमोटिरहेको पेट थिचेर उठ्यो। एउटा होटलको पछाडि थुप्रिएको फोहोरमा उसले केही खोज्न थाल्यो। केही सुक्खा रोटी भेट्यो र झिँगा भन्किरहेको बासी तरकारीको पोको बटुल्यो। उसले गन्धलाई उपेक्षा गर्‍यो, स्वादलाई भुल्यो। यो कुनै पहिलो पटक थिएन।

त्यही बेला छेउबाट एउटा गाडी गयो। चिल्ला सिसाभित्र सुट-बुटधारी व्यक्तिहरू रसरङ्गको उन्मादमा झुमिरहेका थिए। चर्को हाँसोको आवाज बाहिरसम्म आइरहेको थियो। कृष्णले आफ्नो हातको खाना र गाडीको झिल्कोमा परावर्तित आफ्नो धमिलो अनुहारलाई एकसाथ हेर्‍यो। उसले त्यहाँ एउटा भोकै छटपटाइरहेको शरीर देख्यो, जसको छायाँसमेत धमिलिएको थियो।

“के जिन्दगी यस्तै हो?” उसले मनमनै सोध्यो।

रात थप गाढा भयो। उसले अँध्यारो सडकमा पाइला अघि बढायो। यतिबेलासम्म आकाशका तारा पनि लुकेर गइसकेका थिए।

ऊ हिँडिरह्यो। तर उसलाई थाहा थिएन, अँध्यारोतर्फको उसको यो यात्राले कुन गन्तव्यमा पुर्‍याउने हो।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

अँध्यारोतर्फको यात्रा कथा सुष्मा दाहाल

यो पनि पढ्नुहोस्...

लघुकथा: पारदर्शीता | विवेक दुलाल क्षेत्री “दमक” | हाम्रो कथाघर

लघुकथा: समाज | ईश्वर पोखरेल | हाम्रो कथाघर

लघुकथा: कमलिकान्त जिन्दावाद! | डा. नवीनबन्धु पहाडी | हाम्रो कथाघर

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

लघुकथा: दृष्टिविकास | हाम्रो कथाघर

लघुकथा: कुसंस्कार | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १३ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग – अङ्क: १२ | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १२

भर्खरै

लघुकथामा एक प्रयोग अङ्क: १८ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २९, २०८२

स्मार्ट कविता श्रृङ्खला ४७ | हाम्रो कथाघर

भदौ २९, २०८२

गजल श्रृङ्खला २६ | हाम्रो कथाघर

भदौ २९, २०८२

दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वीको’ विधिवत् लोकार्पण

भदौ २४, २०८२

लघुकथामा एक प्रयोग अङ्क – १७ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २२, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.