कला ढकाल
त्यो अर्कै समय थियो,
जब नजरले रोपेको प्रेमले
न जात हेर्यो, न धर्म।
यो माया यसरी झाङ्गियो कि
म तर्किनै सकिनँ।
एक हृदयलाई अर्को हृदयको
हरपल साथ रहने तिर्सना जाग्यो।
अनि हामी,
जुनेली रातमा हातमा हात समाई
यो अन्जान शहरमा
आफ्नै परिचय खोज्न निस्कियौँ।
कलिलो मस्तिष्क, कलिलै उमेर
र एउटा आलोकाँचो मन लिएर
आउन त हामी आयौँ,
तर यो अपरिचित शहरमा
आफ्नै जिन्दगीको मोडमा हरायौँ…।
झापा
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।