कला ढकाल
त्यो अर्कै समय थियो,
जब नजरले रोपेको प्रेमले
न जात हेर्यो, न धर्म।
यो माया यसरी झाङ्गियो कि
म तर्किनै सकिनँ।
एक हृदयलाई अर्को हृदयको
हरपल साथ रहने तिर्सना जाग्यो।
अनि हामी,
जुनेली रातमा हातमा हात समाई
यो अन्जान शहरमा
आफ्नै परिचय खोज्न निस्कियौँ।
कलिलो मस्तिष्क, कलिलै उमेर
र एउटा आलोकाँचो मन लिएर
आउन त हामी आयौँ,
तर यो अपरिचित शहरमा
आफ्नै जिन्दगीको मोडमा हरायौँ…।
झापा


